संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सवको अवसरमा पुरस्कृत हुनेहरूको विवरण

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार

रू. एक लाख ५१ हजार राशी

वरिष्ठ पत्रकार हरिबहादुर थापा, काठमाडौँ ।

वि.सं. २०२९ वैशाख ११ गते जन्मिनुभएका वरिष्ठ पत्रकार हरिबहादुर थापा संसदीय मामला, प्रशासकीय संयन्त्र, जलविद्युत लगायतका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएको छ । कान्तिपुर दैनिकको पूर्वसम्पादक, अन्नपूर्ण पोष्ट दैनिकको पूर्वसम्पादकको कार्यानुभव बटुल्नुभएका थापा हाल ई–कागज डटकमका प्रधान सम्पादक हुनुहुन्छ । उहाँ भ्रष्टाचारको शल्यक्रिया, विदेशी सहायताका विसङ्गति, दलीय द्वन्द्व, रजगज, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्रजस्ता पुस्तकका लेखक हुनुहुन्छ । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्नुभएका थापालाई पत्रकारितामा महत्वपूर्ण योगदान पुर्‍याएबापत प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार
रू. एक लाख १० हजार राशी

वरिष्ठ पत्रकार माधव भण्डारी (विद्रोही), झापा ।

वि.सं. २०२२ साल जेठ १५ गते झापामा जन्मनुभएका वरिष्ठ पत्रकार माधव भण्डारी लामो समयदेखि पत्रकारितामा सक्रिय हुुनुहुन्छ । कुराकानी, डेली डायरी, ज्वाला, दृष्टि, बुधबार र जनआस्था साप्ताहिक तथा त्यस्तै रेडियो नेपाल, स्पेस टाइम दैनिक, च्यानल नेपाल टिभी, कञ्चनजङ्घा एफएम, झापा पोष्ट दैनिक लगायतमा कार्यानुभव बटल्नुभएका भण्डारी हाल स्वाधीन सम्वाद साप्ताहिक र रेडियो भिजनमा कार्यरत हुनुहुन्छ । २०७६ मा प्रवल जनसेवी श्री पदकबाट सम्मान्ति हुनुभएका उहाँ नेपाल पत्रकार महासङ्घ झापाका सभापति, नेपाल पत्रकार महासङ्घ केन्द्रीय प्रतिनिधि हँुदै हाल प्रेस चौतारी नेपालको केन्द्रीय प्रतिनिधि हुनुहुन्छ । पत्रकारितामा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार

१. आवाज एफएम, पर्सा (श्याम बन्जारा)

२०७३ साल वैशाख १ गतेबाट पर्साबाट प्रशारण सुरु गरेको आवाज एफएम ८८ मेगाहर्जले स्थानीय जाती, भाषा, धर्म, संस्कृति, सम्प्रदाय र समुदायलाई केन्द्रीत गरी समाचार÷कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको छ । आवाज ब्रोडकाष्टिङ मिडिया प्रा.ली.द्वारा सञ्चालित यस एफएमले रेडियो प्रसारण माध्यमबाट सूचना सम्प्रेषणमा निभाएको भूमिकाको कदर गर्दै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

२. अन्नपूर्ण पोष्ट दैनिक, काठमाडौँ (अखण्ड भण्डारी)

२१ वर्षअघि स्थापित अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकले नेपालको पत्रकारिताको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । खोजी पत्रकारितामार्फत सत्य तथ्य सूचना सम्प्रेषण र आचारसंहिताको पालनामा प्रतिबद्ध रही पत्रकारिता क्षेत्रमा निभाएको भूमिकाको कदर गर्दै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार

१. बालकृष्ण अधिकारी, धादिङ

वि.सं. २०४० साउन १२ गते धादिङमा जन्मनुभएका पत्रकार बालकृष्ण अधिकारी वि.सं. २०५९ सालदेखि पत्रकारितमा सक्रिय हुनुहुन्छ । सौर्य दैनिक, जन्मभूमि साप्ताहिक हुँदै हाल नयाँ पत्रिका दैनिकमा कार्यरत अधिकारीलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याएबापत प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

