संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलको ४९ औं वार्षिकोत्सव सम्पन्न

प्रेस काउन्सिलले ४९ औँ वार्षिकोत्सव समारोहको २०७५ असोज ६ राष्ट्रपतिको कार्यलयमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ । सो कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान गर्नुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो ।कार्यक्रममा सम्मानीत तथा पुरस्कृत हुनेको विवरण निम्नानुसार रहेको छ ।

  

(क)पुरस्कार तथा सम्मान

सि.नं. पुरस्कार रकम रु व्यक्ति/संस्था
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार रु.१०५ हजार युवराज घिमिरे , काठमाडौँ
सि.नं. पुरस्कार रकम रु व्यक्ति/संस्था
प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार १०५ हजार राजबहादुर गुरुङ, कास्की
प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रु.५० हजार हाम्रो रेडियो, दोलखा
प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार रु.३० हजार बृजकुमार यादव, धनुषा
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार रु.२० हजार कल्पतरु साहित्यिक पत्रिका (प्रकाशक/सम्पादक नवराज पुडासैनी), काठमाडौँ
प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार रु.२० हजार डा.अमर गिरी, दाङ
प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार रु.२० हजार गुगुल्डी मासिक (डोट्याली भाषाको पत्रिका, सम्पादक÷प्रकाशक वीरबहादुर चन्द), कञ्चनपुर
प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार    रु.२० हजार कृष्णमाया उपाध्याय, जुम्ला
    रु.२० हजार नानीमैँया विष्ट, मकवानपुर
प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता रु.२० हजार पुण्य पौडेल, कास्की
प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार रु.२० हजार सुरेशकुमार यादव, सिराहा
    रु.२० हजार गोपाल परियार, नवलपरासी
    रु.२० हजार रिता मोक्तान, सुनसरी
१० प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार रु.२० हजार चन्द्र बानियाँ, काठमाडौं
    रु.२० हजार उज्जल पहाडी, काठमाडौँ
    रु.२० हजार सागर पण्डित, तनहुँ
  ११ प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार रु.२० हजार मिमबहादुर रावल, कालिकोट
१२ प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार रु.२० हजार अविन श्रेष्ठ (कार्टुनतर्फ), काठमाडौँ
    रु.२० हजार पदमसागर कक्षपति (फोटोग्राफीतर्फ), काठमाडौँ

  पत्रकारिता क्षेत्रमा योगदान दिएवापत सम्मानित हुने व्यक्तित्व

केदारमान सिंह,काठमाडौं ।
मुक्तिनाथ खनाल, तनहुँ ।
३  हरिकला अधिकारी,काठमाडौं ।
रमेशकाजी स्थापित, काठमाडौं ।

 

कर्मचारी पुरस्कार

सि.नं. पुरस्कार रकम रु

व्यक्ति/संस्था

 

वर्ष कर्मचारी पुरस्कार रु.२० हजार सहप्रशासकीय अधिकृत दीपक खनाल
कर्मचारी प्रोत्साहन पुरस्कार रु. १० हजार अनुगमनकर्ता  विनय बजगार्इँ
वर्ष कर्मचारी पुरस्कार रु. १५ हजार कार्यालय सहयोगी रमा द्यौला
प्रशंसापत्र

रु. ५ हजार

 

सवारी चालक सुमन महत

२० वर्ष सेवा गरेवापत दीर्घसेवा पदक

सि.नं. पुरस्कार व्यक्ति/संस्था
२० वर्ष सेवा गरेवापत दीर्घसेवा पदक उपप्रशासकीय अधिकृत रामशरण बोहरा

 

प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार

१. अविन श्रेष्ठ, काठमाडौं
कार्टुन विधामा पकड जमाउँदै आउनुभएका पत्रकार अविन श्रेष्ठको जन्म सन् १९७२ मा काठमाडौंमा भएको हो । फाइन आर्ट विषयमा स्नातक हासिल गर्नुभएका अविन कान्तिपुर दैनिकको सिनियर सब एडिटर पदमा कार्यरत हुनुहुन्छ । विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकामा कार्टुनिष्टको रुपमा कार्यानुभव संगाल्नुभएका अबिनले डिजाइन गर्नुभएका (व्यङ्गचित्र) कार्टुनहरु थुप्रै पाठ्यसामग्री, पुस्तकमा प्रकाशित हुँदै आएका छन् । नेपाल पत्रकार महासंघ, नेपाल कला समाज, कार्टुनिष्ट क्लब अफ नेपाललगायतका संस्थामा आवद्ध कार्टुनिष्ट अविनले अमेरिका, भारतलगायत देशको भ्रमण गर्नुभएको छ ।
कार्टुन विधाबाट पत्रकारितामा उल्लेख्य योगदान पु¥याएबापत प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हार्दिक—हार्दिक बधाई छ ।

