संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवको अवसरमा पुरस्कृत हुनेहरूको विवरण

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार (रू. एक लाख ५१ हजार राशी)

पत्रकार निर्मला शर्मा, कास्की (हाल: काठमाडौं)

८ वर्षदेखि पत्रकारिता निरन्तर सक्रिय पत्रकार निर्मला शर्मा हाल साप्ताहिक टेलिभिजन कार्यक्रम ‘समकोण’ की सञ्चालक हुनुहुन्छ । पत्रकारिताको माध्यमबाट लैङ्गिक समानता, न्याय र प्रेस स्वतन्त्रताको विषयमा आवाज बुलन्द गर्दै आउनुभएकी शर्मा महिला सशक्तिकरणको क्षेत्रमा उत्तिकै क्रियाशील हुनुहुन्छ । शर्मासँग सगरमाथा, एभरेष्ट हेराल्ड, समाज दैनिकलगायत अखबारको संवाददाता हुँदै रेडियो कार्यक्रम घटना र विचार, उज्यालो एफ.एम., कान्तिपुर एफ.एम., सगरमाथा एफएममा कार्यक्रम प्रस्तोताको अनुभव छ । साथै WOMEN FEATURE SERVICE को सम्पादकको रुपमा ५ वर्ष कार्यानुभव छ । राजनीति, संसदीय मामिला, सुशासन र सामाजिक बिटमा लेखन, पछिल्लो समय महिला, पिछडा वर्गको मुद्धालाई उठान गर्दै आउनुभएकी शर्मा महिला खबर डटकमको संस्थापक अध्यक्ष र सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुनुहुन्छ । हाल खोज पत्रकारिता केन्द्रको उपाध्यक्ष, दक्षिण एशियाली महिला पत्रकार सञ्जाल नेपालको अध्यक्ष, नेपाल पत्रकार महासङ्घको सल्लाहकार शर्माले पत्रकारिता र लैङ्गिक समतासम्बन्धी कार्यक्रमका सिलसिलामा अमेरिका, फ्रान्स, चीन, भारत, भुटानलगायत २० भन्दा बढी देशहरुको भ्रमण गर्नुभएको छ । पत्रकारिताको माध्यमबाट राष्ट्रका निम्ति पुर्‍याउनुभएको विशिष्ट योगदानस्वरुप पत्रकार शर्मालाई यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार (रू. एक लाख १० हजार राशी)

पत्रकार दमन राई, खोटाङ

२०६३ सालदेखि पत्रकारितामा क्रियाशिल पत्रकार दमन राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मीटारमा २०४१ बैसाख १५ गते जन्मिनुभएको हो । उदयपुरको पूर्णपूष्टि साप्ताहिक, खोटाङको रुपाकोट रेडियो, खोटाङखबर साप्ताहिक, हाम्रोखोटाङ डटकम, हलेसीखबर डटकम, कारोबार दैनिक, नागरिक दैनिक लगायतका सञ्चार माध्यममा काम गरिसकेका राई हाल हिमालखबर डटकम, ग्यालेक्सी फोरके र उज्यालो एफएममा कार्यरत हुनुहुन्छ ।समाजशास्त्रमा एमए गर्नुभएका राई हाल खोटाङबाट सञ्चालित नेपालवाइड डटकमका समाचार संयोजकको भूमिकामा हुनुहुन्छ ।नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सदस्य, कार्यबाहक अध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका राई विशेषगरी खोज पत्रकारिता, संसदीय रिपोर्टिङ र विकास पत्रकारितामा दख्खल राख्नुहुन्छ ।मोफसलबाट निरन्तर पत्रकारितामा सक्रिय राईलाई यसवर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार

. चेष्टा साप्ताहिक, काभ्रे

काभ्रेपलाञ्चोक जिल्लामा दर्ता भइ सञ्चालनमा आएको पहिलो पत्रिका हो चेष्टा । वि.सं. २०५० को असोज महिनामा मासिक रुपमा प्रकाशन सुरु भएको चेष्टा २०५६ साल कार्तिक महिनाबाट साप्ताहिकका रुपमा प्रकाशन हुन थालेको हो । पत्रकारिताका मूल्य मान्यताको अधिनमा रही समाचार सूचना सम्प्रेषणमा अग्रणी भूमिका निर्वाह गरेको चेष्टा साप्ताहिक २०५८ सालदेखि पत्रपत्रिका मूल्याङ्कन वर्गीकरणमा क वर्गमा रहँदै आएको छ । साप्ताहिक समाचारसँगै लेख, रचना, साहित्य, कला, खेल, अन्तरवार्ता, स्तम्भ, मनोरञ्जन, बाल स्तम्भ, शिक्षा, लगायतका सामग्री प्रकाशन गर्दै आएको पत्रिका काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र काठमाडौँमा समेत बिक्री वितरण हुँदै आएको छ । छापा र अनलाइन दुवै संस्करण प्रकाशन भइ प्रदेशस्तरमा क वर्गमा वर्गिकृत चेष्टा साप्ताहिकलाई यस वर्षको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार प्रदान गरिएको छ ।

. राममणि दाहाल, मकवानपुर

मकवानपुरबाट पत्रकारिता गरिरहनुभएका पत्रकार राममणि दाहाललाई यस वर्षको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार प्रदान गरिएको छ ।

. माधवसिंह धामी, कञ्चनपुर

वि.सं. २०२४ साल कार्तिक १७ गते भीमदत्त नगरपालिका कञ्चनपुरमा जन्मनुभएका पत्रकार माधवसिंह धामी आजको नयाँ विकल्प दैनिकको प्रकाशक÷सम्पादक हुनुहुन्छ । गोरखापत्र दैनिकको संवाददाताको रुपमा २०५१ सालदेखि पत्रकारिता सुरु गर्नुभएका धामी राष्ट्रपुकार साप्ताहिक, आजको समाचारपत्र दैनिक, महानगर दैनिक, रेडियो नेपाललगायत सञ्चार माध्यममा क्रियाशील रहनुभयो । स्थानीय पत्रपत्रिकाहरु सुदूरपश्चिम दैनिक, महाकाली दैनिक, नेपाल टाइम्स दैनिक, चुरे टाइम्स दैनिकमा सम्पादनको अनुभव बटुल्नुभएका पत्रकार धामीलाई यस वर्षको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार

१. सागर पण्डित, काठमाडौँ

नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डित २०५५ साल देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । यसअघि राजधानी राष्ट्रिय दैनिकको सम्पादक, नयाँ पत्रिका र अन्नपूर्ण पोष्ट दैनिकमा सहसम्पादक र राप्ती समाचार साप्ताहिकमा कार्यकारी सम्पादकका रुपमा काम गरिसक्नुभएका पत्रकार पण्डितसँग उज्यालो एफ एम र नेपाल वान टेलिभिजनमा समेत काम गरेको अनुभव छ । बुटबलबाट प्रकाशित हुने दैनिक लुम्बिनीबाट पत्रकारिता सुरु गर्नुभएका पण्डित १६ वर्षदेखि काठमाडौँमा पत्रकारिता गरिरहनुभएको छ । वि.सं. २०३६ साल असार ६ तनहुँको चुदीमा जन्मनुभएका पण्डित अधिवक्ता समेत हुनुहुन्छ । विशेष गरि सुशासन बीटमा कलम चलाउनुहुने पण्डितले खोज पत्रकारिता, वातावरणीय क्षेत्र, प्रशासन, राजनीति, ग्रामीण तथा विकास पत्रकारितामा राम्रो दख्खल राख्नुहुन्छ । सुशासन, विकास, प्रशासन र राजनीतिक विषयमा निरन्तर कलम चलाउनुहुने पत्रकार पण्डितलाई यस वर्षको प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरिएको छ ।

. चुडामणि भट्टराई काठमाडौँ

पत्रकार  चुडामणि भट्टराईलाई यस वर्षको प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार

आँजुर द्वैमासिक, मैथिली भाषा, प्रकाशक सम्पादक रामभरोष काँपडी

धनुषाबाट प्रकाशित हुँदै आएको आँजुर द्वैमासिकले मैथिली भाषाको प्रवर्द्धन र प्रचार प्रसारमा पत्रकारिताको माध्यमबाट अमूल्य योगदान गरेकाले प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार

