संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

एक सय १७ जनाको आँखा परीक्षण

काठमाडौँ, ४ असोज ।

प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा आयोजना गरेको निशुल्क आँखा शिविरमा एक सय १७ जनाले आँखा परीक्षण गराएका छन् ।

तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा प्रेस काउन्सिल नेपाल, न्युनतम पारिश्रमिक निर्धारण समिति, नेपाल पत्रकार महासंघ, सूचना तथा प्रसारण विभागका कर्मचारीलगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारको उपस्थित रहको थियो ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार समाजको तेस्रो आँखा भएकाले सोही अनुरूपको भूमिका प्रभावकारी ढंगले निभाउनुपर्ने बताउनुभयो । प्रतिष्ठान र काउन्सिलबीचको सहकार्य र समन्वय आगामी दिनमा अझै प्रगाढ बनाइने उहाँले स्पष्ट पार्नुभयो । दक्षिण एसियामै सो प्रतिष्ठानको नाम उच्च रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँगाउँसम्म पुगेर प्रतिष्ठानले प्रशंसनीय काम गरिरहेको छ ।”


काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीले प्रतिष्ठानका स्वास्थ्यकर्मी टोलीलाई स्वागत गर्नुभएको थियो ।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम गरिँदै आएको र यसको निरन्तरताका रूपमा आँखा शिविर गरिएको बताउनुभयो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले यो शिविरले काउन्सिल र प्रतिष्ठानबीच सम्बन्ध सुमधुर बनाएको बताउनुभयो ।
प्रतिष्ठानका वरिष्ठ मानव संशाधन व्यवस्थापक मुकेशकुमार सिंहले राज्यको चौथो अङ्ग पत्रकारले मोबाइल र कम्प्युटरमा लामो समय काम गर्नुपर्ने हुँदा आँखामा समस्या आउने जोखिम बढी रहेको बताउनुभयो ।

प्रतिक्रिया :