संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

भूकम्प प्रभावितलाई काउन्सिलको ५८ हजारबढी सहयोगः प्रभावित जिल्लाका पत्रकारलाई ६ लाखको अनुदान सहयोग

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले जाजरकोट भूकम्पबाट प्रभावित राहत र उद्दारका लागि सहयोग गरेको छ । काउन्सिलका अध्यक्ष र कर्मचारीको तर्फबाट तलबकट्टा गरी ५८ हजार ९ सय ८६ रुपैया २७ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । काउन्सिलले भूकम्प प्रभावितको उचित उद्दार र व्यवस्थापनका लागि सम्बद्ध सबै क्षेत्रबाट सहयोग गर्न अनुरोध गरेको छ ।

काउन्सिलले भूकम्पप्रभावित क्षेत्रमा क्रियाशील पत्रकारका लागिसमेत सहयोग अनुदान रकम छुट्टाएको छ । काउन्सिल अन्तर्गतको मिडिया विकास कोषबाट वितरण हुनेगरी जाजरकोट र रुकुमका भूकम्पप्रभावित पत्रकार/सञ्चार माध्यमका लागि अनुदान रकम छुट्याइएको मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा सञ्चालित सञ्चार माध्यम र पत्रकारको विवरण सङ्कलन गरी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको समन्वयमा ६ लाख बराबरको अनुदान प्रभावकारिता र आवश्यकता हेरि विभिन्न सञ्चार उपकरण, लेखनवृत्ति, इन्टरनेट सुविधा तथा उपचारखर्च अन्तर्गत वितरण गर्न तयारी भइरहेको छ ।

प्रतिक्रिया :