संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नेपालको अध्यक्षतामा विश्व प्रेस काउन्सिलको बैठक सम्पन्न, साप्सी गठन

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षसमेत रहनुभएका विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा विश्व प्रेस काउन्सिल कार्यकारी समितिको बैठक कार्तिक ३० गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भयो ।

उक्त बैठकले विश्व प्रेस काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय गरेको छ । सचिवालय राख्ने सम्बन्धमा अन्य देशका प्रतिनिधिको स्पष्ट भनाइ आउन नसकेपछि बैठकको अध्यक्षता गरिरहनुभएका श्रेष्ठले सचिवालय राख्न नेपाल तयार रहेको प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावलाई बैठकले सहर्ष स्वीकार गरेको हो ।goodp2

बैठकले म्यान्मारको काउन्सिल सदस्यता स्वीकृत गर्ने, अन्य देशका प्रेस काउन्सिललाई सदस्यता लिन सार्वजनिक आव्हान गर्ने, श्रीलङ्काको सदस्यता निरन्तरताका सम्बन्धमा अर्काे बैठकमा छलफल गर्नेजस्ता निर्णयहरू गरेको छ ।

बैठकमा नेपालसहित भारत, बंगलादेश, श्रीलङ्का, माल्दिभ्स, म्यान्मार, ताञ्जानिया, जिम्वाबे, केन्या र अजरबैजानका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता थियो । यस्तै पुनः छलफल गरी अर्काे बैठकको टुो लगाइने बताइएको छ ।

साप्सी गठन

यसैबीच दक्षिण एसियाली राष्ट्रका प्रेस काउन्सिलहरूबीच सोही अवसरमा बसेको बैठकले भारतीय प्रेस परिषद्का अध्यक्ष न्यायाधीश चन्द्रमौलीकुमार प्रसाद तदर्थ अध्यक्ष रहने गरी प्रेस काउन्सिलहरूको दक्षिण एसियाली गठबन्धन गठन गरेको छ । सदस्यमा नेपाल, श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र माल्दिभ्स रहेका छन् भने म्यान्मार पर्यवेक्षक छ । गठबन्धनको घोषणा फेब्रुअरी १४ का दिन बंगलादेशको राजधानी ढाकामा हुने अर्को बैठकले गर्नेछ ।

सार्क राष्ट्रकेन्द्रित सो गठबन्धनको साधारणसभाको गणपूरक संख्या कम्तीमा तीन देशका प्रतिनिधि र एक देश एक भोट रहने छ भने सुरुमा प्रत्येक सदस्य राष्ट्रले एक हजार अमेरिकी डलर रकमबराबरको कोष खडा गर्ने र सदस्यता शुल्क वार्षिक ५०० सय डलर लिने निर्णय गरेको छ । साप्सीको अर्काे बैठक आगामी फेब्रुअरीमा बंगलादेशको राजधानी ढाकामा बस्नेछ ।

यसैबीच भारतीय राष्ट्रिय प्रेस दिवसको अवसरमा भारतीय प्रेस परिषद्द्वारा ‘मिडियासामु चुनौतीहरू’ विषयक अन्तक्र्रियात्मक कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष एवं प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले नेपालको मिडियाको अवस्था, चुनौती, आचारसंहिता उल्लंघन र कारबाहीलगायतका विषय समेटी ‘कन्ट्री रिपोर्ट’ प्रस्तुत गर्नुभएको थियो ।

good pभारतसहित अन्य नौ देशका अध्यक्ष, उपाध्यक्ष एवं प्रतिनिधिहरूले पनि मिडियाको वस्तुस्थिति, चुनौतीलगायतका विषय समेटी आ–आफ्नो देशको रिपोर्ट प्रस्तुत गरेका थिए । समग्रमा सबै देशका मिडियाजगत्का समस्या र चुनौतीहरू साझा बताइएका थिए । सबै प्रस्तोताले पत्रकार ‘फेक’ र ‘पेड न्युज’ तिर आकर्षित भएको, आचारसंहिताको कम पालना भएको देखिएको, अनलाइन र सामाजिक सञ्जालमार्फत गैर–जिम्मेवारीपूर्ण सूचना प्रवाह हुने गरेको, पत्रकार र मिडियासमेत पार्टीमा विभाजित भएको, श्रमजीवी पत्रकारले समयमा र राम्रो पारिश्रमिक पाउन नसकेको, पत्रकारमा सीप, दक्षता, साधन–स्रोतको कमी रहेको विषय औँल्याएका थिए । म्यान्मारका प्रतिनिधिले भने मिडियासम्बन्धी कतिपय पुराना कानुन र सरकारको अनुदार व्यवहारका कारण प्रेस स्वतन्त्रताको पूर्ण अभ्यास गर्न नपाएको बताए ।

विभिन्न देशको प्रतिनिधिमण्डल भारतीय राष्ट्रिय प्रेस दिवसको स्वर्ण जयन्ती वर्ष समापनका अवसरमा ३० कात्तिकमा विज्ञानभवनमा आयोजित ‘राष्ट्रिय प्रेस दिवस’ तथा उत्कृष्ट पत्रकारिता राष्ट्रिय पुरस्कार समारोह–२०१७ मा पनि सहभागी भएको थियो । सो कार्यक्रमलाई भारतका उपराष्ट्रपति एम. बैंकेटैया नायडू र सूचना तथा प्रसारणमन्त्री स्मृति जुबिन ईरानीले संबोधन गर्नुभएको थियो ।

भारतीय प्रेस परिषद्को निमन्त्रणामा कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाल र मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तसहितको तीन सदस्यीय प्रतिनिधिमण्डल कार्तिक २८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । नेपाललगायत सहभागी सम्पूर्ण देशका प्रतिनिधिको सम्मानमा भारतीय प्रेस परिषद्का अध्यक्ष न्यायाधीश चन्द्रमौलिकुमार प्रसादले कार्तिक २९ गते रात्रीभोजको आयोजना गर्नुभएको थियो ।

प्रतिक्रिया :