संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

युट्युब व्यवस्थापनका लागि काउन्सिलले सुरु गर्‍यो आचारसंहिता अभिमुखीकरण

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका लागि आचारसंहिता अभिमुखीकरण सुरु गरेको छ । बिहीबार सञ्चारग्राममा विभिन्न युट्युब माध्यमका करिब ५० जना सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा युट्युब सञ्चालकहरूले आफूहरूलाई गलत रूपमा सम्बोधन गर्दै युट्युबमार्फत सामग्री सम्प्रेषण गर्न हतोत्साही गरिने गरेको अनुभव सुनाए ।

उनीहरूले डिजिटल माध्यममार्फत सूचना सम्प्रेषण कार्यमा सहयोग नभएको गुनासो गरेका थिए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत आचारसंहिता पालना गर्दै पत्रकारिता गर्ने हो भने सञ्चारका सबै क्षेत्रबाट साथ सहयोग हुने बताउँदै काउन्सिलले युट्युबरका समस्यामा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाजले नयाँ कुरालाई सहजै स्वीकार्न नसक्ने भन्दै हिजो पत्रपत्रिका, रेडियो र अनलाइनले भोगेको समस्या अहिले युट्युब सञ्चालकले भोगेको बताउनुभयो । सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले युट्युबमार्फत गरिने पत्रकारिता सन्तुलित र जवाफदेही नहुने हो भने यसमाथि प्रश्न सधैँ उठिरहने उल्लेख गर्नुभयो । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारी, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमलगायतले सञ्चार माध्यमका रूपमा सञ्चालन हुने युट्युबलाई व्यवस्थित र विश्वसनीय बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘युट्युब र आचारसंहिता प्रश्न’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै काउन्सिलका सदस्य ठाकुर बेलबासेले ‘आचारसंहिताअन्तर्गतका निर्देशिकाहरू’, सह प्रशासकीय अधिकृत रामशरण बोहराले ‘युट्युब सामग्रीको प्रवृत्ति र व्यवस्थापनमा काउन्सिलको पहलकदमी’ तथा अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले ‘युट्युबको अवस्था र आगामी पहलकदमी’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । काउन्सिलका शाखा अधिकृत महेन्द्रराज सिंहले सहजीकरण गरेको कार्यक्रमको समापन वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया :