संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कोभिड १९ विरुद्धको अग्रपंक्तिमा रहेकाहरुलाई सञ्चार क्षेत्रको सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, पत्रकार, सञ्चारकर्मी, सुरक्षाकर्मी, सबै खाले राष्ट्रसेवक र स्वअनुशासन रही सहयोग गर्नुहुने आमनागरिकको योगदानको कदरस्वरुप आज राष्ट्रिय गानको साथै एक मिनेट ताली बजाइएको छ ।


तिलगंगा, सञ्चारग्राममा आयोजित उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका का.बा अध्यक्ष किशोर श्रेष्ठ,नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चाय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल,प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य गोविन्द चौलागाइँ,काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाल, पत्रकार महासंघका महासचिव रमेश विष्ट,फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीलगायत पदाधिकारी एवं मिडियाकर्मीहरुको उपस्थिति थियो ।
उहाँहरुले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा कर्मचारीहरुले यो विषम परिस्थितिमा पनि आफ्नो ज्यान,परिवारको पर्वाह नगरी देश र जनताको हितमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै सामुहिक राष्ट्रिय गानपश्चात ताली बजाउनु भएको हो ।

प्रतिक्रिया :