२. पदमसागर कक्षपति, काठमाडौं
फोटो पत्रकार पदम्सागर कक्षपतिको जन्म २०१९ साल चैत ११ गते काठमाडौंको छाउनीमा भएको हो । राजनीतिशास्त्रमा स्नातकोत्तर कक्षपतिले कैद गर्नुभएका तस्विरहरु नेपालका ब्रोडसिट माध्यम गोरखापत्र, दि राइजिङ् नेपाल, नेपाल समाचारपत्र, अन्नपूर्ण, राजधानीलगायत साप्ताहिक पत्रपत्रिकामा प्रकाशित हुँदै आएको छ । राजप्रसाद सेवाअन्तर्गत दरवारमा प्रशासनतर्फ डेढ दशक सेवा गरेका कक्षपतिको अध्ययनको लागि राजा वीरेन्द्रले शैक्षिक बृत्ति प्रदान गर्नुभएको थियो । नेपाली फोटो पत्रकारितामा कक्षपतिले खेलेको भूमिकाको कदर गर्दै यस बर्ष फोटोग्राफी विधातर्फको प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हार्दिक—हार्दिक बधाई छ ।

प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार

३. मिमबहादुर रावल (रमेश रावल), कालिकोट
पत्रकार रमेश रावलको जन्म २०३९ साल वैशाख २३ गते कालिकोटको नरहरिनाथ गाउँपालिकामा भएको हो । स्नातक तहसम्मको अध्ययन गर्नुभएका रावलले २०५९ सालदेखि जनादेश साप्ताहिकबाट पत्रकारिता थाल्नुभएको हो । नेपाल टेलिभिजन, नयाँपत्रिका, कारोवार दैनिकमा कार्यरत रावलसंग मध्यान्ह दैनिक, रातोपाटी अनलाइन, सेम आवाज दैनिकमा काम गरेको कार्यानुभव छ ।
यस बर्षको प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यहाँलाई हार्दिक बधाई छ ।

प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार

४. सागर पण्डित, तनहुँ
पत्रकार सागर पण्डितको जन्म २०३६ असार २२ गते तनहुँको ब्यास नगरपालिकामा भएको हो । राजनीतिशास्त्रमा स्नातकोत्तर सागर अन्नपूर्ण पोष्ट दैनिकको बरिष्ठ सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ । डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील उहाँले दाङ्बाट प्रकाशित हुने राप्ती समाचार साप्ताहिकको सम्पादक रही काम गर्नुभएको थियो । कम्प्युटर सफ्टवेयरमा विशेष दखल राख्ने सागरले सामाजिक समस्या, गरिवी बिटमा कलम चलाउँदै आउनुभएको छ ।
खोज पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत यस बर्षको प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यहाँलाई हार्दिक बधाई छ ।

५. उज्जल पहाडी, काठमाडौं
पत्रकार उज्जल पहाडीको जन्म २०३७ भदौ १२ गते सिन्धुलीको खाङ्साङ्मा भएको हो । पत्रकारितामा स्नातक उपाधी हासिल गर्नुभएका पहाडीले २०५८ सालमा प्रभातकालीन दैनिकबाट पत्रकारिता शुरु गर्नुभएको हो । बुधबार साप्ताहिकको सम्पादक रहनुभएका पहाडीले नयाँपत्रिका दैनिक, सूर्योदय साप्ताहिक, संबोधन साप्ताहिक, एक्काइसौं शताव्दी साप्ताहिकमा समेत काम गरिसक्नुभएको छ ।
पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत यस बर्षको प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
यहाँलाई हार्दिक बधाई छ ।

६. चन्द्र बानियाँ, काठमाडौं
पत्रकार चन्द्र बानियाँको जन्म २०२९ साल जेठ २५ गते काठमाडौंको कीर्तिपुरमा भएको हो । २४ बर्षदेखि रेडियो नेपालको समाचार शाखामा बरिष्ठ समाचारदाता पदमा कार्यरत हुनुहुन्छ । रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौंबाट मानविकी संकायमा स्नातक बानियाँ रेडियो कार्यक्रम उत्पादनमा विशेष दखल राख्नुहुन्छ । लोकप्रिय रेडियो कार्यक्रम जनसरोकारमा सामाजिक तथा राजनीतिक विषयमा एक दशकदेखि लाइभ कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । चीन, पाकिस्तान, भुटानलगायतका देशको भ्रमण गर्नुभएका बानियाँले शैक्षिक पत्रकारिता पुरस्कारलगायत दर्जनको संख्यामा पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ ।
शिक्षा, स्वास्थ्य र मानवअधिकारको बिटमा केन्द्रित पत्रकारिता गर्दै आउनुभएका बानियाँ पत्रकार महासंघ रेडियो नेपाल शाखाको अध्यक्ष हुनुहुन्छ । नेपाल पत्रकार महासंघ तथा शिक्षा पत्रकार समूहमा आवद्ध उहाँलाई पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै यस बर्षको प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार

७. रिता मोक्तान (तामाङ), सुनसरी
पत्रकार रिता मोक्तान (तामाङ्)को जन्म २०४५ साल माघ ४ गते सुनसरीको धरानमा भएको हो । गणतन्त्र एफएममा १२ वर्षदेखि कार्यरत रिताले स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । यसका साथै रेडियो नेपाल, सामुदायिक रेडियो नेटवर्कलगायतका सञ्चारमाध्यममा अनुभव बटुल्नुभएको छ । एक दशकभन्दा बढी रेडियो पत्रकारिताको माध्यमबाट पु¥याउनुभएको योगदानको कदरस्वरुप यस बर्षको प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । हार्दिक बधाई छ ।

८. गोपाल परियार (जीपी गोर्खाली), नवलपरासी
पत्रकार गोपाल परियारको जन्म २०१३ साल असार १५ गते गोरखाको गोरखकाली गाविसमा भएको हो । हाल गैंडाकोट नवलपरासीमा बस्दै पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । जनउत्थान मासिकका प्रवन्ध सम्पादक गोर्खालीले जनजागृति साप्ताहिकबाट २०३६ सालदेखि पत्रकारिताको थालनी गर्नुभएको हो । नेपाल पत्रकार महासंघ, साप्ताहिक–पाक्षिक राष्ट्रिय सञ्जाललगायतका संस्थामा आवद्ध गोर्खाली शाहीकाल तथा पञ्चायती व्यवस्थामा राज्यको निगरानीका कारण केही समय भूमिगत हुनुभयो । उहाँ सुगर, थाइराइड, मृगौलासम्वन्धी समस्याबाट पीडित हुनुहुन्छ । २०६२ सालदेखि निरन्तर प्रकाशित जनउत्थानका प्रवन्ध सम्पादक गोर्खालीलाई यस बर्षको प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हार्दिक बधाई छ ।

९. सुरेश यादव, सिरहा
पत्रकार सुरेश यादवको जन्म सन् १९७७ अगस्त ३१ मा औरही–५ सिरहामा भएको हो । राजनीतिकशास्त्रमा स्नातकोत्तर यादव गोरखापत्र दैनिकको सह–सम्पादक हुनुहुन्छ । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, मधेशी पत्रकार संघलगायत संस्थामा आवद्ध हुनुहुन्छ । राजनीति तथा मधेश बिटमा रहेर पत्रकारितामा महत्वपूर्ण योगदान दिनुभएकोले यादवलाई यस बर्षको प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हार्दिक बधाई छ ।

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार

१०. पुण्यप्रसाद पौडेल, कास्की
पत्रकार पुण्यप्रसाद पौडेलको जन्म २०२७ साल चैत ५ गते कास्कीको माछापुच्छ«े गाउँपालिकामा भएको हो । पोखरापत्र दैनिकको प्रधान सम्पादक पौडेलले दृष्टि साप्ताहिकमा २०४६ सालदेखि काम गर्न थाल्नुभएको हो । जनआस्था, छलफल, बुधबारलगायत साप्ताहिकका साथै रेडियो नेपाल, हिमचुली एफएममा समेत कार्यानुभव रहेको छ । सृजनशील पत्रकारिता पुरस्कार, पोखरा पत्रकारिता पुरस्कार, दयाशंकर स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित पौडेल नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालमा आवद्ध हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेकोले उहाँलाई यस बर्षको प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार

११. कृष्णमायाँ उपाध्याय, जुम्ला
कृष्णमाया उपाध्यायको जन्म जुम्ला जिल्लाको तिलामा भएको हो । स्नातक तहसम्मको अध्ययन गर्नुभएकी कृष्णमायाँले रेडियो कर्णाली एफएमबाट समाचारबाचक तथा कार्यक्रम प्रस्तोताको रुपमा २०६७ सालदेखि पत्रकारिता थालनी गर्नुभएको हो । २०७२ सालदेखि बिबिसी नेपाली सेवामा समाचारदाताको रुपमा कार्यरत कृष्णमायाँले रेडियो नारी आवाजमार्फत कर्णालीका नागरिकलाई जातीय, लैङ्गिक विभेद, सामाजिक समस्या, मानवअधिकारका विषयमा सूचना सम्प्रेषण गरी महत्वपूर्ण योगदान पु¥याएकोले उहाँलाई यस बर्षको प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । छनोट हुनुभएकोमा हार्दिक बधाई छ ।

१२. नानीमैयाँ बिष्ट, मकवानपुर
पत्रकार नानीमैयाँ बिष्टको जन्म २०४० साल साउन १३ गते मकवानपुरको गोगनेमा भएको हो । प्रयास साप्ताहिकबाट २०६० सालदेखि पत्रकारिता थालनी गर्नुभएकी बिष्टले स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ । नेपाल पत्रकार महासंघमा आवद्ध उहाँले चिनारी सन्देश साप्ताहिक र रेडियो नेपालमा समेत कार्य अनुभव संगाल्नुभएको छ । इ–हेटौंटा अनलाइन डटकमको सम्पादक तथा प्रयास साप्ताहिकको
सह–सम्पादक बिष्टलाई पत्रकारिता क्षेत्रमार्फत महिला, मानवअधिकारका विषयमा कलम चलाएबापत यस बर्षको प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रेस काउन्सिल स्तम्भलेखन पत्रकारिता पुरस्कार

१३. डा. अमर गिरी, दाङ
डा. अमर गिरीको जन्म २०२७ साल भदौ २७ गते दाङ जिल्लाको रामपुरमा भएको हो । नेपाली साहित्यमा विद्यावारिधी गर्नुभएका उहाँ चार दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । डा. गिरीले अन्तध्र्वनी, कलम, कविता, भृकुटी नामक साहित्यिक पत्रपत्रिकाको सम्पादन गर्दै आउनुभएको छ । गाउँघर साप्ताहिकको सम्पादकसमेत रहनुभएका डा. गिरी नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य, चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष, राप्ती साहित्य परिषद्को अध्यक्ष, प्रगतिशील लेखक संघको महासचिव रहि सक्नुभएको छ । बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, हङकङ, मलेशियालगायत देशको भ्रमण गरी महत्वपूर्ण अनुभव हासिल गर्नुभएका डा. गिरीले ८ वटा कविता संग्रह, समालोचना पुस्तकहरु प्रकाशन गर्नुभएको छ । गोपालप्रसाद रिमाल पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, लोकेन्द्र साहित्य पुरस्कार, कृष्णमणि साहित्य पुरस्कारबाट पुरस्कृत हुनुभएका डा. गिरीलाई यस बर्षको प्रेस काउन्सिल स्तम्भलेखन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार

१४. वीरबहादुर चन्र्द बिश्राम’, गुगुल्डी मासिक, कञ्चनपुर
डोटेली भाषाको साहित्यिक मासिक पत्रिका गुगुल्डी २०५४ साल असोजदेखि कञ्चनपुरबाट निरन्तर प्रकाशन हुँदै आएको छ । गुगुल्डीको शाब्दिक अर्थ मनको अधुरो चाहना वा पूरा हुन नसकेको सपना भन्ने हुन्छ । गुगुल्डी मासिकले साहित्यिक पत्रकारिताको माध्यमबाट भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका निभाएको छ । आगरा विश्वविद्यालय भारतबाट समाजशास्त्रमा स्नातकोत्तर हासिल गर्नुभएका वीरबहादुर चन्द (विश्राम) ले गुगुल्डीलाई निरन्तरता दिने कार्यमा अहोरात्र खटिँदै आउनुभएको छ । बैतडीको रोडिदेवलमा २००० साल साउन ८ गते जन्मनुभएका उहाँले ४४ बर्ष ६ महिना शिक्षण पेशा गर्नुभयो भने उहाँका १८ वटा साहित्यिक कृतिहरु प्रकाशित भैसकेका छन् । नेपाल पत्रकार महासंघ, नेपाल स्काउटलगायत दुई दर्जन बढी संस्थामा आवद्धता रहेको छ । साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएकोले डोटेली भाषाको पत्रिका गुगुल्डीलाई यस बर्षको प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कार प्राप्त गर्नुभएकोमा सम्पादक वीरबहादुर चन्दलाई हार्दिक—हार्दिक बधाई छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार

१५. कल्पतरु द्वैमासिक, नवराज पुडासैर्नी ज्योत्स्ना’ काठमाडौं
साहित्यकार तथा पत्रकार नवराज पुडासैनीको सम्पादनमा कल्पतरु द्वैमासिक २०५४ सालदेखि काठमाडौंबाट नियमित प्रकाशित हुँदै आएको छ । २०१२ साल पुस १ गते काठमाडौंको गोठाटारमा जन्मिई साहित्यिक लेखरचनाको प्रकाशनमार्फत हजारौं सिर्जनालाई स्थान दिई नेपाली भाषा साहित्यको श्रीबृद्धिमा महत्वपूर्ण भूमिका निभाएकोले यस बर्षको प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार कल्पतरु द्वैमासिकलाई प्रदान गरिएको छ । पुरस्कार प्राप्त गर्नुभएकोमा यस पत्रिकाका सम्पादक नवराज पुडासैनीलाई हार्दिक हार्दिक वधाई छ ।

प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कार, दीर्घ सेवा पदक र कर्मचारी प्रोत्साहन पुरस्कार अन्तर्गत ५ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

