संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपाल र न्यायालयबीच छलफल

प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष श्री किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलको टोलीले आज २०७४ पुस २१ गते सम्माननीय प्रधानन्यायधीश गोपाल पराजुलीसँग भेटघाट गरेको छ । भेटको अवसरमा काउन्सिलले न्यायीक पत्रकारिता पुरस्कार स्थापनामा सहकार्य गर्ने सम्बन्धमा छलफल गर्नुको साथै मिडियाका सम्बन्धमा प्राप्त हुने उजुरीलाई आलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने गरी काउन्सिलले अनलाईन उजुरी प्रणाली बनाएको र सो को शुभारम्भ कार्यक्रमकोpradhan_nyayadhish लागि प्रमुख अतित्यथाको लागि समेत अनुरोध गरेको थियो । सो अवसरमा सम्माननीय प्रधानन्यायधीशले न्यायीक विषयमा सकरात्मक एवं वास्तविक विषय सम्प्रेषण गर्ने लाई पुरस्कार दिने विषय सकरात्मक रहेको भन्दै भ्रामक, असत्य समाचार सम्प्रेषणको अनुगमन गरी सञ्चारमाध्यमलाई मर्यादित बनाउन काउन्सिलको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको थियो । काउन्सिलको टोलीमा कार्यबहाक अध्यक्ष श्री किशोर श्रेष्ठ, सदस्यहरु सुदर्शन आचार्य, गोविन्दप्रसाद चौलागाइँ, शुभेच्छाविन्दू तुलाधर, संगीता खड्का सदस्य–सचिव वीरबहादुर राई र मुख्य अधिकृत झविन्द्र भुसालको उपस्थिति रहेको थियो । काउन्सिलले यस अघि भ्रष्टाचार नियन्त्रण र सुशासनमा योगदान दिने पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छलफल गरेको र सकरात्मक रुपमा प्रकृया अघि बढेको छ । त्यस्तै संघीय मामीला र स्थानीय विकास मन्त्रालयसंग समन्वय गरी स्थानीय निकायमा सञ्चारमाध्यमको भुमिका र पत्रकार आचारसंहिताका विषयमा प्रशिक्षण सञ्चालन गर्ने सम्बन्धमा समेत सकरात्मक रुपमा प्रकृया अघि बढेको छ ।

प्रतिक्रिया :