संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको क्रममा ब्राजिल भ्रमण

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने कार्यक्रमअनुसार काउन्सिलका का.वा. अध्यक्ष श्री किशोर श्रेष्ठको नेतृत्वमा सदस्य श्री खिलबहादुर भण्डारी र मुख्यअधिकृत झविन्द्र भुसाल सम्मिलित तीन सदस्यीय टोली अक्टोबर २५ देखि नोभेम्बर १ सम्म ब्राजिल भ्रमणमा गयो । टोली काठमाडौंबाट दुबई–रियो दि जेनेरो हुँदै ब्राजिलको राजधानी ब्रासिलियामा ( करिव २१ घण्टाको उडान, ९ घण्टा ट्रान्जिट) पुगेको थियो । टोलीलाई ब्रासिलियाको विमानस्थलमा नेपाली राजदूतावासका तृतीय सचिव चन्द्रकान्त पराजुलीले स्वागत गर्नुभएको थियो । सोही दिन टोलीले त्यहाँ स्थित राजदूत श्री ताराप्रसाद पोखरेलसँग निवासमा भेटघाट र छलफल ग¥यो ।

अक्टोबर २६ मा भ्रमण टोलीले फ्रेडरेशन अफ नेशनल जर्नालिष्ट (FENAJ_ का निर्देशकद्धय Antonio Paulo Santos र Jose carlos Torves  सँग बैठक सम्पन्न गरेको थियो । जसमा पत्रकारिता सम्बन्धी दुई तर्फका अनुभव आदान प्रदान भयो र आपसी सहकार्यका विषय उठे ।

forein ministry

फेनाजमा बैठक :

  • ९ सदस्यीय फेनाजको कार्यसमिति जसमा १२ वटा विभाग, ३१ युनियन÷एशोसियसन र १५००० साधारण सदस्य आवद्ध छन । ब्राजिलमा ६०००० पत्रकार रहेको अनुमान छ ।
  • टेलिभिजन संख्या : १२, ठूला न्यूजपेपर : १२, रेडियो : १५०००, र अनलाइनसमेत
  • टेलिभिजन, न्यूजपेपरलगायत ठूला मिडियाको मनपरीको ठूलो समस्या रहेको र मुख्य सञ्चारमाध्यममा ६ जना धनाढ्यको पकड
  • फेनाजको केन्द्रीय कार्यालय ब्रासिलियामा, १ सदस्य साओ पाउलो र पानमामा रहेको
  • पत्रकारको योग्यता निर्धारण छैन….., यसले समस्या ल्याएको छ । अनियमिततामा संलग्न पत्रकारमाथि कारवाही गर्दा अदालतले जोगाउने गरेको पाइन्छ । सबै मानिस वकिल वा न्यायधीश बन्न इच्छुक । तलब सुविधा न्यायधीशको करीब १९ हजार डलर ।
  • आर्थिक श्रोत कार्ड जारी गरेवापत २०० डलर लिने, बार्षिक कर (Journalistic tax 70% 0f rev) एक दिनको तलब लेवीवापत संकलन गरिने । ट्रड युनियनहरुमाथि लेवी उठाउन रोक लगाउँदाको शिकार पत्रकार महासंघ पर्ने ।
  • पुलिस फोर्स मिडिया फ्रेण्डली छैन । पुरानै व्यवहार हटिसकेको छैन ।
  • यही संस्थाले पत्रकार आचारसंहिता जारी गर्दछ ।

भ्रमणको समन्वय तथा बैठक व्यवस्थापन नेपाली परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास ब्रासिलिया र काठमाडौं स्थित ब्राजिलियन दूतावासबाट भएको ।

यस छलफलको क्रममा प्रेस काउन्सिल नेपालका स्थापना, संरचना, काम–कर्तव्य, अधिकार, पत्रकार आचारसंहिता, अनुगमन र कारवाही, पत्रकारलाई दिइने विभिन्न सुविधा, वर्गीकरण, व्यवसायिक पत्रकारिता, नेपालको समग्र अवस्थाका वारे जानकारी गराइएको थियो ।

बढीभन्दा बढी नागरिकलाई नेपाल भ्रमण गर्न, नेपालका सम्बन्धमा ब्राजिलियन मिडियामा सकभर धेरै सामग्री सम्प्रेषण गर्न र दुई देशको पत्रकारिता क्षेत्रमा जनउत्प्रेरित गर्ने साथै जनस्तरमा सम्बन्ध विस्तारको लागि पहल गर्ने विषयमा समेत छलफल भएको थियो ।

विदेश मन्त्रालयमा बैठक :

अक्टोबर २६ मा भ्रमण टोलीले ब्राजिलियन विदेश मन्त्रालयको प्रेस र पब्लिक रिलेसन हेर्ने Counsellor Mr. Jose Luiz Vieira, Deputy Head of AIG and First Secretary Mr. Felipe Carlos Antunes (Press Aide) सँग बैठक गरेको थियो । बैठकमा भ्रमणको उद्देश्य, काउन्सिलको संरचना, सरकारसंगको सम्बन्ध, नेपाली पत्रकारिताको अवस्था, सूचना प्रवाह प्रणाली सम्बन्धमा जानकारी गराइएको थियो ।

