संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मिडियाको समस्या र आचारसंहिताको स्थिति विषयक मिडिया संवाद कार्यक्रम सम्पन्न

पाँचथर,

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ पाँचथरको संयोजनमा २०७५ साल फागुन १७ गते पाँचथर जिल्लाको सदरमुकाम फिदिममा मिडियाको समस्या र आचारसंहिताको स्थिति विषयक मिडिया संवाद सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख बिष्णु प्रसाद सापकोटाले लोकतन्त्रको प्राणवायु मिडिया भएको र मिडियालाई स्वतन्त्र र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

काउन्सिल सदस्य खिलबहादुर भण्डारीले मिडिया क्षेत्रमा काउन्सिलको भूमिका र विगतमा काउन्सिलले गरेका महत्वपूर्ण कार्यहरुको बारेमा जानकारी दिनुभयो । प्रेस काउन्सिल मिडियाका क्षेत्रमा नियमन गर्ने निकाय भएकोले पत्रकार अचारसंहिता सम्बन्धि ऐन नियम बनाई लागू गर्ने गर्दछ । पत्रकार आचारसंहिता सबै पत्रकारहरुको लागि उत्तिकै महत्वपूर्ण रहेको ले यो संहिता पालनामा सबैले लाग्न जरुरी छ, सहिंताले नै पत्रकारितालाई नैतिक, उत्तरदायी र जवाफदेही बनाउने गर्दछ भन्दै आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई काउन्सिलले कारवाहीको दायरामा ल्याउने गरेको बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार तथा सञ्चारमाध्यमले पत्रकारिता गरिरहँदा आचारसंहितालाई ध्यान दिन आग्रह गर्दै पत्रकार आचारसंहिता अनुगमन र कारवाही विषयमा कार्यपत्र प्रस्तुति गर्नुभयो ।

सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले नियमक निकाय र काम गर्ने बीच तालमेल मिल्नु पर्ने भन्दै स्वच्छ, मर्यादित, पारदर्शी पत्रकारिता गर्न आग्रह गर्नुभयो । यस्तै नेकपाका अध्यक्ष हर्क नेम्वाङ मिक्सोले पाँचथरका मिडिया आचारसंहिता भित्रै रहेको तर क्षमता विकास गर्नुपर्ने धारणा राख्नु भएको थियो भने आफ्नो भनाइ राख्दै नेपाली कांग्रेसका सभापति नरेन्द्रकुमार केरुङ्गले सरकारले प्रेस स्वतन्त्रताको प्रत्याभूती गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा कृष्ण ओझा, लक्ष्मी गौतम, गिरीराज बास्कोटा, लेखनाथ खतिवडा आदिले पत्रकारिताको समस्याबारे धारणा राख्नुभयो ।

तस्विर : राजन सिंह

प्रतिक्रिया :