संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलमा कार्यवाहक अध्यक्ष बुढाथोकीको सय दिन

काठमाडौँ २१ पुस ।

२०७७ साल असोज ९ गते प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्राप्त भएपश्चात् गोपाल बुढाथोकीको १०० दिनको कार्यकाल पुरा भएको छ । ४ दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार बुढाथोकीलाई काउन्सिलको २०७७/६/९ को बोर्ड बैठकबाट कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो । बुढाथोकी २०७५ साउन ९ गते नेपाल सरकार मन्त्रीपरिषद् बैठकबाट काउन्सिल सदस्यमा नियुक्त हुनुभएको थियो । कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले अध्यक्षको जिम्मेवारी सम्हालेको १०० दिनमा काउन्सिलले महत्वपूर्ण कार्यसम्पादन गरेको छ ।

के–के भयो सय दिनमा ?

१. २०७७ असोज १४ गते कार्यवाहक अध्यक्षको १६ बुँदे प्रतिबद्धतापत्र जारी । ‘आजको काम आजै, टाढाको लागि प्राथमिकता’ भन्ने नारासहित प्रेस काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन नयाँ शैली अवलम्बन भएकोे । उपत्यकाबाहिर र टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिइएको । आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम सामाजिक सेवा, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्वका अनुसन्धान तथा खोजमा सङ्लग्न व्यक्ति र संस्थाको लागि उपलब्ध गराउनेलगायत प्रतिबद्धता ।

प्रतिबद्धतापत्रका मुख्य बुँदा

साँघु साप्ताहिक पत्रिकाको सम्पादक पदबाट राजीनामा दिने
पदमा रहुञ्जेल कुनैपनि सञ्चार माध्यमको सम्पादक र राजनीतिक दल तथा सङ्घ–सङ्गठनमा नरहने
मितव्ययी कार्यप्रणालीको अवलम्बन गरिने
अनलाइनको श्रेणीकरणको लागि पहल गरिने
आमसञ्चारका नयाँ–नयाँ माध्यम र प्रविधिको व्यवस्थापनाका लागि नीतिगत पहल गर्ने
पत्रपत्रिका वितरण सम्परीक्षणको काम अघि बढाउन पहल गर्ने

२. २०७७ असोज १६ गते प्रतिबद्धतापत्र अनुसार साँघु साप्ताहिकको सम्पादक पदमा औपचारिकरूपमा नरहेको ।

३. २०७७ असोज १९ गते र २०७७ पुस २० गते पत्रकार कल्याण कोष उपसमितिको बैठक बसी २० जना पत्रकारलाई औषधोपचार सहयोग गर्ने निर्णय ।

४. २०७७ असोज २३ गते प्रेस सङ्ग्रहालयको स्थापनाको लागि सामग्री उपलब्ध गराउने सम्बन्धी सूचना जारी भएको र सामग्री प्राप्तिको कार्य प्रारम्भ भएको ।

५. २०७७ असोज २८ गते कोरोना सङक्रमण अवधिमै काउन्सिलबाट पत्रकार महासङ्घ नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) लाई सञ्चारसामग्री प्रदान ।

६. २०७७ कार्तिक १७ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुभएको । सो समयमा काउन्सिलका कामकारबाही तथा समस्या र चुनौतीबारे छलफल भई समाधानको पहल भएको ।

७. २०७७ कार्तिक २३ गते हत्या, अपहरणजस्ता सार्वजनिक अपराधसँग जोडिएका विषयमा अनुसन्धान नै प्रभावित पार्ने गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न अपिल जारी ।

८. २०७७ मङ्सिर १५ गते लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काउन्सिलका महिला कर्मचारीसँग छलफल गरी महिलामैत्री कार्यालय निर्माण गर्ने तथा महिला हिंसासम्बन्धी उजुरी सुन्न फोकल पर्सन तोक्नेसहित विभिन्न निर्णय गरिएको ।