. विमल ज्ञवाली, रेडियो नेपाल

रेडियो नेपालमा कार्यरत सक्रिय पत्रकार बिमल ज्ञवालीलाई यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

. जीवन भण्डारी, नेपाली रेडियो नेटवर्क काठमाडौँ

२३ वर्षदेखि पत्रकारितामा क्रियाशिल जीवन भण्डारी नेपाली रेडियो नेटवर्कको समाचार निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । पत्रकारिता तथा आम सञ्चार र समाजशास्त्रमा स्नातकोत्तर र कानुन संकायमा स्नातक  गर्नुभएका पत्रकार भण्डारीसँग राष्ट्रिय समाचार समितिमा उपसम्पादक, नेपालवाणी नेटवर्कमा समाचार प्रमुख, नेपाल एफएम नेटवर्कमा उपसम्पादक, रेडियो आँधिखोलामा स्टेसन म्यानेजर, स्कुल मासिक र चङ्गा मासिकमा अतिथि सम्पादक, इको पोलिटिक्स मासिकमा सम्पादक, बुटवल एफएम, नवजनचेता साप्ताहिक र देउराली साप्ताहिकमा समाचारदाताको रुपमा कार्यानुभव छ । जनप्रशासनमा स्नातकोत्तर अध्ययनरत भण्डारीले विभिन्न कलेजमा अध्यापन समेत गर्नुभएको छ । पत्रकारितामा निरन्तर क्रियाशिल भण्डारीलाई यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

. शङ्कर रोक्का, सिन्धुपाल्चोक

वि‍.सं. २०३८ पुस ४ गते सिन्धुपाल्चोकको भोटेचौर (हाल मेलम्ची नगरपालिका-१) मा जन्मिनुभएका पत्रकार शङ्कर रोक्का २०५४ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । साप्ताहिक विमर्श र विमोचन मासिकका कार्यकारी सम्पादक रोक्काले सिन्धु सन्देश मासिक, रामेछाप मासिक, नुवाकोट खबर मासिक, नौलो बिहानी मासिक, ज्वाला साप्ताहिक, सिन्धु सन्देश साप्ताहिक, पूर्वेली आवाज साप्ताहिक, पहरेदार साप्ताहिक, साप्ताहिक आवाज साप्ताहिक, टाइम्स अफ काठमाडौं साप्ताहिकलगायतमा काम गरिसक्नुभएको छ । पुस्तक लेखन÷सम्पादन तथा पत्रकारिता प्रशिक्षणमा समेत सक्रिय रोक्कालाई यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

. श्यामदत्त भट्ट, कञ्चनपुर

कञ्चनपुरका पत्रकार श्यामदत्त भट्टलाई यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

. रामकला खड्का, भक्तपुर

भक्तपुरकी पत्रकार रामकला खड्कालाई यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

. ताराचन्द्र देवकोटा, सिन्धुली

सिन्धुलीका पत्रकार ताराचन्द्र देवकोटालाई यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

. भिष्मराज ओझा, राष्ट्रिय समाचार समिति

राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकार भिष्मराज ओझालाई यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

. माधव बस्नेत, नेपालमुहार डटकम, काठमाडौँ

काठमाडौँबाट प्रकाशित अनलाइन नेपालमुहार डटकममा कार्यरत पत्रकार माधव बस्नेतलाई यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

. रामकृष्ण अधिकारी, मेरोन्युज डटकम, काठमाडौँ

वि.सं. २०४१ सालमा नुवाकोटमा जन्मिनुभएका पत्रकार रामकृष्ण अधिकारी दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य रहनुभएका अधिकारी यसअघि पत्रकार महासङ्घ काठमाडौं जिल्ला शाखाको सचिव र सल्लाहकार भइ काम गरिसक्नुभएको छ । मेरोन्यूज डटकमका सम्पादक अधिकारीले साँघु साप्ताहिक, महिमा साप्ताहिक, जनदिशा दैनिक, रेडियो मिर्मिरे, राजधानी दैनिक, नयाँ पत्रिका दैनिक र अन्नपूर्ण पोष्ट दैनिकमा काम गरिसक्नुभएको छ । पत्रकारिता तथा अमसञ्चार विषयमा स्नाकोत्तर गर्नुभएका उहाँ विशेष गरी राजनीतिक बिटमा कलम चलाउनुहुन्छ । पत्रकारितामा निरन्तर क्रियाशिलताको निम्ति पत्रकार अधिकारीलाई यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

१०. चाँदनी आचार्य,  गोरखापत्र, कैलाली

वि.सं. २०३८ सालमा म्याग्दीमा जन्मिनुभएका पत्रकार चाँदनी आचार्य दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । सञ्चारिका समूह सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष आचार्य पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष भइ काम गरिसक्नुभएको छ । वि.सं. २०७५ देखि गोरखापत्र दैनिकको कैलाली संवाददाताका रुपमा कार्यरत आचार्यले डेमोक्रेसी नेपाल डटकमको सम्पादक भइ काम गरिसक्नुभएको छ भने सामुदायिक रेडियो भेरी आवाज, नेपाली एक्सप्रेस, टुडे नेपाल, सुदूरसन्देश दैनिक, रेडियो कैलाली एफएम, महिला सञ्चार समुह, पर्यटन पत्रकार समुहलगायतमा आबद्ध भइ कार्यअनुभव बटुल्नुभएको छ । खोज पत्रकारिता  केन्द्र र सन्धानमा खोजमूलक पत्रकारिता गर्दै आउनुभएकी पत्रकार आचार्यलाई यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

११. दामोदर न्यौपाने, कान्तिपुर

सिन्धुपाल्चोकको ठोकर्पामा जन्मनुभएका पत्रकार दामोदर न्यौपाने दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । कान्तिपुर दैनिकमा वरिष्ठ उपसम्पादक पदमा कार्यरत न्यौपाने एम्बुसमा ६ वर्ष, कर्म, ट्यालेन्ट शो, स्वर्णिम समय, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइँ, दास प्रथाको नयाँ रूप र घरको शिक्षालगायत पुस्तकका लेखक हुनुहुन्छ । साहसी संवाददाता सम्मान, श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार लगायत राष्ट्रिय साहित्य सम्मान, तिरुपती साहित्य सम्मान, सामुदायिक वन राष्ट्रिय सम्मान लगायतका पुरस्कार प्राप्त पत्रकार न्यौपानेले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । बालबालिका, शिक्षा र सम्पदा बिटमा कलम चलाउने न्यौपानेले संस्कृति र विकास पत्रकारितामा पनि दख्खल राख्नुहुन्छ । पत्रकारितामा निरन्तर सक्रियताका लागि पत्रकार न्यौपानेलाई यस वर्षको प्रेस काउन्सिल नेपाल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

१२. मणिराज बास्तोला (मोहन), झापा

झापाका पत्रकार मणिराज बास्तोला (मोहन)लाई यस वर्षको प्रेस काउन्सिल नेपाल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

 १३. रमेश गिरी, भक्तपुर

भक्तपुरका पत्रकार रमेश गिरीलाई यस वर्षको प्रेस काउन्सिल नेपाल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

१४. रमेश शाही , सुर्खेत

सुर्खेतका पत्रकार रमेश शाहीलाई यस वर्षको प्रेस काउन्सिल नेपाल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

१५. प्रेमकुमार आचार्य, झापा

झापाका पत्रकार प्रेमकुमार आचार्यलाई यस वर्षको प्रेस काउन्सिल नेपाल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

१६. वीरेन्द्र रमण, धनुषा

वि. सं.२०३९ माघ १८ गते जनकपुरधाम धनुषामा जन्मनुभएका पत्रकार विरेन्द्र रमण २०५७ सालदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।हाल नेपाल नेटवर्क टेलिभिजनको मधेस ब्युरो प्रमुख रमणले हिमालयन टाइम्स दैनिक, नेपाल समाचारपत्र दैनिक, तराई टाइम्स, टाइम्स टेलिभिजन लगायत सञ्चार माध्यममा कार्यानुभव लिइसक्नुभएको छ । पत्रकारितामा निरन्तर सक्रिय रमणलाई यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

 प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

.    पाण्डव शर्मा, दाङ

वि.सं. २०४७ साल कार्तिक २६ गते भावाङ-३ रोल्पामा जन्मनुभएका पाण्डव शर्मा चेतना अनलाइनको सम्पादक हुनुहुन्छ । २०६३ सालदेखि पत्रकारिता प्रारम्भ गर्नुभएका शर्माले यस अघि नयाँ युगबोध राष्ट्रिय दैनिक, आर्थिक अभियान दैनिक र गणतन्त्र राष्ट्रिय दैनिकमा काम गरिसक्नुभएको छ । आर्थिक, सामाजिक र राजनीति विषयमा कलम चलाउने पत्रकार शर्मालाई पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

.    मिनबहादुर ठकुरी, कैलाली

कैलालीका पत्रकार मिनबहादुर ठकुरीलाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

.    विरेन्द्र केसी, अर्घाखाँची

२०४१ साल वैशाख २१ गते अर्घाखाँचीको मालारानीमा जन्मनुभएका पत्रकार विरेन्द्र केसी कान्तिपुर दैनिकको उपसम्पादक हुनुहुन्छ । केसीले यसअघि बुटवलबाट प्रकाशित हुने नयाँ दिशा दैनिक, दैनिक लुम्बिनी, तिनाउ एफएम लगायत सञ्चार माध्यममा काम गरिसक्नुभएको छ । २०६० सालदेखि पत्रकारिता थाल्नुभएका केसीले आर्थिक, शैक्षिक, राजनीतिक, कृषि, पर्यटन, मनोरञ्जन क्षेत्रको पत्रकारितामा विशेष दख्खल राख्नहुन्छ । पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार केसीलाई यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

 .    संजीप घिमिरे, भक्तपुर

सर्लाहीको हरिपुर-८ जुटपानीमा जन्मनुभएका पत्रकार संजीप घिमिरे भक्तपुरमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । संजीप शुभचिन्तकका नाममा कलम चलाउने घिमिरे भक्तपुर पोष्टका सम्पादक हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका सचिव समेत रहनुभएका पत्रकार घिमिरे १ दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । मैनबत्ती मासिक र सिकाइ मासिकको प्रकाशक/सम्पादक भइ कार्य गरिसक्नुभएका घिमिरेसँग ननस्टप खबर डटकम, बागमती टिभी र स्पेस फोरके टिभीको समेत कार्यानुभव छ । पत्रकारितामार्फत योगदान पुर्‍याएबापत पत्रकार घिमिरेलाई यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

.    कृष्ण ओली, बाजुरा

२०४६ असोज २६ गते बाजुराको आटीचौरमा जन्मिनुभएका पत्रकार कृष्ण ओली रेडियो बाजुराको स्टेशन प्रबन्धक, सुदूर संसार डट कमको सम्पादक र नागरिक दैनिकको संवादाताको रुपमा कार्यरत हुनुहुन्छ । कथा, गीत, गजल लेखनमा रुची राख्ने ओलीले २०६६ सालबाट पत्रकारिता सुरु गर्नुभएको हो । सामाजिक र राजनीतिक विषय लेखनमा रुचि राख्ने ओलीलाई पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

.    दिपा रेग्मी, सबलनेपाल डटकम, काठमाडौँ

सबलनेपाल डटकमकी सम्पादक दिपा रेग्मीलाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

.    मदन कोइराला, डिसीनेपाल डटकम, काठमाडौँ

वि.सं. २०४० सालमा ओखलढुङ्गामा जन्मिनुभएका पत्रकार मदन काेइराला ढेड दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । डिसी नेपाल डटकमका समाचार सम्पादक काेइरालाले हिमालय टाइम्स दैनिक, ओएनएस न्युज, जनभावना साप्ताहिक, नागरिक न्युज डटकममा काम गरिसक्नुभएको छ । उहाँ विशेष गरी राजनीतिक बिटमा कलम चलाउनुहुन्छ । पत्रकारितामा निरन्तर क्रियाशिलताको निम्ति पत्रकार कोइरालालाई यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

.    सुवास पण्डित, चितवन

चितवनबाट अनलाइन खबर डटकमको संवाददाताका रुपमा पत्रकारितामा सक्रिय सुवास पण्डितलाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

.    युवराज खड्का, पर्सा

पर्साबाट पत्रकारितामा सक्रिय युवराज खड्कालाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

 १०.  नरेन्द्रसिंह कार्की, सारथीखबर डटकम

साथीखबर डटकमका पत्रकार नरेन्द्रसिंह कार्कीलाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

११.  अमृतप्रसाद पौडेल, म्याग्दी

म्याग्दीका पत्रकार अमृतप्रसाद पौडेललाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

१२.  विनोदकुमार मल्ल, मुगु

मुगुका पत्रकार विनोदकुमार मल्ललाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

१३.  भानुभक्त निरौला, सोलुखुम्बु

सोलुखुम्बुका पत्रकार भानुभक्त निरौलालाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

१४.  हरि भण्डारी, प्युठान

प्युठानका पत्रकार हरि भण्डारीलाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

१५.  विजय रावत, जुम्ला

जुम्लाका पत्रकार विजय रावतलाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

.    जगदिश्वर पाण्डे, कान्तिपुर

कान्तिपुरमा कार्यरत पत्रकार जगदिश्वर पाण्डेलाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ

१७.  राजु लामिछाने, रुकुम पश्चिम

२०४४ साल फागुन ६ गते रुकुमको साविक विजयश्वरी गाविस – ३ मा जन्मनुभएका पत्रकार राजु लामिछाने गोरखापत्र राष्ट्रिय दैनिकमा जिल्ला समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ । यसका साथै उहाँ हाल उज्यालो रेडियो तथा अनलाइन, असल शासन साप्ताहिक, जनआस्था साप्ताहिक, मूलपाटी अनलाइनमा समेत काम गर्नुहुन्छ । २०६१ सालमा साहित्यबाट पत्रकारितातिर जोडिनुभएका लामिछाने सुशासन र सामाजिक मुद्धामा बढी कलम चलाउनुहुन्छ । द्वन्द्व, शान्ती, सुशासन र युवा सवालमा विभिन्न क्षेत्रमा रहेर काम गर्नुभएका लामिछानेलाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

१८.  इन्द्रविवस डिसी, दाङ

दाङका पत्रकार इन्द्रविवस डिसिलाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

१९.  ओमकार आचार्य, तनहुँ

तनहुँका पत्रकार ओमकार आचार्यलाई यस वर्षको प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार

हिमाली गुराँस द्वैमासिक, काठमाडौँ

वि।सं। २०५४ सालदेखि खिमानन्द पोखरेलको सम्पादन र लक्ष्मी जोशीको सहसम्पादनमा काठमाडौँबाट नियमित प्रकाशित हुँदै आएको हिमाली गुराँस द्वैमासिक पत्रिकाले साहित्य, कला र संस्कृतिको प्रचारप्रसार एवं संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस पत्रिकाको बीपीको सतवार्षिक विशेषाङ्क, कथा विशेषाङ्क, नियात्रा विशेषाङ्क, २०७२ सालको भूकम्प विशेषाङ्क, गीत विशेषाङ्क, गजल विशेषाङ्क, लघुकथा विशेषाङ्क, हिमाली गुराँसको सतवार्षिक विशेषाङ्क प्रकाशन भइसकेका छन् । साहित्यिक पत्रकारिताको माध्यमबाट नेपाली भाषा साहित्यको प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले यस द्वैमासिक पत्रिकालाई यस वर्षको प्रेस काउन्सिल साहित्यिक पुरस्कार प्रदान गरिएको छ ।

 प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार

. तारा चापागाई, कास्की

वि.सं. २०३७ सालमा जन्मिनुभएकी पत्रकार तारा चापागाई एक दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार चापागाईले आर्थिक आवाज, रेडियो जननी, फेवा टेलिभिजन, सबैको आवाज डटकम, सबैको आवाज साप्ताहिक र गोरखापत्र दैनिकमा समेत काम गरिसक्नुभएको छ । पत्रकारितामा स्नातकोत्तर गर्नुभएकी पत्रकार चापागाई विशेषगरी महिलाका विषयमा कलम चलाउन रुचाउनुहुन्छ । पत्रकारितामार्फत हिंसाविरुद्ध र महिला सशक्तिकरणको क्षेत्रमा निरन्तर क्रियाशिल पत्रकार चापागाईलाई यस वर्षको प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

