संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस स्वतन्त्रता दिवस विविध कार्यक्रमका साथ सम्पन्न

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले विविध कार्यक्रम सम्पन्न गरेको छ । सहिद पत्रकारको सम्झना काउन्सिल परिसरमा रहेको पत्रकारस्तम्भमा माल्यार्पण गरिनुका साथै प्रेस स्वतन्त्रताको आन्दोलनका ज्ञातअज्ञात सहिदप्रति सम्मान प्रकट गरिएको छ ।

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको सहकार्यमा आयोजित कार्यक्रममा काउन्सिलका निवर्तमान कार्यवाहक अध्यक्ष एवम् सदस्य गोपाल बुढाथोकीले विश्व स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको लागि योगदान गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभयो । उहाँले आजको दिनले प्रेस स्वतन्त्रताको निर्वाध प्रयोगको अनुभूति हुनसक्ने र विश्वसनीय एवम् मर्यादित पत्रकारिताको विकासमा थप पहल गर्नेतर्फ सबैलाई प्रेरणा मिल्नेछ भन्दै स्वतन्त्र र जिम्मेवार पत्रकारिताको लागि पत्रकार आचारसंहिता पालनामा जोड दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै यसपछि पत्रकार महासंघले आयोजना गर्न लागेको प्रेस स्वतन्त्रताका अवस्था, प्रेस स्वतन्त्रता हननसहितको प्रतिवेदन सार्वजनिक गरिने कार्यक्रममा सरिक हुन आव्हान गर्नुभयो ।

कार्यक्रममा काउन्सिलका सदस्य दीपक पाण्डेले प्रेस काउन्सिल नेपालले “स्वच्छ, स्वस्थ्य, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल” भन्ने नारालाई आत्मसात गर्दै पत्रकार आचारसंहिताको अनुगमनका साथै गत वर्षदेखि प्रेस स्वतन्त्रता हननका घटनाहरूको समेत अभिलेख राख्दै आएको बताउनुभयो ।

उहाँले २०७८ वैशाख १९ देखि २०७९ वैशाख २० (2 May 2021 b]lv 3 May 2022) सम्ममा प्रेस स्वतन्त्रता हननका ७७ वटा घटना भएका छन् । तीमध्ये गिरफ्तारीका–९, कब्जा/अवरोधका–१०, आक्रमणका–४, धम्की/दुव्र्यवहारका–४० र पेसागत असुरक्षाका–१० वटा घटना रहेका जानकारी गराउनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख हेर्दा सबैभन्दा बढी बाग्मती प्रदेशमा ४१, प्रदेश नं १ मा १०, मधेश प्रदेशमा ८, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ३ वटा घटना रहेका भन्दै आधाभन्दा बढी ४० वटा अर्थात् ५१.९४% धम्की/दुव्र्यवहारका घटना रहेको बताउनुभयो ।

काउन्सिलले आमसञ्चार माध्यममा आएका सामग्री एवम् विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख राख्ने साथै कतिपय घटनाका सम्बन्धमा विस्तृत अध्ययन एवम् अनुगमन गर्दै आएको समेत बताउनुभयो ।

उक्त कार्यक्रममा काउन्सिलका सदस्यहरू, पत्रकार महासंघका अध्यक्ष, सूचना विभागका महानिर्देशक, संस्थाका कर्मचारीहरू एवम् विभिन्न सञ्चार माध्यमका पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । सोही अवसरमा चियापान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया :