संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहिता तथा कोभिड – १९ ले मिडियामा परेको प्रभावबारे रौतहटमा अन्तरक्रिया

विशाल पौडेल ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको संयोजनमा पत्रकार आचारसंहिता र कोभिड – १९ ले मिडियामा पारेको प्रभावबारे अन्तरक्रिया कार्यक्रम रौतहटको चपुरमा सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले सहजिकरण गर्नुभएको कार्यक्रमको अध्यक्षता पत्रकार महासङ्घ रौतहट शाखाका उपाध्यक्ष उत्तम कुमार उपाध्यायले गर्नुभएको थियो । उक्त कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत्त पत्रकारहरुले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गर्दा कुनै व्यक्ति वा संस्थालाई क्षति पुग्न नहुने बताउँदै पत्रकार जिम्मेवार बन्नुपर्ने सुझाव दिनुभयो । उहाँले सञ्चारमाध्यम मान्छेको जीवनपद्धती भएकोले स्वतन्त्रता र मर्यादित दुवै विषयलाई सन्तुलित दृष्टिकोणबाट अघि बढाइनुपर्नेमा जोड दिँदै पत्रकारिता विकास र सुशासनको खम्बा बन्न सक्नुपर्ने उल्लेख गर्नुभयो । स्वस्थ पत्रकारिताको विकासका निम्ति सञ्चारमाध्यम र पत्रकारलाई आफैँ जिम्मेवार बन्नुपर्ने उहाँको भनाई थियो । पत्रकार आचारसंहिता, यसको अनुगमन, कारबाही, वर्गीकरण साथै काउन्सिलबाट उपलब्ध सेवा सुविधाबारे जानकारी दिँदै पत्रकारबाट उठेका जिज्ञासाबारे प्रष्ट पार्नुभएको थियो ।

यस्तै नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका वर्तमान कार्यवाहक अध्यक्ष उत्तम कुमार उपाध्यायले सकारात्मक थुप्रै विषय भएपनि केहि अनलाइनहरुले गैरजिम्मेवार गतिविधि बढाएकाले यसलाई सुधार गर्नुपर्ने पक्षमा आफू रहेको उल्लेख गर्नुभयो । उहाँले जिम्मेवार, उत्तरदायी र मर्यादित पत्रकारिता गर्नु नै पत्रकारिताको धर्म भएको बताउनुभयो । सचिव गौतम श्रेष्ठले कोभिड १९ र यसबाट सिर्जित वातावरणका कारण पत्रकार साथिहरु त्रसित रहेको यस्तो अवस्थामा काउन्सिलको भूमिका महत्वपूर्ण हुने विचार ब्यक्त गर्नुभयो । उहाँले पत्रकारहरुको बीमाको ब्यवस्था गरिएको तर त्यो पर्याप्त नभएको भन्दै हाल रौतहटमा पत्रकारलाई अरु भन्दा पनि आफ्नो स्वास्थ्यको चिन्ता रहेको बताउनुभयो । कार्यक्रममा फणि महत(रेडियो सुप्रिम), सागर हुमागाई( एपिवान टि.भि.), शिव पुरी (कान्तिपुर राष्ट्रिय दैनिक), सन्तोष काफ्ले( प्राइम टेलिभिजन), संजय कार्की ( गुञ्जन एफ.एम), कृष्ण तिवारी(गोरखापत्र दैनिक), बालबिक्रम कार्की(न्युज २४) आदि पत्रकारहरूले पत्रकारिताको भाषा लगायतका अन्य बिषयमा जिज्ञासा राखेका थिए । सहभागीहरूका जिज्ञासाको जवाफ प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले दिनुभएको थियो । पत्रकारका पीडा, दुःख, सङ्घर्षमा मलपट्टी लगाउनेगरी राहत, क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउनुपर्ने धारणा पत्रकारहरुको थियो । कोभिड संक्रमणले सामाजिक विभेद खेप्नुपरेको पनि बताएका थिए । अनलाइनलाई लोककल्याणकारी विज्ञापन उपलब्ध हुन नसकेको, कोभिडले अर्थतन्त्र ठप्प हुँदा थप समस्या बढेको हुँदा ऋण, अनुदान, क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुपर्ने, पुरस्कार र पत्रपत्रिका वर्गीकरणमा प्राथमिकता नदिएको भन्दै समस्या समाधानको लागि पहल गर्न आग्रह गरेका थिए ।

 

प्रतिक्रिया :