संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सञ्चारमन्त्री थापाद्वारा काउन्सिलको अवलोकन

सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा मन्त्री थापालाई अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्घय दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई प्रेस काउन्सिल नेपालमा स्वागत गरिंदै

सो अवसरमा अध्यक्ष बस्नेतले काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको (रेडियो, टेलिभिजन, अनलाइन) अभिलेख प्रणाली, अनुगमन कक्ष, निमार्णधिन प्रेस सङ्ग्राहलयबारे जानकारी दिनुभयो ।

अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका कुराहरूको अवलोकन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा

सोही अवसरमा उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराउनु भएको थियो । भ्रमणमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सचिवालय महाशाखा\शाखाका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराउंदै
तस्बिरः विपुल पाण्डे

प्रतिक्रिया :