संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका दिनेशकुमार थपलिया प्रेस काउन्सिलमा

काठमाडौं/नेपाल सरकार, संवैधानिक परिषद्बाट हालै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका दिनेशकुमार थपलियाले आइतबार प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसंग अनौपचारिक भेटघाट गर्नुभएको छ । भेटघाटका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले थपलियालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा थपलियाले निर्वाचन आचारसंहिता बनाउने, सो विषयमा प्रशिक्षण दिने लगायत कार्यमा प्रेस काउन्सिलसंग सहकार्य गर्दा सहजता हुने धारणा राख्नुभयो । सञ्चार मन्त्रालयमा सचिव रहँदा प्रेस काउन्सिल नेपालको २ बर्षे सुधार कार्ययोजना निर्माणमा उहाँको महत्वपूर्ण योगदान रह्यो । पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक, पर्यटन मन्त्रालयको सचिवसमेत भइ प्रशासन क्षेत्रमा उल्लेख्य अनुभव हासिल गर्नुभएका थपलिया पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुनुहुन्थ्यो । उहाँ गीतकारकोरुपमा पनि परिचित हुनुहुन्छ ।
रिपोर्ट : महेन्द्रराज सिंह, २०७५/१२/२४

 

 

प्रतिक्रिया :