१. सुमन महत, हलुका सवारी चालक (कर्मचारी प्रोत्साहन पुरस्कार रु ५ हजार)
हलुका सवारी चालक सुमन महतको जन्म २०४९ साल जेठ २ गते दोलखाको मालुमा भएको हो । स्नातक तहसम्मको अध्ययन गर्नुभएका महतसंग यसअघि चौधरी ग्रुपमा ४ बर्ष, कृषि अनुसन्धान परिषदमा एक बर्ष काम गर्नुभएको र कोरियाली भाषा शिक्षणकोसमेत अनुभव छ । प्रेस काउन्सिल सेवामा रही कर्तव्यनिष्ठ र इमान्दारीपूर्वक तोकिएको जिम्मेवारी पूरा गर्दै आउनुभएका महतलाई यस बर्षको प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई छ ।

२. रमा द्यौला, कार्यालय सहयोगी (बर्ष कर्मचारी पुरस्कार)
रमा द्यौला प्रेस काउन्सिलमा अविछिन्न डेढ दशकदेखि कार्यरत हुनुहुन्छ । स्नातकसम्मको अध्ययन गर्नुभएकी रमाले तोकिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पालना गर्दै आउनुभएको छ ।
तपाईँको योगदानको कदरस्वरुप बर्ष कर्मचारी पुरस्कार, २०७५ बाट सम्मानित गर्न पाउँदा काउन्सिल परिवार गौरवान्वित छ ।

३. बिनय बजगाईँ, मिडिया अनुगमनकर्ता (कर्मचारी प्रोत्साहन पुरस्कार रु. १० हजार)
प्रेस काउन्सिल नेपालको मिडिया अनुगमनकर्ता पाँचौँ तहमा कार्यरत बिनय बजगाइँको जन्म २०५५ साल जेठ २५ गते मकवानपुरको मकवानपुरगढीमा भएको हो । स्नातक तहसम्मको अध्ययन गर्नुभएका बिनय वेब डिजाइन, ग्राफिक डिजाइन तथा कम्प्युटर अपरेटिङ् कार्यमा विशेष दखल राख्नुहुन्छ । सर्च इञ्जिन अप्टिमाइजेशनसम्वन्धी २ बर्षे अनुभव बटुलेका उहाँ २०७३ साल फागुन १८ गतेदेखि काउन्सिल सेवा प्रवेश गर्नुभएको हो । उहाँको महत्वपूर्ण भूमिकाको कदरस्वरुप प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई छ ।

रामशरण बोहरा, उप प्रशासकीय अधिकृत
(प्रेस काउन्सिल नेपाल दीर्घसेवा पदक (२० वर्ष सेवा अवधि पूरा)

प्रेस काउन्सिल सेवामा अविछिन्न २० वर्ष अवधि पूरा गर्ने कर्मचारीलाई दिईने दीर्घ सेवापदक यस बर्ष उप प्रशासकीय अधिकृत रामशरण बोहरालाई प्रदान गरिएको छ । प्रेस काउन्सिल सेवामा २०५४ बैशाख १५ गते वरिष्ठ कम्प्युटर अपरेटर पाँचौं तहबाट सेवा प्रवेश गर्नुभई सूचना प्रविधि अधिकृत हुँदै हाल उप प्रशासकीय अधिकृत बोहराले तोकिएको जिम्मेवारी प्रभावकारीरुपमा सम्पादन गर्दै आउनुभएको छ ।
संस्थाप्रति तपाइँको महत्वपूर्ण योगदानको कदरस्वरूप प्रेस काउन्सिल नेपाल दीर्घसेवा पदक ः २०७५ प्रदान गरिएको छ ।
यो बर्ष दीर्घसेवा पदक प्राप्त गर्ने एक मात्र पात्र तपाइँलाई गर्नुभएकोमा हार्दिक बधाई छ ।

२. दीपक खनाल, सह–प्रशासकीय अधिकृत (वर्ष कर्मचारी पुरस्कार)
प्रेस काउन्सिलमा ६ बर्षदेखि सेवारत सह–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनाल पत्रकारितामा स्नातकोत्तर हुनुहुन्छ । गोरखामा जन्मेर केही समय राजधानीलाई पत्रकारिताको थलो बनाउनुभएका खनालले यसअघि राष्ट्रिय समाचार समितिमा काम गर्नुभएको थियो । २०६९।०३।०१ गतेदेखि उप–प्रशासकीय अधिकृतबाट प्रेस काउन्सिल सेवा प्रवेश गर्नुभएका खनाललाई कार्यकुशलताको कदर गर्दै यस बर्षको प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कार, २०७५ बाट पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई छ ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार

बृजकुमार यादव, धनुषा
पत्रकार बृजकुमार यादवको जन्म वि.सं. २०२४ मंसिर २४ गते धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा भएको हो । पत्रकारितामा स्नातक उपाधि हासिल यादब बिबिसी नेपाली सेवामा समाचारदाता हुनुहुन्छ । नेपाली, मैथिली, भोजपुरी, हिन्दी, अंग्रेजी भाषामा विशेष दखल राख्नुहुने यादवले २०४४ सालदेखि अनवरत पत्रकारितामार्फत नागरिकलाई सूचना सम्प्रेषण गर्दै आउनुभएको छ । श्रीधर आचार्य पत्रकारिता पुरस्कार, पद्मानन्द पत्रकारिता पुरस्कार, सरस्वती राजनारायण पुरस्कारबाट सम्मानित यादवलाई यसबर्ष रु. तीस हजार राशीको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार

