संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच छलफल

प्रेस काउन्सिल नेपाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच २०७४ माघ १० गते छलफल भएको छ । काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलका सबै पदाधिकारीहरु सहभागी टोलीले आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र सचिव राजन खनालसँग आयोगको केन्द्रीय कार्यालय नक्सालमा भेट गरी जनतालाई सुसूचित गर्न र भ्रष्टाचार न्यूनिकरण गरी सुशासन कायम गर्न मिडियाको महत्वपूर्ण भूमिका रहने हुँदा भ्रष्टाचार न्यूनिकरण, सुशासनको पक्षमा उत्कृष्ट सूचना, लेख, समाचार, सामग्री सम्प्रेषण गर्ने पत्रकार र सञ्चारमाध्यमलाई  पत्रकारिता पुरस्कार स्थापना गरी प्रदान गर्ने विषयमा छलफल भएको छ । छलफलको क्रममा प्रमुख आयुक्त बस्न्यातले आफू पहिले काउन्सिलको सदस्य–सचिव रही कार्य गरेको र प्रेसलाई मर्यादित बनाउन काउन्सिलको अह्म भूमिका रहने बताउदै पुरस्कार स्थापनाको विषय सकरात्मक रहेकोले छिट्टै प्रकृया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया :