संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

शाही सरकारको दमनविरुद्ध सहिद पत्रकारको योगदान अतुलनीय: का.वा. अध्यक्ष बुढाथोकी

 

सम्झना पौडेल 

सहिद दिवसको अवसरमा आज प्रेस काउन्सिल नेपालले विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका पत्रकार एवं सहिदहरुको सम्मानमा कार्यक्रम गरेको छ ।

जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै सञ्चारग्राम हाताभित्र रहेको सहिद पत्रकारको स्तम्भमा माल्यापर्णसहित सम्मान अर्पण गरिएको हो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले विभिन्न कालखण्डमा देश र जनताको लागि ज्यानको आहुति दिने ज्ञात–अज्ञात सहिदहरूप्रति सम्मान व्यक्त गर्नुभयो । सञ्चारग्राममा रहेको सहिद स्तम्भले सधैँ सहिदप्रति सम्मान भाव प्रकट गर्ने भन्दै उहाँले सहिदले देखाएको बाटोमा अगाडि बढ्ने र सहिदको योगदानलाई कदर गर्ने बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रताको लागि सहिद पत्रकारको योगदान अतुलनीय रहेको भन्दै उहाँले सम्पूर्ण पार्टी भूमिगत हुँदा पनि पत्रकारहरू भूमिगत नभएको, शाही सरकारको दमन विरुद्ध पत्रकारहरू खरो रूपमा प्रस्तुत भएको स्मरण गर्दै आफूहरुको तर्फबाट जनताको हक अधिकारको लागि कटिबद्ध रहने बताउनुभयो ।

पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सहिदको योगदानले नै बोल्ने र लेख्ने अधिकार पाएको भन्दै सहिदहरू सधैँ मन मतिष्कमा रहेको बताउनुभयो । सहिदको भौतिक शरिर नभए पनि उनिहरूको योगदान जिवन्त रहेको भन्दै सञ्चारग्राममा सहिद पत्रकारको सम्मानको लागि स्तम्भ निमार्ण गरिएको बताउनुभयो । उहाँले लोकतान्त्रिक अधिकारको लागि सहिदको योगदान अमूल्य रहेको भन्दै सहिदले देखाएको बाटोमा अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका निर्देशक ईश्वरराज दाहाल, प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डे, काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, पत्रकार महासङ्का केन्द्रीय सचिव रेमबहादुर वि.क., केन्द्रीय सदस्य श्याम भट्ट, जन्मदेव जैसी, पत्रकार रामजी बगाले, नारायण शर्मा, केशवराज अर्याल तथा काउन्सिलका कर्मचारीले सहिद स्तम्भमा माल्यार्पण गरेका थिए ।

आज चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ ।

प्रतिक्रिया :