संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारलाई पक्राउ र कारबाही गर्न प्रहरीलाई पत्राचार नगरिएको काउन्सिलको प्रष्टोक्ति

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नभएको प्रष्ट पारेको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई पत्राचार नभएको भन्दै सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो । ‘त्यस किसिमको भ्रममा नपर्न सम्पूर्ण सञ्चार माध्यम, आम पत्रकार र सम्वद्ध पक्षलाई यही विज्ञप्तिमार्फत् आग्रह गर्दछ ।’ काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले नेपाल प्रहरीबाट जानकारी माग भइ आएमा सूचीकरण भएका मिडियाको हकमा ‘सूचीकृत रहेको’ र दर्ता/सूचीकरण नभएको भए ‘सूचीकरण नभएको’ भनी जानकारी गराउने गरिएको भन्दै विज्ञप्तिमा पछिल्ला केही उजुरीका विषयमा पनि साेहीअनुसारको जानकारी मात्र गराइएको प्रष्ट पारेको छ ।

प्रतिक्रिया :