हाम्रो रेडियो, दोलखा, स्टेशन मेनेजर लक्ष्मण खड्का
दोलखाको चरिकोटमा अवस्थित हाम्रो रेडियोको स्थापना २०६४ माघ १० गते भएको हो । सहिद परिवार समाज दोलखाद्वारा सञ्चालित २ सय ५० वाट क्षमताको हाम्रो रेडियो १०३.४ मेघाहर्जमा दैनि १७ घण्टा सुन्न सकिन्छ । रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, सोलुखुम्बु जिल्लाका भु–भागहरुमा पहुँच रहेको पाईन्छ । समाचारमूलक, मनोरञ्जनात्मक जनचेतनामूलक सामग्री प्रसारण गर्दै रेडियोको माध्यमबाट सूचना सम्प्रेषणमा निभाएको भूमिकाको कदर गर्दै हाम्रो रेडियोलाई यस बर्षको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कार ग्रहण गरिदिनु हुन हाम्रो रेडियोका स्टेशन मेनेजर लक्ष्मण खड्कालाई अनुरोध गर्दछौं ।
प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

राजबहादुर गुरुङ्, कास्की
राजबहादुर गुरुङ्को जन्म २०३० साल पुस १२ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा भएको हो । पत्रकारितामा डिप्लोमा राजबहादुरले जनसत्ता साप्ताहिकबाट २०५१ सालदेखि पत्रकारिता शुरु गर्र्नुभएको हो । सूचना, देशान्तर, बिमर्श, तरुण, घटना र विचार, जनमन्थन साप्ताहिक, युनाइटेड, सन्ध्याकालीन दैनिक, सगरमाथा टेलिभिजन लगायतमा काम गर्नुभई पत्रकारितासम्वन्धी विशेष अनुभव बटुल्नुभएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखा, प्रेस युनियन, आदिवासी जनजाति पत्रकार महासंघ, रिपोटर्स क्लब कास्कीमा स्थापनाकालदेखि आवद्ध रहँदै आउनुभएको छ । गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, तमु पत्रकारिता पुरस्कार, पार्वता पत्रकारिता पुरस्कारबाट सम्मानित राजबहादुरले युनाइटेड खबर डट कमको सम्पादकको जिम्मेवारीमा रहँदै विकास निर्माण तथा सामाजिक सेवामूलक संस्थाहरुमा समेत सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ ।
सुन्दर नगरी पोखराबाट दुई दशकदेखि पत्रकारिता र समाजसेवामार्फत महत्वपूर्ण योगदान गरेबापत यसबर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
उहाँलाई हार्दिक बधाई छ ।

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार

युवराज घिमिरे, काठमाडौं
वरिष्ठ पत्रकार तथा विश्लेषक युवराज घिमिरेले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । नेपाल–भारत मामिलामा विशेष जानकार घिमिरेले सन् २००० मा कान्तिपुर दैनिकको सम्पादक रही करिव डेढ बर्ष काम गर्नुभयो भने अन्नपूर्ण पोष्ट दैनिकमा ३ बर्ष प्रधान सम्पादकको जिम्मेवारीमा सम्हाल्नुभयो । यसअघि सन् १९८३ देखि १९९१ सम्म दि टेलिग्राफ दैनिक (कलकत्ता संस्करण), सन् १९९२ देखि १९९५ सम्म इण्डिया टुडेको विशेष संवाददाताको साथै इण्डियन एक्सप्रेसको कार्यकारी सम्पादक रही एक बर्ष कार्यानुभाव संगाल्नुभएका घिमिरेले पत्रकारितासम्वन्धी अनुसन्धान तथा खोजमूलक थुप्रै प्रकाशन गर्नुभएको छ । जसमध्ये शून्य समय, नेपालमा जातीय संघीयता, नेपालको शान्ति प्रक्रियामा मास मिडिया रहेकाछन् ।
हाल देशसञ्चार मल्टिमिडियाको सम्पादक रहनुभएका घिमिरे इण्डियन एक्सप्रेसको स्तम्भ लेखक हुनुहुन्छ । बीबीसी नेपाली सेवामा कार्यक्रम उत्पादककोरुपमा दुई बर्ष काम गर्नुभएका घिमिरेले जर्मनी, युके, अमेरिकालगायतका देशको भ्रमण गरी थुप्रै अनुभव बटुल्नुभएको छ । पत्रकारितामा महत्वपूर्ण योगदान गरेबापत यसबर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यहाँलाई हार्दिक बधाई छ ।

