संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस विज्ञप्ति

मिति: २०७७/०३/११

प्रेस विज्ञप्ति

धेरै युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालबाट मनगढन्ते सामग्री राखेर आम मानिसलाई भ्रमित पार्ने कार्य भइरहेको स्वअनुगमन र उजुरीबाट देखिन आएको छ । यस्ता माध्यमबाट पत्रकारिताजगतको इज्जत–प्रतिष्ठामाथि नै हुर्मत लिने गरी अत्यन्तै अफवाहपूर्ण, संवेदनहीन, वैयक्तिक÷पारिवारिक जीवन खल्बल्याउने, मनोवैज्ञानिक रूपमा नकारात्मक असर पु¥याई आत्महत्यातर्फ प्रोत्साहन गर्न मद्दत गर्ने, राष्ट्रको सार्वभौमसत्ता, अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न उत्प्रेरित गर्ने खालका सामग्री आएको पाइएको छ । पत्रकारिताका मूल्य–मान्यताविरोधी यस्ता असंवेदनशील, गैर–जिम्मेवारपूर्ण र गैर–पेशागत गतिविधिप्रति समयमै सचेत नहुने हो भने समाजमा दिनदिनै भयावह स्थिति बढ्न सक्ने कुरामा कुनै शंका छैन । त्यसैले पत्रकारिता पेशाको आवरणभित्र आचारसंहिताको न्यूनतम पनि धर्म पालना नहुने यस्ता खालका गतिविधि नगर्न प्रेस काउन्सिल नेपाल यी माध्यमलाई निर्देशन दिन चाहन्छ । साथै, यसप्रति समयमै गम्भीर बन्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सम्पूर्ण सरोकारवालाहरूलाई आव्हान गर्दछ ।

 

दीपक खनाल
(सह–प्रशासकीय अधिकृत/सूचना अधिकारी)

प्रतिक्रिया :