संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मिडिया विकास कोषको सूचना

प्रेस काउन्सिल नेपाल 

मिडिया विकास कोष

सञ्चारग्राम, तिलगङ्गा, काठमाडौँको सूचना

प्रकाशित मितिः २०८०/१०/०७

प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार विभिन्न सुविधा उपलब्ध गराइँदै आएको छ । आ.व. २०८०/८१ का लागि तल उल्लिखित शर्तको अधिनमा रही ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषको सचिवालयमा वा इमेल ठेगाना mdf@presscouncilnepal.gov.np मा सुविधाका लागि निवेदन दिनुहुन सूचित गरिन्छ ।
सहयोग उपलब्ध गराइने क्षेत्र र सीमा 
१. ल्यापटप खरिद अनुदान (४० प्रतिशत): ३० वटा
२. क्यामरा खरिद अनुदान (३० देखि ४० प्रतिशत): ६ वटा
३. लेखनवृत्तिः १० जना
४. सोधपत्र लेखनः ७ जना (प्रत्येक प्रदेशबाट १ जनाका दरले)
५. सञ्चारकेन्द्र स्थापना अनुदानः १ वटा
एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधाको लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चार माध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता हुनेछ । निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर र इमेल अनिवार्य हुनुपर्नेछ ।
अनुदानका लागि आवश्यक कागजात र सहयोगको सीमा
१. ल्यापटप खरिद
क) निवेदन
ख) कार्यरत सञ्चार माध्यमको सिफारिस
ग) नेपाल पत्रकार महासङ्घ (जिल्ला/प्रदेश/केन्द्र)को सिफारिस
घ) पत्रकार परिचय पत्र
ङ) पछिल्लो एक वर्षमा प्रकाशित/प्रसारित कम्तीमा ३ वटा वाइलाइन लेख/समाचार/अडियो/भिडियो
च) ल्यापटप खरिदका लागि लागत अनुमान विवरण (सम्बन्धित व्यापारिक फर्मको आधिकारिता देखिने)
छ) सैद्धान्तिक सहमति प्राप्त भएपश्चात खरिद गरी असार २५ गतेभित्र बिल पेस गरेपछि अनुदान रकम भुक्तानी हुनेछ ।
ज) बिल प्राप्त भएपछि बढिमा रु. १ लाखको सीमामा रही ४० प्रतिशत अनुदान रकम उपलब्ध हुनेछ ।
२. क्यामेरा खरिद
क) निवेदन
ख) कार्यरत सञ्चार माध्यमको सिफारिस
ग) नेपाल पत्रकार महासङ्घ (जिल्ला/प्रदेश/केन्द्र)को सिफारिस
घ) पत्रकार परिचय पत्र
ङ) पछिल्लो एक वर्षमा सञ्चार माध्यममा प्रकाशित÷प्रसारित कम्तिमा ३ वटा तस्बिर÷भिडियो
च) क्यामेरा खरिदका लागि लागत अनुमान विवरण (सम्बन्धित व्यापारिक फर्मको आधिकारिता देखिने)
छ) सैद्धान्तिक सहमति प्राप्त भएपश्चात खरिद गरी असार २५ गतेभित्र बिल पेस गरेपछि अनुदान रकम भुक्तानी हुनेछ ।
ज) बिल प्राप्त भएपछि रु. १ लाख सम्मको हकमा ४० प्रतिशत र सोभन्दा बढी २ लाख सम्मको हकमा ३० प्रतिशत अनुदान उपलब्ध हुनेछ ।
३. लेखन वृत्ति
क) तोकिएकामध्ये कुनै एक विषयमा अनुसन्धानमूलक लेख/समाचार सामग्री तयार गर्ने प्रतिबद्धतासहितको निवेदन
लेखनवृत्तिका लेख/समाचारका विषय
  • पत्रकार आचारसंहिता पालनाको अवस्था (छापा, रेडियो, टेलिभिजन, अनलाइन)
  • प्रदेशमा पत्रकारिताको अवस्था (विभिन्न प्रदेश)
  • पत्रकारितामा भाषा, शैली
  • श्रमजीवी पत्रकारको अवस्था
  • सञ्चारका नयाँ प्रविधिले परम्परागत पत्रकारितामा पारेको प्रभाव
  • सञ्चार माध्यममा स्थानीय तथा राष्ट्रिय सवाल
  • स्वरोजगारमूलक सञ्चार माध्यमको अवस्था र चुनौती
  • राष्ट्रिय महत्वपूर्ण घटनाक्रममा मिडियाले खेलेको भूमिका
  • दैवी प्रकोप तथा विपद्जस्ता आपत्कालीन अवस्थामा मिडियाको भूमिका