सम्मानित हुने व्यक्तित्वहरु

पत्रकारिता क्षेत्रमा अविछिन्न महत्वपूर्ण योगदान दिनुका साथै प्रेरणादायी भूमिका निभाउनुभएकोमा यहाँहरुको सम्मान गर्न गइरहेका छौं । आगामी दिनमा हामीलाई थप हौसला तथा मार्गनिर्देशन गर्नुहुने अपेक्षासहित अद्वितीय योगदानको कदरस्वरुप यो सम्मान–पत्र अर्पण गर्न पाउँदा गर्वानुभूति गरेका छौं ।

१. श्री केदारमान सिंह, काठमाडौं
२ .श्री मुक्तिनाथ खनाल, तनहुँ
३. श्री हरिकला अधिकारी, काठमाडौं
४. श्री रमेशकाजी स्थापित, काठमाडौं

१. केदारमान सिंह श्रेष्ठ, काठमाडौं

वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको जन्म सन् १९४१ सेप्टेम्बर २४ मा काठमाडौंमा भएको हो । राजनीतिशास्त्रमा स्नातकोपाधी हासिल श्रेष्ठले सगरमाथा संवाद समितिमा बरिष्ठ संवाददाता भई काम गर्नुभएको थियो । उहाँले नेपाल प्रमुख भएर एजेन्सी फ्रान्स प्रेस (एएफपी) मा सन् १९६३ देखि सन् २००५ सम्म ४२ बर्ष काम गर्नुभयो । अन्तर्राष्ट्रिय न्युज म्यागेजिन ँभ्भ्च्, सण्डे टेलिग्राफ, दि डेली टेलिग्राफ दैनिकमा पनि फुल टाइम संवाददाताको रुपमा काम गर्नुभएको अनुभव छ । सिंगापुर, जापान, थाइल्याण्ड, फ्रान्स, इटली, युके, चीन, भारतलगायत देशको भ्रमण गर्नुभई उहाँले महत्वपूर्ण ज्ञान हासिल गर्नुभएको छ ।
प्रेस काउन्सिलद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई छ ।

२. मुक्तिनाथ खनाल, तनहुँ
वरिष्ठ पत्रकार मुक्तिनाथ खनालको जन्म १९९७ साल बैशाख ३० गते तनहुँको दमौलीमा भएको हो । उहाँ भूमिसुधार अधिकारीबाट २०४० सालमा अवकाश लिएपछि २०४२ सालदेखि नियमित पत्रकारिता पेशामा आवद्ध हुनुभएको हो । कानुनमा स्नातक खनाललाई नेपाल पुकार, राष्ट्रपुकार, साप्ताहिक बिमर्श, कान्तिपुर, लोकपत्र दैनिकका साथै राससमा समेत रिपोर्टिङ गर्ने अवसर मिल्यो । २०५३ सालदेखि प्रकाशित हुँदै आएको तनहुँ आवाज साप्ताहिकको अतिथि सम्पादक खनाल नेपाल पत्रकार महासंघ, प्रेस युनियनका साथै एमनेष्टी इन्टरनेशनलको संस्थापक सदस्य–सचिव पनि हुनुहुन्छ । प्रेस काउन्सिलद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई छ ।

३. हरिकला अधिकारी, चितवन
वरिष्ठ पत्रकार हरिकला अधिकारीको जन्म सन् १९६४ जनवरी २८ मा चितवनमा भएको हो । नेपाली भाषा, साहित्यमा एमफिल गर्नुभएकी अधिकारी गोरखापत्र दैनिकको प्रवन्ध सम्पादक हुनुहुन्छ । उहाँ रेडियो म्यागेजिन उत्पादन तथा स्क्रिप्ट लेखनमा विशेष दखल राख्नुहुन्छ । उहाँका ८ वटा साहित्यिक तथा अनुसन्धानमूलक पुस्तकहरु प्रकाशित छन् । अधिकारीले अमेरिका, जर्मनी, जापान, युके, नर्वे, स्वीडेन, युगाण्डा, स्पेन, थाइल्याण्ड, नेदरल्याण्ड, मलेशिया, कतार, स्पेन, टर्की, कोस्टारिकाजस्ता अति विकसित मुलुकहरुको भ्रमण गरी महत्वपूर्ण अनुभव संगाल्नुभएको छ ।
प्रेस काउन्सिलद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई छ ।

४. रमेशकाजी स्थापित, काठमाडौं
वरिष्ठ पत्रकार रमेशकाजी स्थापितको जन्म काठमाडौंको सानोभ¥याङ्मा २०११ साल मंसिर १२ गते भएको हो । सरस्वती क्याम्पस पकनाजोलबाट प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएका स्थापित नेपाल (नेवारी) भाषाका जानकार हुनुहुन्छ । गोरखापत्र दैनिकको नेपाल भाषा परिशिष्टांकका संयोजक, नागरिक दैनिकको बाल परिशिष्टांक जुनकिरीको उद्यान स्तम्भको संयोजनको जिम्मेवारीमा एक दशकदेखि कार्यरत हुनुहुन्छ । विभिन्न नेपाल भाषामा लेखिएका ग्रन्थहरुको नेपालीमा अनुवाद गर्दै आउनुभएको छ । आलमत, हलिमलि, इलाँ, तलेजु, हिसी, थायभुलगायत नेपाल भाषाका पत्रत्रिकाको सम्पादन पनि गर्दै आउनुभएको छ ।
प्रेस काउन्सिलद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई छ ।

