संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार कल्याण कोष उपसमितिबाट औषधिउपचार सहयोगको निर्णय

काठमाडौँ, असोज १९

प्रेस काउन्सिल नेपालअन्तर्गत पत्रकार कल्याण कोष उपसमितिको बैठक सम्पन्न भएको छ । काउन्सिल सचिवालय सञ्चारग्राममा कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा आज बसेको बैठकमा औषधीउपचार सहयोग सम्बन्धमा प्राप्त निवेदनअनुसार छलफल भई निर्णय भएको छ ।

बैठकको निर्णयानुसार औषधीउपचार सुविधावापतको रकम घनश्याम आचार्य (काठमाडौँ), महेशप्रसाद अवस्थी (बैतडी), किरणमान बज्राचार्य (कपिलवस्तु), वनराशी बर्मा (कपिलवस्तु), शर्सिला विश्वकर्मा (काठमाडौँ), हरिबहादुर लम्जेल (धनकुटा), अजयसन्तोषी राई (धनकुटा), धुब्र बिसी (अछाम), दिपेन्द्र शर्मा (सुर्खेत), प्रतीक्षा शर्मा (ललितपुर), जीवनकुमार पराजुली (काठमाडौँ), लालप्रभात चलाउने (पूर्वसचिव, नेपाल पत्रकार महासंघ) अम्रेन्द्रकुमार यादव (काठमाडौँ)लाई प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकमा उपसमिति सदस्य राजेश मिश्र, सदस्य डा. लोचन कार्की, सदस्य झबिन्द्र भुसाल, सचिव राधेश्याम अधिकारीको उपस्थिति थियो ।

सि.नं. नाम ठाउँ रोग रकम
घनश्याम आचार्य काठमाडौँ टाउकोमा ट्युमर २००००/–
महेशप्रसाद अवस्थी बैतडी कलेजोमा समस्या २८०००/–
किरणमान बज्राचार्य कपिलवस्तु हात भाच्चिएको १२०००/–
वनराशी बर्मा कपिलवस्तु मिर्गौला १५०००/–
शर्मिला विश्वकर्मा काठमाडौँ मोटरसाइकल दुर्घटना १५०००/–
६. हरिबहादुर लम्जेल धनकुटा मोटरसाइकल दुर्घटना १८०००/–
७. अजयसन्तोषी राई धनकुटा मिर्गौला १३०००/–
८. धुब्र बिसी अछाम मिर्गौला ३००००/–
९. दीपेन्द्र शर्मा सुर्खेत पेटसम्बन्धी १३०००/–
१०. प्रतीक्षा शर्मा ललितपुर मृगौला ३००००/–
११. जीवनकुमार पराजुली काठमाडौँ  मोटरसाइकल दुर्घटना ९०००/–
१२. लालप्रभात चलाउने पूर्व सचिव, ने.प.महासंघ मोटरसाइकल दुर्घटना १८०००/–
१३. अम्रेन्द्रकुमार यादव काठमाडौँ आगलागी १६०००/–
      जम्मा : २३७०००/–

रिपोर्ट: सम्झना पौडेल

प्रतिक्रिया :