संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस विज्ञप्ति

२०७९/१०/२६

प्रेस विज्ञप्ति

प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, पत्रकार आचारसंहिताबमोजिम काउन्सिलमा प्राप्त हुने उजुरी/जनगुनासाहरूको सुनुवाइ गर्नुका साथै सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको नियमित स्वअनुगमनसमेत गर्दै आइरहेको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सूर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ । यसविपरीत विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ्ग बोर्डमा मदिरा, चुरोट, सूर्र्ती तथा सूर्र्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यसकिसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्न/नगराउन सम्पूर्ण सञ्चार माध्यमलाई यसै विज्ञप्तिमार्फत् आह्वान गर्दछ ।

यसैगरी पछिल्ला समय प्रकाशित सामग्रीलाई लिएर प्रेस स्वतन्त्रताको हनन हुने किसिमबाट गालीगलौज गर्ने, धम्की दिने कार्य हुने गरेकोप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ । साथै कतिपय स्वास्थ्य तथा आर्थिक क्षेत्रतर्फ केन्द्रित सञ्चार माध्यमबाट पर्याप्त आधार÷कारण र प्रमाणबिनै सम्बन्धित निकाय वा पक्षको भनाइलाई स्थान नदिइ एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको भनी गुनासाहरू आउने गरेका छन् । यसतर्फ पनि पत्रकारिताको पेसागत आचारण कायम राख्न र गैरपेसागत क्रियाकलाप नगर्न/नगराउनतर्फ सम्बन्धित पक्षलाई सचेत गराउँदछौं ।

प्रेस काउन्सिल पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, तथ्यहीन/आधारहीनरूपमा चरित्रहत्या हुने, वैयक्तिक गोपनीयता प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, अनावश्यक लाञ्छनायुक्त सामग्री एवं जनस्वास्थ्यमा प्रतिकूल पार्ने सामग्री सम्प्रेषण नगर्न/नगराउनतर्फ सजग रहन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मीलाई हार्दिक आग्रह गर्दछ ।

रामशरण बोहरा
उपप्रशासकीय अधिकृत
(सह–प्रवक्ता एवं सूचना अधिकारी)

प्रेस विज्ञप्ति

प्रतिक्रिया :