बैठकमा मन्त्रालयले सूचना प्रवाहको लागि वेभ पेज, व्लग, फेसबुक, ह्वाट्स एप, ट्वीटर सञ्चालन गरेको र सोमार्फत सूचना प्रदान गर्ने गरेको, प्रत्येक कन्सुलर अफिसको छुट्टाछुट्टै वेभपेजहरु रहेको, सरकार प्रमुखको भ्रमणताका प्रेस कन्फरेन्स हुने, महत्वपूर्ण व्यक्तिको भ्रमणमा पत्रकारहरुलाई संलग्न गराउने तर त्यसको जाते आते खर्च सम्बन्धित मिडियाबाट नै हुने, मिडियामार्फत जनतालाई विदेश नीति सम्बन्धमा जानकारी गराउन जोड दिने, मिडियामा गलत समाचार सम्प्रेषण भएको खण्डमा सोही स्थानमा खण्डन सम्प्रेषण गर्न पत्राचार गर्ने गरेको विषयहरुमा जानकारी प्राप्त भयो । यहाँ पनि जथाभावी लेख्ने पत्रकार र प्रेस स्वतन्त्रताको नाममा अराजकता मच्चाउन प्रश्रय दिने र न्यायलयको स्वच्छ प्रवृतिवारे मन्त्रालयको तर्फबाट तीतो यथार्थ दिनेकाम भयो ।

Mr. Jose Luiz Vieira ले भारतको नयाँ दिल्लीमा बसेको, नेपालको बारेमा जानकार रहेको, दुई पटक नेपाल गएको र फेरी भ्रमण गर्ने इच्छा रहेको बताएका थिए ।

काउन्सिलको टोलीले ब्राजिल जानुपूर्व काठमाडौ स्थित ब्राजिलियन राजदूत Ms. Maria Teresa Mesquita Pessoa सँग छलफल गरेको थियो ।

बैठकमा दुई देशको सम्बन्ध थप सुदृढ गर्न थप भेटघाट, अनुभव आदान प्रदानका साथै पे्रस जगतसँग साझेदारीका लागि आवश्यक सहयोग गर्न अनुरोध गरिएको थियो ।

 टिभि ब्राजिलमा बैठक :

भ्रमण टोलीले अक्टोबर २७ को दिन सरकारी स्वामित्वको EBC Empresa Brasil de Communicacao/TV Brasil International को भ्रमण गरी सो संस्थाका Mr. Carlos Henrique Novis (TV Brasil Superintendent), Mr.Caique Novis (TV Brasil Superintendent),  Mr. Jose Romildo ( Foreign Language Editorial Coordinator)  सँग सौहाद्रपूर्ण वातावरणमा छलफल गरेको थियो । यस निकाय अन्तर्गतः

  • २ टेलिभिजन, १ सरकारी र १ पब्लिक, ८ वटा रेडियो स्टेशन, १ न्यूज एजेन्सी रहेका छन् ।
  • पब्लिक टिभि बिबिसी, सिबीसी जस्तै हो । ४ राज्यमा ६० टिभी एशोसियट्ससहित ब्राजिलभर प्रसारण हुने गर्दछ ।

छलफलको क्रममा नेपालको भूकम्पको प्रसंग निकाल्दै त्यसले आफूहरुलाई दु :खी बनाएको समकक्षीहरुले बताए । ब्राजिल हालका वर्षहरुमा आर्थिक संकट भोगिरहेको र सो को असर आफ्नो संस्थामा समेत परेकोले आर्थिक अवस्था सुदृढ भएपछि साझेदारीमा थप कार्य गर्न सकिने, सूचनाको आदान प्रदान, फिल्म फेष्टिभलसहित नेपाल विशेष कार्यक्रम टिभी ब्राजिलबाट गर्न सकिने, यदि नेपाली डकुमेन्ट्री वा मुभिज अँग्रेजी सब टाइटलको प्राप्त भएमा त्यसलाई प्रसारण गर्न सकिने, Nepal Week, Nepal Month विशेष कार्यक्रम नै सञ्चालन गर्न सकिने, उनीहरुका अधिकारीले डकुमेन्ट्री सुटिङको लागि नेपाल आउन इच्छुक रहेको बताउँदै त्यसका निम्ति सहयोगको अपेक्ष राखे । ब्राजिलबाट भौगालिक दुरीको कारण वर्षमा दुई हजार दुई सयमात्र पर्यटक नेपाल आउने गरेका छन् ।

सो बैठकमा प्रेस काउन्सिल नेपाल र नेपालका पत्रकारिता, सूचनाको प्रवाहको क्षेत्रमा साझेदारी गर्न सकिने बारेमा समेत छलफल भएको थियो ।

Meeting at ABI :

अक्टोबर ३१ को लागि रियो दि जेनेरो स्थित ABI सँगको बैठक कार्यक्रम छोट्याएर अघिल्लो मितिमै फिर्ता हुनु परेको कारण सम्पन्न हुन सकेन ।

भ्रमणको क्रममा टोलीले ब्राजिलका तीनवटा मुख्य शहर ब्राजिलिया, साओ पाउलो र रियो दि जेनेरोको भ्रमण गरेको थियो ।

 TV brazil  Brazil emn Brazil brasilia
 Meeting brazil  Meeting  Brazil journo

 

प्रतिक्रिया :