संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

वरिष्ठ पत्रकार भारतदत्त कोइराला प्रेस काउन्सिलमा !

bharadatt-koirala-in-press-council-nepal

काठमाडौं / प्रेस काउन्सिल नेपालका पूर्व सदस्य तथा वरिष्ठ पत्रकार भारतदत्त कोइरालाले आज २०७५ फागुन २७ गते सोमवार प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुभएको छ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसंगको छलफलका क्रममा मिडियामा पत्रकार आचारसंहिता कार्यान्वयनमा सहकार्यसम्वन्धी प्रस्ताव राख्नुहुँदै कोइरालाले भन्नुभयो —“देश नयाँ व्यवस्थाको चरणमा छ । संक्रमणकालीन अवस्थाले पत्रकारिता मात्र होइन सवै क्षेत्रमा केही अस्तव्यस्तता, अन्यौल छ । तर दक्षिण एशियामा हाम्रो पत्रकारिता बढी सशक्त र सवल नै छ । पत्रकारितामा शैक्षिक ज्ञान प्राप्त व्यक्तिहरु पलायन भई राखेकाछन् । पत्रकारिता पेशा मर्यादित र जिम्मेवार बनाउनका लागि अलिकति चेतना जगाउन, मिडिया इथिक्स कार्यान्वयन आवश्यक छ । नियन्त्रण गर्ने शासकहरु आएभने भेनेजुएला र फिलिपिन्सको अवस्था आउन पनि सक्छ ।”

कार्यवाहक अध्यक्ष श्रेष्ठले सीमित स्रोत–साधनले लागे/पुगेसम्म आचारसंहिता जागरणसम्वन्धी छलफल, अन्र्तक्रिया कार्यक्रम एवं पत्रकारको उपचारमा सहयोग, उपकरण खरिदमा अनुदान दिँदै आएको जानकारी गराउनुहुँदै भन्नुभयो- “मिडियालाई नियन्त्रण होइन नैतिक बन्धन अपरिहार्य छ, हामी सामाजिक सञ्जालमा पत्रकारका गतिविधिसमेत अध्ययन गर्दै आएका छौं ।”

मिडिया काउन्सिल ऐन आउन लागेको जानकारी दिनुहुँदै प्रेस पास दिने र गम्भीर प्रकृतिको गल्ती गरेमा सस्पेन्ड गर्ने अधिकार काउन्सिललाई ऐनमा व्यवस्था भए बेस हुने रायसहित उहाँले सैनिक, श्रम, प्रशासकीय अदालत भएजस्तै प्रेसको मात्रै मुध्दा हेर्न प्रेस इजलास गठनसम्वन्धी मस्यौदा सरकारसमक्ष पठाइएको जानकारी दिनुभयो ।

रेडियो नेपालका प्रथम समाचारवाचक,  गोरखापत्र संस्थानका पूर्व सम्पादक, पूर्व महाप्रवन्धक कोइरालाको पहलमा नेपाल प्रेस इन्सिच्युट स्थापना र पत्रकारिता विषयमा अनौपचारिक शिक्षा शुरुवात भएको हो । नेपाली पत्रकारिता, साहित्य र सञ्चार कलाको सृजनात्मक कार्यमा चार दशक लामो अनवरत योगदान गरेबापत् एशियाको नोवेल पुरस्कार—रोमन म्यागसेसे पुरस्कारबाट सन् २००२ मा सम्मानित कोइरालाको जन्म सन् १९४२ फेब्रुअरी ३ काठमाडौंमा भएको हो । उहाँले दि राइजिङ् नेपालको चिफ रिपोर्टरको रुपमा सन् १९६५ देखि व्यावसायिक पत्रकारिताको थालनी गर्नुभएको थियो । वल्र्ड भ्यू संस्थाका प्रतिनिधिसहित आउनुभएका अग्रज पत्रकार कोइरालाले प्रेस काउन्सिलमा उपलब्ध प्रविधिको अवलोकनसमेत गर्नुभयो । रिपोर्ट : महेन्द्रराज सिंह, २०७५ फागुन २७ गते सोमवार ।

bharadatt-koirala-in-pcn

प्रतिक्रिया :