२. नवराज छत्कुली, धादिङ

वि.सं. २०३७ असार १ गते धादिङमा जन्मनुभएका पत्रकार नवराज छत्कुली वि.सं. २०५९ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । प्रदेशी साप्ताहिक चितवनबाट पत्रकारिता सुरु गरेका छत्कुली हाल इमेज टेलिभिजनमा कार्यरत हुुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याएबापत उहाँलाई प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

३. दिलबहादुर छत्याल, कैलाली

वि.सं. २०३६ माघ ८ गते डडेल्धुरामा जन्मनुभएका पत्रकार दिलबहादुर छत्याल २०५६ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । कालापानी साप्ताहिक, नयाँमुलुक दैनिक, कान्तिपुर दैनिक, दैनिक डटकम र नागरिक दैनिकमा लगायतमा कार्यअनुभव बटुल्नुभएका छत्याललाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याएबापत प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

४. सुरेन्द्र काफ्ले, मोरङ (हाल काठमाडौँ)

वि.सं. २०३५ मङ्सिर ५ मा भोजपुरमा जन्मनुभएका पत्रकार सुरेन्द्र काफ्ले २०५९ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत काफ्लेलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याएबापत प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार

टेकराज थामी, काठमाडौँ

दोलखा जिल्लामा जन्मनुभएका पत्रकार टेकराज थामी गोरखापत्र दैनिकको थामी भाषा संस्करणमा २०६४ सालदेखि कोअर्डिनेटरको भूमिकामा हुनुहुन्छ । लामो समयदेखि पत्रकारितामा क्रियाशील थामीलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याएबापत प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार

१. विमल योगी (विनोद)

२०३२ साल साउन १५ गते दाङमा जन्मनुभएका पत्रकार विमल योगी (विनोद) २०५५ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । लुम्बिनि दैनिक, खबर कागज साप्ताहिक, जलन मासिक, रेडियो स्वर्गदारी एफएम, नेपाल साप्ताहिक, सौर्य दैनिक, दैनिक नेपाल डट कम, राजधानी दैनिक हुँदै हाल रिपब्लिका दैनिकमा आबद्ध योगीलाई पत्रकारितामा पुर्‍याउनुभएको योगदानस्वरुप प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

२. मनोज जोशी, तनहुँ

पत्रकार मनोज जोशीको जन्म तनहुँ जिल्लामा भएको हो । २ दशकदेखि पत्रकारितामा सक्रिय जोशी इमेज च्यानल, कान्तिपुर टेलिभिजन हुँदै हाल एपी वान टेलिभिजनमा आबद्ध हुनुुहन्छ । पत्रकारितामा पु¥याउनुभएको योगदानस्वरुप जोशीलाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

३. पुष्करराज बुढाथोकी, भक्तपुर

२०३३ सालमा दोलखाको फस्कुमा जन्मनुभएका पत्रकार पुष्करराज बुढाथोकी लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । रेडियो नेपाल, नेपाल समाचारपत्र दैनिकको कार्य अनुभव बटुल्नुभएका बुढाथोकीलाई पत्रकारितामा पु¥याउनुभएको योगदानस्वरुप प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

४. भूपराज खड्का, खोटाङ

‍वि.सं. २०२८ चैत्र २५ गते खोटाङमा जन्मनुभएका भूपराज खड्काको पत्रकारिता छलफल साप्ताहिकबाट सुरु भएको हो । २०४६ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय खड्का अनुसन्धानमुलक क्षेत्रमा विशेष रुची राख्नुहुन्छ । पत्रकारितामा पु¥याउनुभएको योगदानस्वरुप खड्कालाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

५. कृष्ण के.सी, लमजुङ

२०३२ सालमा जन्मनुभएका पत्रकार कृष्ण के.सीले २०५२ सालमा श्री सगरमाथा र एभरेष्ट हेराल्ड दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको हो । विभिन्न राष्ट्रिय दैनिकमा कार्य अनुभव बटुल्नु भएका के.सी लमजुङ दर्पण दैनिकको प्रकाशक/सम्पादक हुनुहुन्छ । पत्रकारितामा पुर्‍याउनुभएको योगदानस्वरुप उहाँलाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

