संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

लेखनवृत्तिको नतिजा सार्वजनिक

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले २०७७ मङ्सिर २८ गते माग गरेको लेखनवृति आवेदनको नतिजा सार्वजनिक भएको छ । मिडिया विकास कोषको २०७७ पुष २० गते बसेको बैठकले अन्तिम नतिजा सार्वजनिक गरेको हो । निर्धारित समयावधिमा परेका आवेदनमध्येबाट २१ जना आवेदकले प्रतिव्यक्ति १५ हजार राशिको लेखनवृत्ति प्राप्त गर्ने भएका हुन् ।

प्रत्येक प्रदेशबाट तीन जनाको दरमा २१ जना आवेदक छानिएको मिडिया विकास कोषका सदस्य–सचिव झबिन्द्र भुसालले जानकारी दिनुभयो । काउन्सिलले २०७६ चैतदेखी २०७७ मङ्सिरसम्म प्रकाशित/प्रसारित कोभिड–१९ सम्बन्धी ५ वटा चेतना र शिक्षामुलक लेख तथा समाचार सामाग्री माग गरेको थियो । तोकिएको मापदण्डमा रहेर आवेदन दिएकाहरूलाई उनीहरूका सामग्रीको मुल्याङ्कन गरी नाम छनोट गरिएको उहाँले बताउनुभयो ।

लेखनवृत्तिका लागि छनौट भएका पत्रकारहरू ः
प्रदेश – एक

१. भागिरथ भण्डारी – इलाम
२. मिकाइल आलम – सुनसरी
३. शिवप्रसाद ढुङ्गाना – ओखलढुङ्गा

प्रदेश – दुई

१. सुनिता बराल (हेमकुमारी)– महोत्तरी
२. मनिका झा – धनुषा
३. राकेश चौधरी – महोत्तरी

प्रदेश – बाग्मती

१. उषा तामाङ – दोलखा
२. अनु आचार्य – रसुवा
३. निरमाया गुरुङ (डोल्मा मम्बा) – धादिङ

प्रदेश – गण्डकी

१. दीपक परियार – कास्की
२. रोसन तिवारी – पर्वत
३. पिताम्बरी पराजुली (पवित्रा) – नवलपरासी (ब.सुपू)

प्रदेश – लुम्बिनी

१. कल्पना भट्टराई – नवलपरासी (ब.सुप)
२. रेनुका गिरी – रुपन्देही
३. सपना बोहरा – दाङ

प्रदेश – कर्णाली

१. मेगराज खड्का – रुकुमपश्चिम
२. नरजङग तामाङ – हुम्ला
३. हिक्मत बहादुर नेपाली – दैलेख

प्रदेश – सुदुरपश्चिम

१. सत्यराज बहादुर सिंह – बझाङ
२. मोहन विष्ट – कन्चनपुर
३. दुर्गा देवकोटा – कैलाली

 

 

प्रतिक्रिया :