. भवानी अधिकारी, स्याङ्जा

तीन दशकदेखि पत्रकारितामा सक्रिय भवानी अधिकारी स्याङ्जा सन्देश साप्ताहिक र सामुदायिक रेडियो स्याङ्जाको समाचार प्रमुख तथा एपीवान टेलिभिजनको जिल्ला संवाददाता हुनुहुन्छ । स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर उतीर्ण पत्रकार अधिकारी दक्षिण एशियाली पत्रकार संगठनको केन्द्रीय सदस्य, सञ्चारिका समूह स्याङ्जाको निवर्तमान अध्यक्ष र नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखाको उपाध्यक्ष हुनुहुन्छ । यसअघि उहाँ राष्ट्रिय समाचार समिति, आदर्शसमाज दैकिक लगायत सञ्चार माध्यममा कार्यरत हुनुहुन्थ्यो । पत्रकारितामा निरन्तर सक्रिय पत्रकार अधिकारीलाई यसवर्षको प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, प्रदान गरिएको छ ।

३. पवित्रा सुनार, नागरिक दैनिक

नागरिक दैनिकमा कार्यरत पत्रकार पवित्रा सुनारलाई यसवर्षको प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, प्रदान गरिएको छ ।

४. दुर्गा आचार्य, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लामा रहेर पत्रकारितामा सक्रिय दुर्गा आचार्यलाई यसवर्षको प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, प्रदान गरिएको छ ।

५. रुपा घिमिरे, काठमाडौँ

पत्रकार रुपा घिमिरेलाई यसवर्षको प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, प्रदान गरिएको छ ।

६. गगनशिला खड्का, गुल्मी

गुल्मीबाट सक्रिय पत्रकारिता गरिरहनुभएकी गगनशिला खड्कालाई यसवर्षको प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, प्रदान गरिएको छ ।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार

१. सन्तोष सिंह धनुषा

पत्रकारितामार्फत समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

२. मनकुमार गदाल (विश्वकर्मा) झापा

वि.सं. २०३८ साल वैशाख ५ गते भोजपुरको सानो बोखिममा जन्मनुभएका पत्रकार मनकुमार गदाल २०५८ सालबाट पत्रकारितामा सक्रिय हुनुहुन्छ । रेडियो किङ्ग एफएम १०४.१ मेगाहर्जका स्टेसन म्यानेजर गदालले मोफसल साप्ताहिकको दमक संवाददाताका रुपमा पत्रकारितामा प्रवेश गर्नुभएको हो । पूर्वेली टाइम्स अनलाइन पत्रिका, मोफसल साप्ताहिक, पूर्वसन्देश दैनिक, सप्तरङ्गी एफएम, स्टार एफएम लगायतका सञ्चार माध्यममा काम गरिसक्नुभएको छ । आवाज विहीन, उत्पीडित, उपेक्षित र दलित समुदायको अधिकारका लागि पत्रकारिता गर्दै आउनुभएका पत्रकार गदाललाई यसवर्षको  प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

३. सर्मिला बुढाथोकी दोलखा

दोलखाकी पत्रकार शर्मिला बुढाथोकीलाई पत्रकारितामार्फत समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

४. रितेश त्रिपाठी पर्सा

पर्साका पत्रकार रितेश त्रिपाठीलाई पत्रकारितामार्फत समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

५. रजनीकुमारी योगी सुर्खेत

केही वर्षदेखि पत्रकारितामा सक्रिय रजनीकुमारी योगी हाल गोरखापत्र दैनिक सुर्खेत संवाददाता हुनुहुन्छ । दैलेखमा जन्मनुभएकी रजनीकुमारी योगीलाई पत्रकारितामार्फत समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

 ६. विनोद परियार रुपन्देही

२०४६ सालमा जन्मिनुभएका पत्रकार विनोद परियार दशक अघिदेखि पत्रकारितामा सक्रिय हुनुहन्छ । नेपाल पत्रकार महासङ्घ रुपन्देहीका सचिव परियारलाई पत्रकारितामार्फत समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

