संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

गण्डकी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न

प्रेस काउन्सिल नेपालको आयोजनामा कोरोना (कोभिड-१९) महामारीमा पत्रकारको अवस्था र आचारसंहिता पालनाको सम्बन्धमा गण्डकी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम संयोजन गर्दै काउन्सिल सदस्य दुर्गा भण्डारी पौडेलले प्रदेशभरका पत्रकारको अवस्था, पत्रकार आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा जानकारी लिन कार्यक्रम राखिएको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारलाई महामारीको समयमा रोजगारीबाट निकाल्ने, तलब नदिनेजस्ता अमानवीय काम भएकाले पत्रकारलाई राहत मिल्ने खालको कार्यक्रम ल्याउन काउन्सिलले पहल गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवं काउन्सिल सदस्य विपुल पोख्रेलले सरकारले पत्रकारलाई ‘फ्रन्टलाइनर’ को व्यवहार गर्नुपर्ने बताउनुभयो । देशभर कोरोनाबाट १९ जना पत्रकारको मृत्यु भैसकेको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले पत्रकारका समस्या समाधान गर्न र आवश्यक नियमन गर्न काउन्सिल सधैँ तयार रहेको बताउनुभयो ।

महासङ्घका केन्दीय सदस्य सरिता तिमिल्सिना पंगेनीले पत्रकार महिलाहरू कोभिड- १९ को चेपेटामा परेको बताउनुभयो । पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष नारायण शर्माले गण्डकी प्रदेशमा हालसम्म ११७ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको र तीनजना पत्रकारको मृत्यु भएको बताउनुभयो ।पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेलले पत्रकार महासङ्घ श्रमजीवी पत्रकारको अधिकारमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरूले ज्यान जोखिममा राखेर काम गर्ने पत्रकारको लागि मिडिया हाउसले संवेदनशीलता नदेखाएको, पत्रकार जागिरबाट निकालिनुपरेको, बेतलबी विदामा बस्न दबाब दिइएको, पारिश्रमिक नदिइएकोजस्ता विषय उठाएका थिए । उनीहरूले पत्रकारको पुर्ण पेसागत स्वतन्त्रता र सुरक्षा ज्ञारेन्टीको माग गरेका छन् ।

कार्यक्रममा पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष दीपक भट्टराई, महासचिव गोविन्द सुवेदी, सचिव यदुनाथ बञ्जरा, कोषाध्यक्ष राजेन्द्र न्यौपाने, निवर्तमान उपाध्यक्ष शान्ति गुरुङ, महासङ्घ स्याङ्जा शाखाका अध्यक्ष श्रीकृष्ण सिग्देल, तनहुँका अध्यक्ष उज्जल पौडेल, बागलुङका अध्यक्ष नरेश कँडेल, म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, लमजुङका अध्यक्ष प्रमेश्वर अधिकारी, गोरखाका अध्यक्ष नरहरी सापकोटा र नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली लगायतको सहभागिता थियो ।

समाचार/तस्बिरः प्रेस काउन्सिल नेपाल

प्रतिक्रिया :