संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालको ४७ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं/ प्रेस काउन्सिल नेपालको ४७ औं बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि विद्यादेवी भण्डारीले १२ विधामा ३३ जना पत्रकारहरुलाई पुरस्कार तथा कदरपत्रले सम्मान गर्नुभएको थियो ।samuhik

साथै प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्की र नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र विष्टले पत्रकार आचारसंहिता, २०७३ सार्वजनिक गर्नुभएको थियो । प्रेस काउन्सिल नेपालको ४७ औं बार्षिकोत्सव कार्यक्रमका राष्ट्रपति भण्डारीले नेपाली मिडिया जगत्लाई स्वस्थ, मर्यादित र व्यवस्थित गर्न प्रेस काउन्सिलको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जिम्मेवार, उत्तरदायीपूर्ण र सकारात्मक पत्रकारिताले मात्र सही भूमिका निभाउन सक्ने धारणा राख्नुभयो ।

काउन्सिल अध्यक्ष कार्कीले सामाजिक द्वन्द्व, आपत विपत र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न महत्वपूर्ण जिम्मेवारी नेपाली सञ्चारमाध्यम र पत्रकारको काँधमा आएको, नेपाली सञ्चारमाध्यमले निभाएको सकारात्मक भूमिकाको सराहना गर्दै एकातर्फ पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक खडा हुनुपर्ने र अर्कोतर्फ अधिकारको दुरुपयोग गर्ने मिडियालाई जिम्मेवार र उत्तरदायी बनाउन सचेत गर्नुपर्ने चुनौतीहरु रहेको औंल्याउनुभयो । यस्ता प्रवृत्तिलाई निरुत्साही गर्न नयाँ आचारसंहिता सफल हुने विश्वास गर्नुभयो ।

प्रतिक्रिया :