संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस विज्ञप्ति

मिति ः २0८१।४।११

प्रेस विज्ञप्ति
सम्पादकलाई धम्क्याउने कार्य निन्दनीय ः काउन्सिल

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समर्थित विद्यार्थी सङ्गठनको सचिवालय सचिव बताउने कपिल सीले फोन गरी ज्यान मार्ने र पत्रिकाको कार्यालय समेत ‘बम हानेर उडाइदिने’ भनी धम्की दिएको सम्बन्धमा प्रेस काउन्सिल नेपालले २)८१ साउन १) गते स्थलगत अध्ययन, अनुगमन ग¥यो ।

प्रेस काउन्सिल नेपाल अन्तर्गतको प्रेस स्वतन्त्रता अनुगमन तथा मिडिया प्रवद्र्धन महाशाखा, प्रेस स्वतन्त्रता अनुगमन तथा कानुन शाखाद्वारा गरिएको उक्त अनुगमनका क्रममा काउन्सिलका  पूर्व  कार्यवाहक अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई निजले यही साउन ८ गते मङ्गलबार बिहान १)ः)) बजेदेखि मोबाइल नम्बरबाट फोन गरी गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिनुका साथै आफ्नो परिवार र दिवङ्गत आमालाई समेत अपमानित हुने शब्द प्रयोग गरेको अडियो पाइयो । समाचारको विषयलाई लिएर नभइ आफ्नो कार्यालयमा कार्यरत पूर्व कर्मचारी र अर्का एक कर्मचारीको सन्दर्भमा निजले त्यस्तो धम्की दिनुको साथै उक्त सङ्गठनको एक समूह पेस्तोलसहित आएर चार घण्टासम्म तनाव दिएको अवलोकनका क्रममा बुझियोे ।

यसरी हातहतियारसहित सञ्चार गृहमा प्रवेश गर्ने, धरपकड गर्ने र सम्पादकलाई धम्क्याउने कार्य निन्दनीय छ । संविधान र कानुन प्रदत्र् स्वतन्त्र र निर्वाध ढङ्गले सञ्चार कर्म गर्न पाउने हक हनन गर्दै सम्पादक श्रेष्ठमाथि गरिएको आक्रमणप्रति प्रेस काउन्सिल आपत्र् िप्रकट गर्दछ । काउन्सिल पत्रकारलाई धम्क्याउने, ज्यान मार्ने धम्की दिने, सञ्चार गृहमा हातहतियारसहित प्रवेश गरेर आतङ्कित पार्ने कार्य गर्ने यस्ता व्यक्ति वा समूहलाई कारबाही गर्न सरकार तथा सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै यस्ता हिंसात्मक÷आपराधिक कार्य नगर्न÷नगराउन सम्बन्धित पक्षलाई अनुरोध गर्दछ ।

वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता)
दीपक खनाल

प्रतिक्रिया :