संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

निषेधाज्ञाको अवधिमा ६५ माध्यममा आचारसंहिता उल्लङ्घन

प्रेस काउन्सिल नेपालले कोरोना महामारीका कारण गरिएको दोस्रो चरणको निषेधाज्ञाको अवधिमा ६५ सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेको जनाएको छ ।

निषेधाज्ञाको समयमा पनि निरन्तर अनुगमन गरिरहेको काउन्सिलले २०७८ वैशाख १६ गतेदेखि जेठ ४ गतेसम्मको अवधिमा ति सञ्चारमाध्यमले आचारसंहिता उल्लङ्घन गरेको पाइएको जनाएको हो ।

निषेधाज्ञा जारी भएको अवस्थामा कर्मचारीहरुले काउन्सिलबाट र केही कर्मचारीले घरबाट अनुगमन गर्ने गरी व्यवस्था मिलाइएको उपप्रशासकीय अधिकृत (सुचना अधिकारी) रामशरण बोहराले जानकारी दिनुभयो ।

प्रेस काउन्सिलका अनुसार आचारसंहिता उल्लंघन गर्नेमा अधिकांश अनलाइन समाचार पोर्टल छन् ।

अनुगमन अवधिमा ‘भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण भएकोले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि पत्राचार भएका’ मिडियाको संख्या ३८ छ । यी काउन्सिलमा दर्ता नभएका अनलाइन हुन् ।

काउन्सिलमा दर्ता नभएका यस्ता अनलाइनहरूलाई नेपालभित्र खोल्नै नमिल्ने बनाउन काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने गरेको छ ।

यस्तै ‘कोरोना संक्रमणका विषयमा वीभत्स दृश्य, अतिरञ्जित सामग्री सम्प्रेषण गरेवापत’ काउन्सिलले ११ मिडियालाई सचेत गराएको छ । यस्ता दुईवटा मिडियालाई उसले ध्यानाकर्षण गराएको छ ।

निधेषाज्ञाको अवधिमा कोरोना संक्रमणभन्दा फरक विषयमा तीनवटा मिडियालाई स्पष्टीकरण सोधिएको छ । दुईवटा मिडियासँग जवाफ माग गरिएको काउन्सिलले जनाएको छ । तर यस अवधिमा प्रक्रिया पूरा गरी दर्ता भएका उजुरीको संख्या भने ९ छ ।

वैशाख २८ गतेसम्म ४१ र वैशाख २९ गते यता २४ वटा आचारसंहिता उल्लङ्घनका घटना अभिलेख गरिएको काउन्सिलले जनाएको छ ।

पत्रकार आचारसंहितासम्बन्धी उजुरी अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरिएको छ ।

यस अवधिमा भएका अनुगमन र कारबाहीसम्बन्धी मुख्य–मुख्य ६५ सञ्चारमाध्यम/वेबपोर्टलमा आचारसंहिता उल्लङ्न भएको विवरणहरु देहायअनुसार रहेका छन् ।

 

प्रतिक्रिया :