७. फिरोज सिद्दिकी, सिराहा

वि.‌सं. २०५६ सालदेखि पत्रकारितामा क्रियाशील पत्रकार फिरोज सिद्दिकी समृद्धिपथ दैनिकको प्रकाशक एवं कार्यकारी सम्पादक हुनुहुन्छ । जन आवाज दैनिकको समाचारदाताको हुँदै हाल पैगाम साप्ताहिकको प्रकाशक/सम्पादकको रूपमा कार्यरत सिद्दिकीले नेपाल समाचारपत्र दैनिकको सिरहा समाचारदाताका रुपमा तीन वर्ष काम गर्नुभयो । लामो समयदेखि पत्रकारितामा सक्रिय सिद्दिकीलाई यस वर्षको प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार

१. केशवराज थोकर, फोटोपत्रकार

फोटो पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानको कदर गर्दै फोटो पत्रकार केशवराज थोकरलाई प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

२. नेमिश गौतम, कला, रङ्गमञ्च

कला तथा रङ्गमञ्च पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार नेमिस गौतमलाई प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

उत्कृष्ट कर्मचारी पुरस्कार – २०८०

१. विष्णु शर्मा, शाखा अधिकृत

वि.सं. २०३५ साउन २ गते पर्वतको फलेवासमा जन्मनुभएका विष्णु शर्मा लम्साल २०५५ वैशाख १५ गतेदेखि काउन्सिलमा सेवाप्रवेश गर्नुभएको हो । शाखा अधिकृतका रूपमा कार्यरत लम्साललाई प्रेस काउन्सिल नेपालको सेवामा लगनशील भएर योगदान पुर्‍याएबापत यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ ।

२. प्रेमचन्द्र बडु, मिडिया अनुगमनकर्ता

वि.सं. २०४७ पुस ९ गते गोरखाको साविक तान्द्राङ – १ मा जन्मनुभएका प्रेमचन्द्र बडु २०७५ जेठ २ गतेदेखि काउन्सिलमा सेवाप्रवेश गर्नुभएको हो । मिडियाअनुगमनकर्ताका रूपमा कार्यरत बडुलाई प्रेस काउन्सिल नेपालको सेवामा लगनशील भएर योगदान पुर्‍याएवापत यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ । 

दीर्घ सेवा पदक (२० वर्ष)

रमा द्योला, कुचीकार

वि.सं. २०६० साल जेठ १ गते प्रेस काउन्सिल नेपालमा सेवा प्रवेश गर्नुभएकी रमा द्योलालाई २० वर्ष सेवा अवधि पूरा गरेको सुखद उपलक्ष्यमा दीर्घ सेवा पदक प्रदान गरिएको छ । 

कर्मचारी प्रोत्साहन पुस्कार

१. लक्ष्मी पौडेल, वरिष्ठ प्रशासन सहायक

पर्वतको साविक रानीपानी ३ मा जन्मनुभएकी लक्ष्मी पौडेल वि.सं. २०७६ साल साउन २५ गते काउन्सिल सेवा प्रवेश गर्नुभएको हो ।१२ वर्षदेखि पत्रकारितामा सक्रिय पौडेल समाजसेवा र साहित्यमासमेत विशेष रुची राख्नुहुन्छ । प्रेस काउन्सिल नेपालको प्रशासन महाशाखामअन्तर्गत प्रशासन शाखामा विशेषगरी प्रकाशनसम्बन्धी कार्यमा कर्मठ र लगनशील भइ कार्य सम्पादन गरेबापत वरिष्ठ प्रशासन सहायकका रूपमा कार्यरत पौडेललाई कर्मचारी प्रोत्साहन पुरस्कार – २०८० प्रदान गरिएको छ ।

२. मनोजकुमार मण्डल, कार्यालय सहयोगी

मोरङको साविक दादरवैरिया गाविस वडा नम्बर ४ मा जन्मनुभएका मनोजकुमार मण्डल २०६४ असोज १ गते कार्यालय सहयोगीका रूपमा प्रेस काउन्सिल नेपालमा सेवा प्रवेश गर्नुभएको हो । प्रेस काउन्सिलमा कार्यालय सहयोगीका रूपमा कर्तव्यनिष्ठ भइ सेवा गरेबापत यस मण्डललाई वर्षको कर्मचारी प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया :