संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मिडिया विकास कोषको सूचना

मिडिया विकास कोष
प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम, तिलगङ्गा, काठमाडौँको सूचना

प्रकाशित मितिः २०७९/०७/२१

नेपालको मिडियालाई आधुनिकीकरण तथा व्यावसायिकरण गरी पत्रकारिता क्षेत्रको संस्थागत र गुणात्मक विकासका लागि मोफसलका विभिन्न सञ्चार माध्यम र पत्रकारहरूलाई सहायता प्रदान गर्ने उद्देश्यले २०५२ सालमा मिडिया विकास कोषको स्थापना भएको हो । स्वीकृत नीतिअनुसार कोषबाट विभिन्न सुविधाहरू उपलब्ध गराइँदै आएको छ । आ.व. २०७९÷८० को लागि कोषको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार पत्रकार र मिडियालाई सुविधा उपलब्ध गराइने भएकोले तल उल्लिखित शर्तको अधिनमा रही ३५ दिनभित्र मिडिया विकास कोष, प्रेस काउन्सिल नेपालमा निवेदन दिनुहुन सूचित गरिन्छ । कोषको इमेल presscouncil2027@gmail.com र mdf@presscouncilnepal.gov.np मा समेत निवेदन दिन सकिनेछ । संलग्न गर्नुपर्ने कागजातसहित विस्तृत विवरण काउन्सिलको वेबसाइट https://www.presscouncilnepal.gov.np/np/ बाट अध्ययन गरी निवेदन दिनुपर्नेछ ।

यस वर्ष सहयोग उपलब्ध गराइने क्षेत्र र अधिकतम सीमा

१. ल्यापटप खरिदमा अनुदान (४० प्रतिशत)ः २५ वटा (एक जिल्लामा एकवटाका दरले)
२. क्यामरा खरिदमा अनुदान (३० देखि ४० प्रतिशत) ः ६ वटा (एक जिल्लामा एक वटाका दरले)
३. अफसेट प्रेस स्थापना अनुदानः २ वटा
४. रेडियो स्थापना अनुदानः २ वटा
५. लेखनवृत्ति (उल्लेखित विषयमध्ये कुनै एकमा) ः २१ जना (प्रत्येक प्रदेशबाट ३ जनाका दरले)
६. स्नातकोत्तर तहमा सोधपत्र लेखनः ७ जना (प्रत्येक प्रदेशबाट १ जनाका दरले)
७. सञ्चारकेन्द्र स्थापना अनुदानः १ वटा

एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधाको लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चार माध्यम र यस अघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता हुनेछ ।

माथि उल्लिखित सूचनासम्बन्धमा आवश्यक थप विधि, प्रक्रिया र संलग्न गर्नुपर्ने कागजातः

मिडिया विकास कोष मापदण्ड २०७९

Download View

प्रतिक्रिया :