संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता खोजौँ–सञ्चारसचिव अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता कायम गर्न सबैको ध्यान पुग्नुपर्ने बताउनुभएको छ । आज प्रेस काउन्सिल नेपालको अध्ययन/भ्रमण गर्नुहुँदै उहाँले काउन्सिलको काम–कारबाही एवम् सञ्चारमाध्यमको अनुगमन तथा नियमनबारे जिज्ञासा राख्नुभएको थियो ।

सचिव अर्यालले काउन्सिलको उद्देश्य अनुसार दायरा फराकिलो रहेको भन्दै पहिले के काम गर्ने हो त्यो निश्चित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सञ्चारसम्बन्धी कानुनमा के/कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन आग्रह गर्नुहुँदै स्वतन्त्रताभित्र जवाफदेहीता हुनुपर्ने धारणा राख्नुभयो । काउन्सिल र मन्त्रालयबीच उचित समन्वय हुनुपर्ने भन्दै उहाँले काउन्सिलले केकस्तो आधारमा कसरी अनुगमन गरेको छ ? सरोकारवालासँग छलफल हुनुपर्ने बताउनुभयो । उहाँले आवश्यक सहयोग, समन्वय र सहकार्यको लागि मन्त्रालय सधैँ तयार रहेको उल्लेख गर्नुभयो । अनलाइन वर्गिकरण, प्रेस सङ्ग्राहलय निमार्ण तथा कर्मचारी विनियमावलीको विषयमा थप छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाबाट आएका सामग्रीहरु हेर्ने र उजुरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच भए/गरिएका काम–कारबाहीबारे संक्षिप्तमा धारणा राख्नुभयो । उहाँले प्रेस स्वतन्त्रताको संरक्षण, आचारसंहिताको निमार्ण र कार्यान्वयन, पत्रकार तथा कर्मचारीको दक्षता अभिवृद्धि लगायतको काम काउन्सिलले गर्दै आएको बताउनुभयो । उहाँले प्रेस सङ्ग्राहलय निमार्णको काम अगाडि बढेकाले यसलाई प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

काउन्सिलका सदस्य दीपक पाण्डेले काउन्सिल कस्तो बनाउने भन्नेमा विस्तृत छलफल हुनुपर्ने धारणा राख्नुभयो । काउन्सिलका सदस्य–सचिव गोगनबहादुर हमालले काउन्सिल र सूचना तथा प्रसारण विभागबाट प्रदान हुने सेवाबारे जानकारी दिनुहुँदै मिडियाको व्यवसायिकता र विश्वसनियता बढाउनुपर्ने, श्रमजीवी पत्रकारको हितमा थप काम गर्नुपर्ने बताउनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले हालसम्म सूचीकरण भएका अनलाइन, काउन्सिलको काम, कर्तव्य र उद्देश्य लगायत काउन्सिलको समग्र पक्षबारे जानकारी दिनुभयो । उहाँले पत्रपत्रिकारको वर्गीकरण, अनलाइनबाट उजुरी, मिडिया विकास कोषबाट सञ्चारमाध्यम एवं पत्रकारलाई दिइँदै आएको अनुदान, काउन्सिलको गठन, ऐन, नियम तथा मापदण्ड, काउन्सिलको पदाधिकारी नियुक्तिको प्रकृयाबारे पनि जानकारी गराउनुभएको हो ।

सचिव अर्याल र मन्त्रालयका सहसचिव अनिलकुमार दत्त सहितले मिडिया अनुगमनमा प्रयोग भएका मिडिया अभिलेखीकरण प्रविधिको अवलोकन गरी के/कसरी अनुगमन हुने गरेको छ भन्ने चासो राख्नुभएको थियो ।

उहाँको जिज्ञासाबारे उप–प्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो । उहाँले प्रेस काउन्सिलसँग सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको आर्काइभ सिस्टम भएको भन्दै कोही कसैले गलत समाचार सम्प्रेषण गरेर डिलिट गरेपनि काउन्सिलसँग सुरक्षित रहने बताउनुभयो ।कार्यक्रममा बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे सहित काउन्सिलका कर्मचारीहरूको उपस्थिति थियो ।

समाचार तथा फोटोः प्रेस काउन्सिल नेपाल

प्रतिक्रिया :