संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

अनअफिसियल ट्रान्सलेसनको हवला दिँदै भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने अनलाइनलाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण

२०७८ बैशाख ०३
काठमाडौँ
सम्झना पौडेल

‘अनअफिसियल ट्रान्सलेसन’ को हवला दिँदै तथ्यहीन, पुष्टि नभएका सामग्री सम्प्रेषण गरेको प्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । काउन्सिलद्वारा आज जारी प्रेस विज्ञप्तिमा ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाई ‘रअ र प्रधानमन्त्री के.पी. ओलीबिच भएको सहमति…’ भनी विभिन्न न्यूजपोर्टलहरुबाट अफवाहपूर्ण सामग्री सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराको नामबाट जारी उक्त विज्ञप्तिमा जनमानसमा भ्रम पार्ने, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधिनताविपरीत, सामाजिक सद्भावमा खलल पुग्ने, अन्तर्राष्ट्रिय सम्बन्ध एवं भाइचाराको सम्बन्धमा गम्भीर असर पुग्ने गरी भ्रमपूर्ण सामग्री सम्प्रेषण भएको भन्दै ती सञ्चारमाध्यमलाई २४ घण्टे स्पष्टीकरण माग गरिएको छ ।

ती सञ्चारमाध्यमहरुबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(२), ४(६) र ५(१) उल्लङ्घन भएको ठहर गर्दै काउन्सिलले सूचीकरण नभएका वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको जनाएको छ ।

हेरौँ विज्ञप्तिको पुर्णपाठ

प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

प्रतिक्रिया :