गत आर्थिक वर्षमा काउन्सिल

आ.व. २०७४/०७५ मा आचारसंहिता अनुगमन

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ अनुसार आचारसंहिता अनुगमन, अनुसन्धान र कारबाही गर्दै आएको छ । उजूरीकर्ताबाट परेका उजुरी र स्वअनुगमनमा देखिएका तथ्यका कारबाही–प्रक्रिया अघि बढाइन्छ । आचारसंहिता अनुगमनलाई चुस्त–तुरुस्त र प्रभावकारी बनाउन छापा र विद्यूतीय शाखा खोली कार्य अघि बढाइएको छ । नियमित स्वअनुगमनबाट आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण भएको पाइएपछि सम्बन्धित आमसञ्चारमाध्यमलाई ध्यानाकर्षण गराउने, ताकेता, पुनः ताकेता र अन्तिम ताकेता पत्र पठाउने, सचेत गराउने, सुविधा रोक्का गर्न सिफारिस गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने लगायत कारबाही हुँदैआएको छ । आ.व. २०७४÷०७५ मा भएको अनुगमन र कारबाहीको अवस्था

१. छापामाध्यम

उजुरी, स्वअनुगमन र जनगुनासा

  फछ्र्यौट प्रक्रियामा अवज्ञाकारी कुल
उजुरी ५५ १० ६५
स्वअनुगमन
जनगुनासा
कुल संख्या ५९ ११ ७१

                                            

२. विद्युतीय माध्यम

  फछ्र्यौट प्रक्रियामा अवज्ञाकारी कुल
उजुरी ५० २२ ७९
स्वअनुगमन १३ १५
जनगुनासा
कुल संख्या ६४ २३ ९५

 

पत्रपत्रिकाको वर्गीकरण

पत्रपत्रिका वर्गीकरण मापदण्ड, २०६६ (संशोधित, २०७३) को आधारमा वर्गीकरण गरिँदै आएको छ । पहिलेका आ.व.मा हुबहु गर्ने केही पत्रपत्रिका यसपटक पनि हुबहुमा परेकाले कुनै वर्गमा परेका छैनन् । यसवर्ष आ.व.०७२।७३ र २०७३।७४ को पत्रपत्रिकाको वर्गीकरण एकैसाथ गरिएको छ । वितरण सम्परीक्षण समितिमा आ.व. २०७२÷७३ मा ९१३ र आ.व. २०७३÷७४ मा ९५३ वटा पत्रपत्रिकाबाट आवेदन प्राप्त भएको थियो । वर्गीकरणमा राष्ट्रियस्तरका ब्रोडसिटसहितका पत्रिका समावेश भएका छन् । उल्लिखित सबै पत्रपत्रिकाका हरेक अङ्कलाई विज्ञहरूबाट प्रत्यक्ष निरीक्षण, मूल्याङ्कन र परीक्षण गराइएको थियो । तर विज्ञहरूबाट निरीक्षण एवं परीक्षण गर्दा आफ्नै वा अन्य पत्रिका र अनलाइन मिडियाका पहिले नै प्रकाशित सम्पादकीय, विशेष लेख, समाचारपूरै वा आंशिक रूपमा जस्ताको तस्तै हुबहु प्रकाशन गर्ने, पत्रपत्रिका वर्गीकरण मापदण्डअनुसार निर्धारित न्यूनतम अङ्क नपु¥याउने, काउन्सिलको  अभिलेखमा नभएका, फोटोकपी वा कम्प्युटर प्रिण्टमा प्रकाशित भएका र पटक–पटक काउन्सिलको कारबाहीमा परेका पत्रपत्रिका वर्गीकरणमा परेका छैनन् ।

यस्तै उक्त वर्गीकरण नतिजामा चित्त नबुझी आ.व. २०७२।०७३ को लागि ११२ र आ.व.२०७३।०७४ को लागि ३४८ गरी ४६० वटा निवेदन पुनरवलोकनका लागि प्राप्त भएका थिए । उक्त निवेदनउपर सम्बोधन गर्नका लागि तीन सदस्यीय पत्रपत्रिका वर्गीकरण पुनरवलोकन समिति गठन गरिएको थियो । उक्त समितिले सबै निवेदनउपर अध्ययन एवं अनुसन्धान गरी विज्ञहरूबाट समेत पुनःपरीक्षण गराई नतिजा प्रकाशन गरेको थियो ।

फोटो ग्यालरी 

Download PDF

Annual Day report

prize-holder-profile

 

प्रतिक्रिया :