६. नकुल अर्याल, काठमाडौँ

२०४७ साल फागुन १७ चितवनमा जन्मनुभएका अर्याल विगत १५ वर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल अर्थपूर्ण डटकममा सम्पादकका रूपमा कार्यरत अर्याललाई पत्रकारितामा पु¥याउनुभएको योगदानस्वरुप प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

७. निशा ओली, काठमाडौँ

वि.सं. २०४७ वैशाख ८ गते झापा सुरुङ्गामा जन्मनुभएकी पत्रकार निशा ओली २०६४ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । झापाको पाथीभरा एफएमबाट पत्रकारितामा प्रवेश गर्नुभएकी ओली हाल केटिएम दैनिक डटकममा सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ । पत्रकारितामा पु¥याउनुभएको योगदानस्वरुप उहाँलाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

८. श्यामनाथ कुँवर, कास्की

२०२६ साल जेठ १२ गते पाल्पामा जन्मनुभएका पत्रकार श्यामनाथ कुँवर ३ दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । देउराली गाउँले साप्ताहिक, नेतृत्व साप्ताहिक, श्रीनगर साप्ताहिक पाल्पा, दैनिक जनसंघर्ष, जनआस्था साप्ताहिक, गगन (साप्ताहिक) दैनिक, दैनिक जनमत, पोखरा पत्र दैनिक, समाधान राष्ट्रिय दैनिक पोखरामा रही काम गरिसक्नुभएका कुँवरलाई पत्रकारितामा पु¥याउनुभएको योगदानस्वरुप प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

९. सुरेश सिंह धामी, कञ्चनपुर

२०३६ साल असोज १२ गते कन्चनपुरमा जन्मनुभएका पत्रकार सुरेश सिंह धामी २०५८ सालदेखि विभिन्न सञ्चार माध्यममा प्रतिनिधीका रूपमा सक्रिय हुनुहुन्थ्यो । हाल अपि टुडे डेलीका सम्पादक धामीलाई पत्रकारितामा पु¥याउनुभएको योगदानस्वरुप प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

१०. एकराज पाठक, काठमाडौँ

वि.सं. २०३१ साल फागुन १४ गते बाग्लुङमा जन्मनुभएका पत्रकार एकराज पाठकले वि.सं. २०५४ सालमा नेपाल वाणी साप्ताहिकबाट पत्रकारिता सुरु गनुभएको हो । विगत २३ वर्षदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत रही हाल प्रधान सम्पादकको जिम्मेवारीमा रहनुभएका पाठक १६ वर्षदेखि आमसञ्चार तथा पत्रकारिता विषयमा प्राध्यापनरत हुनुहुन्छ । उहाँलाई पत्रकारितामा पु¥याउनुभएको योगदानस्वरुप प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

११. दामोदरप्रसाद दवाडी, काठमाडौँ

तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय दामोदरप्रसाद दवाडी प्रेस काउन्सिल नेपालका पूर्वसदस्य समेत हुनुहुन्छ । लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका अध्यक्ष दवाडी छापापत्रकारितामा विशेष दख्खल राख्नुहुन्छ । नेपालको छापा र रेडियो पत्रकारिताको विकास र संवर्द्धनका लागि पुर्‍याउनुभएको योगदानस्वरुप उहाँलाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

१. केशरराज रोका, प्युठान

वि.सं. २०४७ भदौ २९ गते प्युठानमा जन्मनुभएका पत्रकार केशरबहादुर रोका २०६४ सालदेखि पत्रकारितामा सक्रिय हुुनुहुन्छ । हाल अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत रोकालाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

२. दशरथ घिमिरे, दाङ

वि.सं. २०४६ मङ्सिर १५ गते दाङमा जन्मनुभएका पत्रकार दशरथ घिमिरे लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । नेपाल टिलिभिजन, नयाँ युगबोध दैनिक हुँदै देशसञ्चार डटकममा आबद्ध घिमिरेलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

३. प्रदीप परियार, झापा

वि.सं. २०४८ साल साउन २९ गते झापामा जन्मनुभएका पत्रकार प्रदीप परियार वि.सं. २०६६ सालदेखि निरन्तर पत्रकारितामा आबद्ध हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

४. महेश के.सी, रुकुम

वि.सं. २०४७ चैत्र ४ गते रुकुमपूर्वमा जन्मनुभएका पत्रकार महेश के.सी कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्छ । लामो समयदेखि पत्रकारितामा सक्रिय के.सी.लाई पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

