संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहिता र मिडियामा कोभिड – १९ को प्रभावबारे सर्लाहीमा जागरण कार्यक्रम

विशाल पौडेल

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको संयोजनमा पत्रकार आचारसंहिता र कोभिड – १९ ले मिडियामा पारेको प्रभावबारे अन्तरक्रिया कार्यक्रम सर्लाहीको हरीवन र मलङ्गवामा सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालका सदस्य नवलकिशोर यादवको सभापतित्व रहेको कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य नवलकिशोर यादवले समाचारको गोप्य स्रोत खोल्न नहुने तथा पीडितलाई थप पीडा पुग्ने गरी सूचना सम्प्रेषण गर्न नहुनेतर्फ पत्रकारलाई सजग गराउनुभयो । हिंसा, आतङ्क र अपराधलाई प्रोत्साहन गर्न नहुने, बीभत्स दृश्य र तस्वीर प्रकाशन÷प्रसारण गर्दा पत्रकारले सोच्नुपर्ने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता र अन्तराष्ट्रिय अभ्यासको बारेमा जानकारी दिनुभयो । पत्रकारमा अध्ययन प्रवृत्ति हराउँदा पत्रकारितामा नै असर परेको उहाँको धारणा थियो । पत्रकारलाई परेको समस्या समाधानका लागि काउन्सिलले सधैँ अभिभावकीय भूमिका निभाउँदै आएको भन्दै उहाँले कोभिडका कारण प्रभावित पत्रकार मिडियालाई सहयोग गर्न सम्बन्धित मन्त्रालय र सरकारसँग काउन्सिलले पटक–पटक आग्रह गर्दै आएको उल्लेख गर्नुभयो । काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्दा पनि मर्यादित हुन र स्रोत खुलाउन आग्रह गर्नुभयो । आचार संहितालाइ पालना गरी समाचार सम्प्रेषण गर्ने पत्रकारलाइ सरकारबाट प्राप्त सहयोग प्रदान गरिने साथै मापदण्डभन्दा बाहिर गई आचारसंहिता उल्लङ्घन गर्ने जोकोही पनि दण्डसजायको भागीदार हुने कुरा प्रष्ट्याउनु भयो । पत्रकारिता क्षेत्रमा सहजीकरण ल्याउन अनलाइन सेवा लगायत हटलाइनको पनि व्यवस्था भएको जानकारी गराउनु भयो ।

नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव श्रवण थापाले कोरोना माहामारीमा पत्रकारलाई जबर्जस्ती कामबाट हटाउने प्रवृति बढ्दै गएकाले यस्तो कार्य रोक्न सक्नुपर्ने बताउनुभयो । उहाँले बिषम परिस्थितिका बाबजुत पनि काउन्सिलले आफूहरूको गुनासो सुनिदिएकोमा आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्ति रिजाल(नेपाल पत्रकार महासंघ सदस्य, पे्रस संगठन प्रदेश नं. २), सन्जु कर्ण (रेडियो सर्लाही), टंक क्षेत्री (उज्यालो अभियान दैनिक र अनलाइन), घनश्याम बलैपाकी (थाहा खबर), ओमप्रकाश ठाकुर (कान्तिपुर संवाददाता), अच्युतम सापकोटा (उज्यालो अभियान दैनिक), शंखर पहाडी (गौरव) राष्ट्रिय समाचार समिति, डुकुप्रसाद कोइराला (सर्लाही दैनिक पत्रिका) , प्रकाश मैनाली (रेडियो एकता) , कुष्ण थपलिया (नेपाल पत्रकार महासंघ प्रदेश पार्शद र समाचार दाता न्युज २४ ), नवराज अधिकारी (उज्यालो अभियान दैनिक) , अभिषेक नगरकोटी (ढुकढुकी एफ. एम) आदिका पत्रकारहरुले आ–आफ्नो धारणा राखेका थिए ।

यस्तै मलङ्गवामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरले कोरोनाको महामारीसँगै पत्रकारको जागिर गुम्ने जोखिम, बेतलवी बस्नुपर्ने बाध्यता, असुरक्षा लगायतका कारण पेशागत अधिकार कुण्ठित भएको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमित पत्रकारलाई राहत दिनुपर्ने साथै सबै पत्रकारलाई समेट्न सक्नेगरी बृहत कार्यक्रम गर्न जोड दिनुभयो ।

कार्यक्रममा बखतियार अलि (राष्ट्रिय लोकतन्त्र दैनिक, प्रकाशक र सम्पादक), राधेश्याम कुशवाहा (निगरानी टुडे, समाचार संयोजक), सत्यप्रकाश यादव(सिटिजन पोष्ट अनलाइन खबर, समाचार प्रमुख), सुनिल ठाकुर(अन्नपुर्ण पोष्ट सर्लाही संवाददाता), बन्दना झा (सर्लाही अपडेट दैनिक,सम्पादक), रामगोविन्द यादव(ने.प.म. सर्लाही शाखा ,कोषाध्यक्ष), रामबाबु खड्का(उज्यालो रेडियो नेटवर्क), मनोज यादव(स्वर्णिम एफ.एम,स्वर्णिम खबर) लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया :