संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

स्वागत तथा विदाई कार्यक्रम

प्रेस काउन्सिल नेपालका का.बा.अध्यक्ष किशोर श्रेष्ठले नेपाल पत्रकार महासंघको २५ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित हुनुभएका अध्यक्ष तथा काउन्सिलका पदेन सदस्य गोविन्द आचार्यलाई एक कार्यक्रमबीच स्वागत गर्नुभयो भने काउन्सिलका निवर्तमान अध्यक्ष वोर्णवहादुर कार्की र पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र बिष्टलाई खादा तथा मायाको चिनो करुवा प्रदान गरी विदाई गर्नुभएको थियो ।swagat & bidai (1)

कार्यक्रममा का.बा. अध्यक्ष किशोर श्रेष्ठले दुवै संस्थाका पूर्व अध्यक्षहरुको समन्वयकारी भूमिकाको प्रशंशा गर्नुहुँदै काउन्सिलप्रति आकर्षण बढेको र आगामि दिनमा संघीयतामा थुप्रै चुनौतीबीच अघि बढ्नुपर्ने अवस्था रहेको धारणा राख्नुभयो । सो अवसरमा निवर्तमान अध्यक्ष कार्कीले पदाधिकारी, कर्मचारीसंग सहकार्य र समन्वयबाट नै बिद्युतीय सञ्चारमाध्यमको अभिलेखीकरण, नयाँ आचारसंहिता लागू, साधन र स्रोतको बृद्धि भै काउन्सिलले गति लिएको बताउँदै गल्ती कुरालाई नच्यापी अघि बढ्न नयाँटिमलाई सुझाव दिनुभयो । महासंघका निवर्तमान अध्यक्ष डा. बिष्टले पत्रकारिताको नेतृत्वदायी भूमिकामा काउन्सिल र पत्रकार महासंघ दुई संस्था मुख्य भएको मिडियाका बिषयवस्तु हेर्ने निकाय काउन्सिललाई स्वतन्त्र, स्वायत्त र सशक्त बनाउन आफू निरन्तर लागेको बताउनुभयो । प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारी, सुदर्शन आचार्य, सूचना विभागका महानिर्देशक वीरबहादुर राई, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, मुख्य अधिकृत झविन्द्र भुसाल र प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछाने लगायतले दुवै जनाको कार्यकाल उपलब्धिमूलक र स्मरणीय रहेको भन्दै उहाँहरुको आगामि जीवन सुखद रहोस् भन्ने कामना गर्नुभयो ।

प्रतिक्रिया :