५. धनबहादुर बुढा (डिबी), जुम्ला

वि.सं. २०४५ जेठ ५ गते जुम्लामा जन्मनुभएका पत्रकार धनबहादुर बुढा (डिबी) २०६३ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । रेडियो कर्णाली एफएम, नागरिक दैनिक हुँदै हाल कान्तिपुर दैनिकमा कार्यरत बुढालाई पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

६. खगेन्द्र भण्डारी, डडेल्धुरा

वि.सं. २०४६ जेठ १३ गते डडेल्धुरामा जन्मनुभएका पत्रकार खगेन्द्र भण्डारी विगत १२ वर्षदेखि सक्रिय पत्रकारितामा हुनुहुन्छ । हाल नेपाल मञ्च डटकमको सम्पादक रहनुभएका भण्डारीलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

७. रविन्द्र काफ्ले, पाँचथर

वि.सं. २०४८ असार ७ गते पाँचथरमा जन्मनुभएका पत्रकार रविन्द्र काफ्ले वि.सं. २०६८ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । फिदिम पोष्ट साप्ताहिक, कञ्चनजङ्घा टाइम्स दैनिक, मेची पोष्ट दैनिक र राष्ट्रिय समाचार समितिमा कार्यअनुभव बटुल्नुभएका काफ्लेलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

८. शम्भु दङ्गाल, काठमाडौँ

वि.सं. २०४३ माघ ३ गते काठमाडौँमा जन्मनुभएका पत्रकार शम्भु दङ्गाल २०६२ सालदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । पत्रकारितामा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएका उहाँलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

९. हरिबोल आचार्य, खोटाङ

खोटाङको दिक्तेलमा २०४३ साल साउन २० गते जन्मनुभएका पत्रकार हरिबोल आचार्यको पत्रकारिता २०६१ सालमा समार्ग पत्रिकाबाट सुरु भएको हो । हाल हलेसी न्युज नेटवर्कमा कार्यरत आचार्यलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

१०. जीवन लामा, दोलखा

वि.सं. २०३९ असार १४ गते दोलखामा जन्मनुभएका पत्रकार जीवन लामा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका पूर्वअध्यक्षसमेत रहनुभएका लामा हाल इदैनिक खबर डटकममा आबद्ध हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

११. टपेन्द्र कार्की, सोलुखुम्बु

सोलुखुम्बुको लिखुपिकेमा जन्मनु भएका पत्रकार टपेन्द्र कार्की २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । हाल नागरिक दैनिकमा आबद्ध पत्रकार कार्कीलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

१२. राजेन्द्र धामी, दार्चुला

वि.सं २०४६ असोज ४ गते दार्चुलामा जन्मनुभएका पत्रकार राजेन्द्र धामी २०६३ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । कालापानी पोष्ट साप्ताहिकबाट पत्रकारितामा प्रवेश गर्नुभएका धामी हाल सारथीपोष्ट दैनिकका सम्पादक हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

१३. हिमाकुमारी चेम्जोङ, धनकुटा

वि.सं. २०३६ असोज १ गते धनकुटामा जन्मनुभएकी पत्रकार हिमाकुमारी चेम्जोङ लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल जनविस्वास साप्ताहिकको सम्पादक रहनुभएकी चेम्जोङलाई पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

१४. मकर श्रेष्ठ, भक्तपुर

दोलखा जिल्लामा जन्मनुभएका पत्रकार मकर श्रेष्ठ लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । कान्तिपुर दैनिकमा आबद्ध पत्रकार श्रेष्ठलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार

मायामितु न्यौपाने, झापा

वि.सं. २०३४ साल कार्तिक २२ गते झापामा जन्मनुभएकी पत्रकार मायामितु न्यौपानेले वि.सं. २०६० सालमा जनज्योति साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएको हो । पूर्वसन्देश दैनिक, राजधानी दैनिक, रेडियो नेपालवाणी, रेडियो वीरगञ्ज हुँदै हाल साहित्यपोस्ट डटकममा कार्यरत न्यौपाने साहित्य र साहित्यिक पत्रकारितामा विशेष दख्खल राख्नुहुन्छ । वनिता सम्मान २०६१, देवकोटा शतवार्षिकी सम्मान २०६६, क्षेत्रीय शिक्षा पत्रकारिता अवार्ड २०७२ लगायतबाट पुरस्कृत न्यौपानेलाई पत्रकारिताका माध्यमबाट साहित्यिक क्षेत्रमा निभाएको भूमिकाको कदर गर्दै प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार

१. रमा के.सी, सुर्खेत

वि.स.२०५२ साल साउन २८ गते सुर्खेतमा जन्मनुभएकी पत्रकार रमा के.सी. हिमाल प्रेसमा कार्यरत हुनुहुन्छ । लामो समयदेखि पत्रकारिताका माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

२. शारदा गैरे, रुपन्देही

२०३७ साल वैशाख २० गते लमजुङमा जन्मनुभएकी पत्रकार शारदा गैरे लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । हाल दैनिक नेपालमा आबद्ध गैरेलाई पत्रकारितामार्फत महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

३. सञ्चिता घिमिरे, ललितपुर

ललितपुरमा जन्मिनुभएकी पत्रकार सञ्चिता घिमिरे लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । हाल राष्ट्रिय समाचार समितिमा आबद्ध पत्रकार घिमिरेलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

४. सरिताश्री ज्ञवाली, बर्दिया

लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रचकार सरिताश्री ज्ञवाली नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, एपीवान टिभीमा काम गरेको अनुभव छ । हाल ग्यालेक्सी द्धप टिभीमा आवद्ध ज्ञवालीलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार

१. हेमबहादुर राना (कमल), स्याङजा

वि.स. २०४६ साल माघ १० गते स्याङ्जामा जन्मनुभएका पत्रकार हेमराज राना (कमल) २०६२ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । पत्रकार राना नेपाल भूमि साप्ताहिक, छलफल साप्ताहिक, सम्पत्ति मासिक, अपटुडेट साप्ताहिक हुँदै हाल दैनिकसमाज डटकमको सञ्चालक/सम्पादक हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

२. अजय गोर्खाली, चितवन

२०४४ सालमा नवलपरासीमा जन्मनुभएका पत्रकार अजय गोर्खाली वि.सं. २०६४ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । हाल जनअर्पण साप्ताहिक पत्रिकामा आबद्ध गोर्खालीलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याएबापत प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

३. प्रवीण कुमार शर्मा, रौतहट

२०४० साल वैशाख १ गते रौतहटमा जन्मनुभएका पत्रकार प्रवीणकुमार शर्मा लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल रेडियो दुर्गा भगवतीमा स्टेसन म्यानेजर रहनुभएका शर्मालाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

४. सिराजुद्दिन खान, बाँके

२०२४ साल जेठ २० गते नेपालगञ्जमा जन्मनुभएका पत्रकार सिराजुद्दिन खानको पत्रकारिता २०४६ सालदेखि सुरु भएको हो । सुरुची साप्ताहिक, नेपाली पत्र, जन स्वतन्त्रता, हिमालय टाइम्स, नेपाली एक्सप्रेस, कारोबार दैनिकलगायतमा कार्य गरिसक्नुभएका उहाँ हाल गोरखापत्रको नेपालगञ्ज संवाददाता हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार

१. जीवनकुमार पराजुली, काठमाडौँ

वि.सं. २०४७ सालमा पर्वतमा जन्मनुभएका पत्रकार जीवन कुमार पराजुली २०६४ सालदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । हाल ठूलोपर्दा डटकम अनलाइनमा आबद्ध पराजुलीलाई पत्रकारितामार्फत महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

२. आनन्द कुमार श्रेष्ठ, सुनसरी

वि.सं. २०२० वैशाख १५ गते सुनसरीमा जन्मनुभएका पत्रकार आनन्दकुमार श्रेष्ठ नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय श्रेष्ठ हाल गणतन्त्र एमएमका निर्देशक हुनुहुन्छ । उहा“लाई पत्रकारितामार्फत महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

