संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

दोलखामा पत्रकार आचारसंहिता र कोभिड १९ ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोलखा ।

प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासङ्घ दोलखा शाखाको संयोजनमा पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर २८ गते आइतबार दोलखाको चरिकोटमा सम्पन्न भयो । नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका अध्यक्ष जीवन लामाको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिसल नेपालका सदस्य चेतनाथ धमला, निवर्तमान सदस्य एवं सञ्चारविज्ञ ईश्वरीप्रसाद ओझा, नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका पूर्वअध्यक्ष उद्वव पोखरेल, एकोराबका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दिपशङ्कर चौलागाई लगायत पत्रकारहरुको उपस्थिति थियो ।

पत्रकार महासङ्घ दोलखाका उपाध्यक्ष लक्ष्मण थामीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले पत्रकार आचारसंहिता तथा कोभिड १९ ले मिडियामा परेको प्रभावका सम्बन्धमा प्रस्तुति राख्नुभएको थियो ।

कार्यक्रममा प्रेस युनियनका कोषाध्यक्ष रमेश खतिवडा, प्रेस सङ्गठनका केन्द्रीय सदस्य सरद सापकोटा, एकोराबका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य चिरञ्जीवी मास्केले कोभिड १९ ले मिडियामा परेको प्रभाव र यस सन्दर्भमा प्रेस काउन्सिल नेपालले खेलेको भूमिकाका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य एवं सञ्चारविज्ञ ईश्वरीप्रसाद ओझाले सञ्चारमाध्यम तथा पत्रकारले पत्रकार आचारसंहिता परिपालन गरी सामग्री सम्प्रेषण गरेमा अधिकाङ्श समस्या समाधान हुने भन्दै पत्रकार तथा मिडिया कमजोर भएमा लोकतन्त्र नै कमजोर बन्ने उल्लेख गर्नुभयो । पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमलाले कोभिड १९ ले मिडियामा गम्भीर प्रभाव पारेको खासगरी मोफसलमा अझ बढी समस्या झेल्नुपरेको विषयमा काउन्सिल जानकार रहेको बताउनुभयो ।

(तस्वीर ः राजन सिंह)

प्रतिक्रिया :