संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रपत्रिका मूल्याङ्कन विशेषज्ञको सूचि (Roster) अद्यावधिकको लागि आवेदन दिने सूचना

प्रेस काउन्सिल नेपाल
वितरण सम्परीक्षण समितिको
पत्रपत्रिका मूल्याङ्कन विशेषज्ञको सूचि (Roster) अद्यावधिकको लागि आवेदन दिने सूचना
(दोश्रो पटक प्रकाशित मिति २०७९/०९/०३)

पत्रपत्रिका वर्गीकरण गर्ने प्रयोजनका निम्ति सम्बन्धित मापदण्डबमोजिम विशेषज्ञद्वारा गरिने पत्रपत्रिका मूल्याङ्कनका लागि विशेषज्ञहरूको सूचि (Roster) अद्यावधिक गर्नुपर्ने भएकाले पहिलो पटक प्रकाशित सूचनाको अवधिमा पर्याप्त आवेदनहरू प्राप्त नभएका हुनाले देहाय बमोजिमका योग्यता र सर्त पूरा गरेका व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिनभित्र लिखित आवेदन दिनुहुन पुनः यो सूचना प्रकाशित गरिएको छ ।

योग्यता/सर्तहरू:
१. पत्रकारिता तथा आमसञ्चार विषयमा कम्तिमा ७ वर्ष अध्ययन र अध्यापन गरेको हुनुपर्नेछ ।
२. पत्रकारितामा स्नातक गरी ७ वर्षको अनुभव वा अन्य कुनै विषयमा स्नातक गरी दस वर्ष सम्पादक/समाचार प्रमुखको रूपमा रही काम गरेको हुनुपर्नेछ ।
३. कुनै पनि पत्रपत्रिकामा संलग्न नभएको तर रेडियो, टेलिभिजन र अनलाइनमा संलग्नले भने निवेदन दिन सकिनेछ ।
४. पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनमा काम गरिसकेका पूर्व विशेषज्ञलाई विशेष प्राथमिकता दिइनेछ । आफ्नो योग्यता र अनुभव खुल्ने प्रमाण आवेदनसाथ पेस गर्नुपर्नेछ । योग्यता र अनुभवसहितका योग्यता प्रमाणित गर्ने कागजात पेस नभएको आवेदनलाई विशेषज्ञहरूको सूचि (Roster) मा समावेस गरिने छैन । विगतमा सूचिमा अद्यावधिक रहेकाहरूले निवेदन दिनुपर्ने छैन । सम्पर्क नं.४११२६७८, ४११२७९९ र इमेलः presscouncilabcnepal@gmail.com

पत्रपत्रिका मूल्याङ्कन विशेषज्ञको सूचि (Roster) अद्यावधिकको लागि आवेदन दिने सूचना

प्रतिक्रिया :