  • सदाचार प्रवर्द्धनमा मिडिया
  • आमसञ्चारसम्बन्धी नीति एवं कानुनको तर्जुमा र कार्यान्वयन
  • मिडिया क्षेत्रमा मिडिया विकास कोषको योगदान
  •  स्थानीय उत्पादन र प्रवर्द्धन सरकारी नीति, समस्या र समाधान
  • स्थानीय कला, संस्कृति, इतिहासको प्रवर्द्धनका लागि मिडिया
  • लैङ्गिक सवाल, समस्या र समाधानमा मिडिया
ख) कार्यरत सञ्चार माध्यमबाट कम्तीमा ५ वर्ष पत्रकारिता गरेको खुल्ने गरी दिएको सिफारिस पत्र
ग) पत्रकार परिचय पत्र
घ) प्राप्त निवेदनमा सैद्धान्तिक सहमतिपश्चात मात्र प्रतिबद्धता जनाएको विषयमा तयार भएको आलेख प्रकाशित गरी सोको अध्ययन प्रतिवेदनसहित असार २५ गतेभित्र भुक्तानीका लागि निवेदन दिएपछि मात्र भुक्तानी हुनेछ ।
ङ) कार्यसम्पन्न भएपश्चात लेखनवृत्तिबापत जनही रु. १५ हजार भुक्तानी हुनेछ ।
४. सोधपत्र लेखन
क) स्नातकोत्तर अध्ययनरत पत्रकारिता विषयमा (ग्रामीण विकास तथा पत्रकार आचारसंहिता र पत्रकारितासँग सम्बन्धित विषयलाई प्राथमिकता दिइने) सोधपत्र (थेसिस) लेख्नका लागि प्रस्तावसहितको निवेदन
ख) प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी एक आर्थिक वर्षमा बढीमा सात जनासम्म पत्रकारिता क्षेत्रका विद्यार्थीलाई उपलब्ध हुनेछ । कुनै प्रदेशबाट सोधपत्र लेखनको लागि निवेदन प्राप्त नभएको तर अन्य प्रदेशबाट एकभन्दा बढी निवेदन परेको हकमा सात जनाको सीमाभित्र रही समितिको निर्णयबमोजिम उपलब्ध गराउन सकिनेछ ।
ग) शोधपत्र तयार गर्न २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
घ) शोधपत्रका लागि सम्बन्धित क्याम्पसमा पेस भएको स्वीकृत प्रस्ताव र सोअनुसारको सिफारिस पेस हुनुपर्नेछ ।
ङ) सहयोग गर्दा पत्रकारिता अध्ययनरत प्रदेशगत प्रतिनिधित्व हुनेगरी गरिब, जेहेन्दार, दलित, जनजाति, महिला एवं मधेशी विद्यार्थीहरूलाई प्राथमिकता दिइनेछ ।
च) निवेदनमा शोधपत्रसम्बन्धी कार्ययोजना र आवश्यक अनुमानित खर्च र नागरिकताको प्रतिलिपिसमेत पेस  गर्नुपर्नेछ ।
छ) स्वीकृत भएको निवेदनमा अर्को आर्थिक वर्षको असार २० गतेभित्र पेस भएका सोधपत्र र सो को सारसङ्क्षेप प्रस्तुतिकरणका आधारमा भुक्तानी दिइनेछ । अन्यथा सहयोग रकम भुक्तानी हुने छैन ।
ज) स्नातकोत्तर तह दोस्रो सेमेस्टरसम्ममा कम्तीमा ३ जिपिए प्राप्त गरी उत्तीर्ण भएको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।
५. सञ्चार केन्द्र
क) पत्रकार महासङ्घ जिल्ला शाखाद्वारा सञ्चालन गरिने सञ्चार केन्द्रको निम्ति कोषले अनुदान सहयोग उपलब्ध गराउने छ ।
ख) सञ्चार केन्द्र स्थापनाको निम्ति सम्बन्धित महासङ्घले नेपाल पत्रकार महासङ्घ केन्द्रको सिफारिस संलग्न राखी कोषसमक्ष निवेदन दिनुपर्नेछ ।
ग) सञ्चार केन्द्रको निम्ति आवश्यक पर्ने उपकरणहरू (कम्प्युटर, स्क्यानर, प्रिन्टर, इन्टरनेट, टेलिफोन) जडानका लागि कोषबाट रू. एक लाख पचास हजारसम्म अनुदान उपलब्ध हुनेछ ।
घ) अनुदान सहयोग दिनका लागि उपकरण खरिद गरे÷नगरेको निरीक्षण एवं अनुगमन हुनेछ । यसको लागि पत्रकार महासङ्घका कुनै शाखा र जिल्ला प्रशासन वा जिल्ला हुलाक कार्यालयको समेत सहयोग लिन सकिनेछ । खरिद गरिएको उपकरणको दाखिला प्रतिवेदनसमेत असार २५ गतेभित्र पेस गरेपछि भुक्तानी दिइनेछ ।

प्रतिक्रिया :