संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सोधपत्र लेखन र इन्टरनेट सुविधाको लागि आवेदन दिन काउन्सिलको आह्वान

मङ्सिर २६,०७७
काठमाडौँ
सम्झना पौडेल

प्रेस काउन्सिल नेपालले सोधपत्र लेखन र इन्टरनेट सुविधाको लागि आवेदन दिने सम्बन्धीसूचना प्रकासन गरेको छ । गोरखापत्रमा जारी सूचनामा काउन्सिल अन्तर्गत मिडिया विकास कोषले पत्रकारिता विषय लिई स्नाकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई पत्रकारिताको कुनै विषयमा सोधपत्र लेखनको लागि २५ हजारको दरले छात्रवृति दिने उल्लेख छ । सूचना प्रकासन भएको मितिले ३० दिनभित्र इच्छुकले आवेदन दिन सकिने व्यवस्था रहेको छ । यस्तै मिडिया विकास कोषबाट नै अति दुर्गम क्षेत्र एवं दलित महिला, अल्पसङ्ख्यक समुदायको साथै अपाङ्गता भई पत्रकारिता गरिरहेका र न्यून आय आए भएकालाई इन्टरनेट जडान गर्दा अधिकतम २० हजारसम्म अनुदान दिन सकिने नीति स्वीकृत भएकाले आवश्यक प्रक्रिया पुरागरी ३० दिनभित्र इन्टरनेटको बिल र कागजात सहित नेपाल पत्रकार महासंघको सिफारिससहित उक्त सूचना अनुसार योग्य पत्रकारले मिति २०७७ पुस २६ भित्र आवेदन पेश गरिसक्नु पर्ने जारी सूचना उल्लेख गरिएको छ ।

प्रतिक्रिया :