३. विजयरत्न तुलाधर, काठमाडौँ

वि.सं. २०१८ जेठ ६ गते काठमाडौँमा जन्मनुभएका तुलाधर ४ दशकदेखि पत्रकारितामा क्रियाशिल हुुनुहुन्छ । । पत्रकारिता क्षेत्रमा लामो समय विभिन्न छापा तथा विद्युतीय सञ्चार माध्यममा सक्रिय तुलाधर हाल नाइस टेलिभिजनमा कार्यरत हुनुहुन्छ । लेखक प्रकाशक समेत रहनुभएक तुलाधरलाई पत्रकारितामार्फत महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

वर्ष कर्मचारी पुरस्कार २०७९

१. मिडिया अनुगमनकर्ता, लोकराज भट्ट

वि.सं २०५० साल वैशाख ०५ गते बैतडीको गुरुखोला पालीमा जन्मनुभएका लोकराज भट्ट २०७५ वैशाख २ गते काउन्सिलमा सेवा प्रवेश गर्नुभएको हो । आमसञ्चार तथा पत्रकारितामा र जन प्रशासनमा स्नातकोत्तर गरेका भट्टसँग हेल्थ टुडे राष्ट्रिय मासिक, हेल्थ टुड नेपाल डटकमलगायतमा कार्यअनुभव छ । मिडिया अनुगमन तथा उजुरी व्यवस्थानलगायत कार्यालयले तोकेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका भट्टलाई प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

२. वितरण सम्परिक्षण अधिकृत, रहमतुल्ला मियाँ

वि.सं. २०३२ सालमा गोरखामा जन्मनुभएका रहमतुल्ला मियाँ विगत २५ वर्षदेखि प्रेस काउन्सिल नेपालमा सेवारत हुनुहुन्छ । पत्रकारितामा स्नातकोत्तर गर्नुभएका मियाँसँग नेपाल समाचारपत्र दैनिक, हिमाल साप्ताहिक, मधुरसन्देश मासिक पत्रिकामा कार्यअनुभव रहेको छ । वितरण सम्परीक्षण शाखाको प्रमुख भइ नेपालभरका पत्रपत्रिकाको वर्गीकरण, मूल्याङ्कनमा काउन्सिलले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका मियाँलाई प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

दीर्घ सेवा पदक (२० वर्ष)

हलुका सवारी चालक, देवीबहादुर रानामगर

वि.सं. २०२८ साल असोज ६ गते सिन्धुलीमा भएको हो । आमा धनलक्ष्मी र बुवा सुर्य बहादुर रानाको कोखबाट जन्मनु भएको हो । काउन्सिलमा २०५६ माघमा अस्थाई रुपमा प्रवेश गरी २०५८ साल चैत्र ५ गते स्थाई नियुक्ति लिनुभएको हो । प्रेस काउन्सिल नेपालमा २० वर्षदेखि निष्ठापूर्वक कार्यरत तपाईंलाई संस्थागत उद्देश्य परिपूर्तिका कार्यमा पु¥याउनुभएको योगदानको कदरस्वरुप प्रेस काउन्सिल नेपाल दीर्घसेवा पदक २०७९ प्रदान गरिएको छ ।

कर्मचारी प्रोत्साहन पुस्कार

१. कार्यालय सहयोगी, विष्णुप्रसाद न्यौपाने

वि.सं. २०२८ साल मङ्सिर १५ गते सिन्धुपाल्चोकमा जन्मनुभएका विष्णुप्रसाद न्यौपाने विगत २० वर्षदेखि काउन्सिलमा कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्छ । काउन्सिलले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेबापत न्यौपानेलाई कर्मचारी प्रोत्साहन पुस्कार, २०७९ प्रदान गरिएको छ ।

२. मिडिया अनुगमनकर्ता, सम्झना पौडेल

वि.सं. २०५२ जेठ १६ गते मकवानपुरगढीमा जन्मनुभएकी सम्झना पौडेल वि.सं. २०७५ वैशाख २ गते काउन्सिलमा सेवा प्रवेश गर्नुभएको हो । लामो समय पत्रकारितामा सक्रिय रही काउन्सिलको सेवा प्रवेश गर्नुभएकी पौडेललाई मिडिया अनुगमनसहित काउन्सिलले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा कर्मचारी प्रोत्साहन पुस्कार, २०७९ प्रदान गरिएको छ ।

प्रतिक्रिया :