संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पेशागत जिम्मेवारी निर्वाह गर्न सरोकारवालाको आग्रह

काठमाडौं÷राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले पार्टीका पत्रकारलाई रोक्न सक्ने संयन्त्र के हो ? आस्था राख्नु, आवद्धता हुनु अलग कुरा भएको भन्दै दासता स्वीकार्नु, इमान र जिम्मेवारी बेच्नु नहुने भन्दै पत्रकारको संरक्षण पार्टीले होइन, प्रेस काउन्सिल नेपालले गर्नुपर्ने धारणा राख्नुभयो । निर्वाचन आयोगको अनुगमनप्रति लक्षित गर्दै प्रभावकारी अनुगमन हुन नसकेको, खर्चको सीमा नरोकिएको र यसप्रकारको महङ्गो निर्वाचनले प्रजातन्त्र धरापमा पर्न सक्नेतर्फ ध्यानाकर्षण गर्नुभयो ।media sambad (2)

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मधेशका मिडियालाई प्रोत्साहित गर्नेतर्फ लाग्ने   प्रतिवद्धता व्यक्त गर्दै पत्रकारितामा सहज प्रवेशले प्रेसको गुणस्तरतामाथि प्रश्न उठ्ने गरेको प्रसंगमा अन्य तीन अंगलाई औंला ठड्याउने पत्रकार आफूपनि जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

संघीय समाजवादी फोरमका नेता डा. शिवजी यादवले मधेशतिरको नकारात्मक न्युजलाई मात्र उठान गरेको, तिक्ततापूर्ण स्थितिलाई सौहाद्रपूर्ण बनाउन पत्रकार जिम्मेवार बन्न र काउन्सिलले प्रभावकारी अनुगमन गर्न आग्रह गर्दै चुनावमा जाने निर्णयले मधेशमा पत्रकारिता सहजता भएको वताउनुभयो ।

प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले हाल प्रविधिबाटै रेडियो, टिभी र अनलाइनको अनुगमन भैरहेको र यसै बर्षदेखि छापामाध्यमको अनुगमन पनि प्रविधिबाटै हुने धारणा राख्नुभयो । यसका लागि पत्रपत्रिकाको पिडीएफ फाइल पठाउनुपर्नेछ । बिद्युतीय माध्यम अनुगमन उपसमिति संयोजक तथा उप प्रशासकीय अधिकृत रामशरण बोहराले निर्वाचन आचारसंहिता अनुगमन, अनुगमनको विधि, उल्लघंनको प्रवृतिसहितको प्रतिवेदनको समीक्षा प्रस्तुत गर्नुभयो ।

प्रेस काउन्सिल नेपालको आयोजनामा आइतबार राजधानीमा आयोजित “तेस्रो चरणको निर्वाचनमा मिडियाको भूमिका” बिषयक मिडिया सम्वाद कार्यक्रममा परराष्ट्रबिद् हिरण्यलाल श्रेष्ठले मधेश आन्दोलनका आरोप प्रत्यारोप, प्रोपोगाण्डाबीच दुई नम्बर प्रदेशमा हुन गइरहेको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न हिंशाविरुद्धको लेखन गर्न सक्ने पत्रकार आवश्यकता औंल्याउनुभयो ।
प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष सोमनाथ घिमिरेले स्वतन्त्र पत्रकार हरेक क्षेत्रमा पछाडि पारिएका र योगदानको कदर हुन नसकेको नियन्त्रित, निर्देशित र स्वार्थीसमूह पक्षमा रहेका पत्रकार हावी भएकोमा चिन्ता व्यक्त गर्दै मिडियामा आचारसंहिता अनुगमनलाई प्रभावकारी गर्नसके बिकृति न्यूनिकरण हुने बिश्वास व्यक्त गर्नुभयो ।

अग्रज पत्रकार बालकृष्ण प्रसादले आफू नियम, कानुन, विधि प्रक्रियालाई आत्मसाथ गर्दै पत्रकारितामा तीनदशक विताएको धारणा राख्नुभयो भने हर्दिनाथ साप्ताहिकका सम्पादक जयशंकर नाथले पार्टीगत पत्रकारहरुलाई ठेगान लगाउन नसकेकोले मधेशमा प्रतिशोधको भावना बढेको भन्दै योग्यता र क्षमताका आधारमा पत्रकारितालाई अगाडि बढाउन जोड दिनुभयो ।

पत्रकार पंकज दासले मधेश आन्दोलनकोबारेमा राष्ट्रिय मिडिया एकपक्षीय भएको र सोको प्रतिकारस्वरुप मधेशमा मिडिया आक्रामक बनेको र प्रेस काउन्सिलले देशभरको अनुगमन गरिरहेको जानकारी मधेशमा नभएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा नागरिक दैनिकका अनिलकुमार कर्ण, अन्नपूर्ण पोष्टका गोपीकृष्ण ढुङ्गाना, द पव्लिक मासिकका विन्हा सिन्हाले मतदाता शिक्षामा जोड दिनुपर्ने, आग्रह पूर्वाग्रहमा पेशालाई बन्धन पार्न नहुने, अनुगमनलाई स्थानीयस्तरमा प्रभावकारी बनाउनुपर्ने सुझाव पेश गर्नुभयो ।

महेन्द्रराज सिंह, २०७४ भाद्र ११ गते आइतबार

प्रतिक्रिया :