संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलको निःशुल्क स्वास्थ्य शिविरमा सयौँको स्वास्थ्य परीक्षण

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालद्वारा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ४ सय ६४ वटा सेवा प्रदान गरिएको छ । जसबाट मुल दर्ताअनुरुप १ सय ५६ जनाले सेवा लिएका हुन् ।

काउन्सिलको ५३ औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा आयोजित शिविरमा जनरल मेडिसिन ९८, स्त्री रोग २१, शल्यक्रिया ३६, हाडजोर्नी तथा नशा २८, छाला रोग, नाक, कान घाँटी १३, आँखा, दन्त ३१, बाल रोग परीक्षण तथा ल्याब १०२, इसिजी ५३, भिडियो एक्सर ८२ जनालाई सेवा प्रदान गरिएको थियो ।

काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग र नेपाल पत्रकार महासङ्घको सहकार्यमा भएको शिविरमा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार, सञ्चारग्रामस्थित कार्यालयका पदाधिकारी/कर्मचारी लगायतले स्वास्थ्य लाभ लिएको अभिलेखमा उल्लेख छ ।

प्रतिक्रिया :