९. २०७७ मङ्सिर २६ गते मिडिया विकास कोषबाट उपलब्ध हुने सोधपत्र लेखन र इन्टरनेट सुविधाको लागि आवेदन माग । यस्तै २०७७ मङ्सिर २८ गते लेखनवृत्तिका लागि सूचना आव्हान गरिएकोमा आवेदन दिनेमध्ये प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई लेखनवृत्ति प्रदान ।

१०. २०७७ पुष ३ गते प्रेस काउन्सिल नेपाल र नेपालका लागि पाकिस्तान दूतावासका प्रतिनिधिबीच सौहार्दपूर्ण भेटवार्ता । यस्तै २०७७ पुस १४ गते प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र भारतीय दूतावासका प्रेस हेर्ने प्रथम सचिव नविन कुमारबीच नेपाल र भारतबीचको पत्रकारिता सम्बन्धी छलफल ।

११. नेपाली र अङ्ग्रजी भाषामा प्रकाशन हुँदै आएको पत्रकार आचारसंहितालाई थप दुई भाषा (मैथिली र नेपालभाषा)मा अनुवाद गरी प्रकाशन गरिएको ।

१२. भाषागत एकरूपताको लागि काउन्सिलको इतिहासमै पहिलोपटक शैलीपुस्तिका तयार गरी प्रकाशन गरिएको छ । यही अवधिमा नेपालीय मैथिली छापापत्रकारिताको इतिहास नामक अनुसन्धनात्मक पुस्तक प्रकाशन गरिएको छ ।

पत्रकार आचारसंहिता र मिडियामा कोभिड–१९ को प्रभावबारे जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम देहायका जिल्लामा सम्पन्न भएको छ ः–

२०७७ असोज २१ गते गोरखा
२०७७ कार्तिक २१ गते चितवन
२०७७ कार्तिक २२ गते नवलपरासी र रुपन्देही
२०७७ कार्तिक २६ गते महोत्तरी
२०७७ कार्तिक २७ गते सर्लाहीको हरिवन र मलङ्गवा
२०७७ कार्तिक २७ गते रौतहटको चपुर
२०७७ मङ्सिर २१ गते पर्साको विरगञ्ज र बाराको सिमरा
२०७७ मङ्सिर २२ मकवानपुरको हेटौँडा
२०७७ मङ्सिर २८ गते दोलखा
२०७७ मङ्सिर २९ गते रामेछाप
२०७७ पुस १ गते सिन्धुली
२०७७ पुस १३ गते धादिङ
२०७७ पुस १३ अर्घाखाँची
२०७७ पुस १४ गते कपिलवस्तु

प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम कहाँ– कहाँ ?

२०७७ पुस १४ गते लुम्बिनी प्रदेशस्तरीय कार्यक्रम अर्घाखाँचीको भालुवाङ

अन्य प्रगति

प्रेस काउन्सिलको खर्च वेबसाइटमार्फत् सार्वजनिक गर्ने गरिएको ।
वेबसाइट परिमार्जन गरी सहज बनाइएको ।
मिडिया विकास कोषको नीति परिमार्जन गरी सरल, सहज बनाउनुका साथै महामारी वा विपद्मा खटिने पत्रकारलाई सहयोग गर्न सक्ने बनाइएको र त्यसको कार्यान्वयन गरिएको ।
जिल्लास्तर जागरण कार्यक्रम दार्चुला, बैतडी र डडेल्धुरा साथै डडेल्धुरामा सुदूरपश्चिमस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षण/प्रशिक्षक यही पुस अन्तिम साता गर्ने गरी तय भएको ।
संहिता ४७ औँ अङ्क साथै काउन्सिलका गतिविधि समेटी प्रकाशन हुने बुलेटिन प्रकाशनको अन्तिम तयारी भएको ।
साहित्यिक पत्रकारिताबारे काउन्सिलको अभियान नामक पुस्तक प्रकाशनको अन्तिम तयारी भएको ।
काउन्सिलमा दर्ता भएका आचारसंहितासम्बन्धी उजुरीहरूको तत्कालै कारबाही प्रकृया अघि बढाइएको छ । कतिपय मुद्धाहरू फछ्र्यौट भइसकेका छन् ।

प्रतिक्रिया :