संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपाल र श्रीलंकन तथा म्यान्मार काउन्सिलबीच अन्तरक्रिया सम्पन्न

काठमाडौँ,
२०७४।०८।२७

प्रेस काउन्सिल नेपाल र श्रीलंकन तथा म्यान्मार प्रेस काउन्सिलबीच अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ । काउन्सिलको सभाहलमा भएको उक्त कार्यक्रममा म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष ओहान क्यानिंग (Ohn Kyaing), श्रीलंकन प्रेस काउन्सिलका अध्यक्ष बन्दुला के.डब्ल्यु (Bandula K.W.) र विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष समेत रहनुभएका प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले सञ्चारमाध्यममले गलत समाचार लेख्नु भनेको प्वाइजनसरह हुने बताउनुभयो । काउन्सिलले अनलाइन, पत्रपत्रिका, रेडियो तथा टेलिभिजनको अर्काइभ सिस्टम मार्फत निरन्तर अनुगमन गरेको बताउँदै गलत समाचार लेख्नेलाई कारवाही गर्ने गरेको बताउनुभयो ।

म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष क्यानिंगले म्यान्मारको प्रेस काउन्सिल ६ बर्षमा प्रवेश गरेको र अझै सिक्न धेरै बाँकी रहेको बताउनुभयो । उहाँले आफ्नो देश प्रजातन्तको अभ्यासको चरणमा रहेकाले नेपालको जति प्रेस स्वतन्त्रता नभएको बताउनुभयो । श्रीलंकन प्रेस काउन्सिलका अध्यक्ष के.डब्ल्युले निवार्चनको बेलामा नेपालको मिडियाले अनुगमन गर्न पाउने राम्रो ब्यवस्था भएतापनि आफ्नो देशमा नभएको बताउनुभयो । उहाँले नेपालमा प्रेस र सरकारबीच निकै सुमधुर सम्बन्ध भएकाले धेरै अधिकार प्राप्त गर्न सकेको धारणा व्यक्त गर्नुभयो । अध्यक्ष के.डब्ल्युले बुद्ध जन्मेको देशमा पत्रकारिताको विकास मार्फत नै धेरै पर्यटक भित्राउन सकिने धारणा राख्दै नेपालको काउन्सिलबारे आफुले पाएको जानकारी अरु देशमा पनि फैलाउने र त्यसैको लागि आफुले लेख लेख्ने बताउनुभयो ।

कार्यक्रममा उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिल नेपालको बारेमा संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा भ्रमणदलको टोलीलाई अध्यक्ष श्रष्ठले मायाको चिनो स्वरुप नेपाली हस्तकलाका सामग्री गैंडा प्रदान गर्नुभएको थियो । टोलीले पोखरा, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज लगायत स्थानको भ्रमण गर्नेछ ।

अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुअघि टोलीले आजै सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटासँग भेट गरेको थियो । सो भेटको क्रममा मन्त्री बास्कोटाले नेपाल भ्रमणमा रहेको टोलीलाई स्वागत गर्दै दुवै देश नेपालका निकट मित्र रहेको, नेपालको सम्बन्ध विस्तार भएको करिब ६० बर्ष पुगिसकेको र सम्बन्ध थप विस्तार हुदै गएको बताउनु भयो । दुवै देश उपनिवेशको चरणबाट गुज्रिएर प्रजातान्त्रिक अभ्यास गरिरहेको र नेपाल समेत प्रजातान्त्रिक स्वतन्त्रताको अभ्यास भएकोले हामी सबै मिलेर समृद्ध र सुखको लागि काम गर्नुपर्ने बताउनुभयो । दुवै देशमा बौद्ध धर्मावलम्बिको बाहुल्यता रहेको र बुद्धको जन्म नेपालमा भएको हुदाँ सांस्कृतिक तथा भावनात्मक रुपले समेत जोडिएको भन्दै नेपालमा पत्रकारिताको माध्यमबाट पर्यटन प्रवद्धर्न गर्न सकिने बताउनुभयो ।

भेटका अवसरमा मन्त्री बास्कोटाले दुवै देशबाट नेपालमा र नेपालबाट समेत ती देशहरुमा उच्च स्तरीय भ्रमणहरु हुने गरेको उल्लेख गर्दै श्रीलंका चिकित्सक सहितको टोलीले भुकम्पको बेलामा नेपाल आएर काम गरेको र आफु समेत सो टोलीमा सहभागि भई काम गरेको स्मरण गर्दै सुखःदुखमा नागरिक स्तरमा समेत रहेको बताउनुभयो । म्यानमार प्रेस काउन्सिल सँग पत्रकारिताका अनुभव आदान–प्रदान गर्दै सहमतिमा प्रेस काउन्सिलसँग हुने समझदारिले थप सम्बन्ध बढ्ने भन्दै उद्देश्य प्राप्त गर्न सकोस भन्ने शुभकामना समेत दिनुभएको थियो ।

भेटमा श्रीलंकन प्रेस काउन्सिलका अध्यक्ष के. डब्ल्युले बुद्ध जन्मस्थलको भ्रमण गर्न पाउँदा खुशी लागेको बताउँदै साँस्कृतिक सञ्चारमार्फत बुद्ध धर्माबलम्बीहरु लुम्बिनी आउने वातावरण बनाई पत्रकारिता मार्फत पर्यटन प्रवद्र्धन गर्न सकिनेमा जोड दिनुभयो ।

म्यानमारका प्रतिनिधिले आफ्नो देशका नेता हालै नेपाल भ्रमण गरी फर्केको र आफुहरु भ्रमणमा रहेकाले दुई देशको सम्बन्ध राम्रो बनेको बताएका थिए । उनिहरुले प्रेस काउन्सिल नेपालसँग समन्वय र समजदारी गरेर अघि बढ्ने प्रतिजद्धता जनाएका थिए ।

प्रतिक्रिया :