संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

प्रेस काउन्सिल नेपालको आयोजनामा २०७४ भाद्र १ गते बिहिबार तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा डा.नम्रता पाण्डेले तनाव व्यवस्थापन के, कसरी गर्न सकिन्छ ? जीवन के हो ? जीवनको औचित्य र महत्वकोबारेमा जीवन दर्शनका बिषयमा केन्द्रीत रही कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । प्रशिक्षक पाण्डेले तनाव शुरु हुनु नै तनाव व्यवस्थापन गर्नुपर्ने बताउँदै ‘हामी जुन ठाउँमा जुन अवस्थामा छौं त्यहीमा खुसी हुन र रमाउन’ सके मात्र तनाव नियन्त्रण वा कमी गर्न सकिने भन्दै ‘खुसी सानो सानो कुरामा छ’ । ‘त्यसैले हामीले जीवन जिउने कला सिक्नुपर्छ । त्यसका लागि ध्यान आवश्यक छ ।’ तालिम अवधिमा ध्यान र योग पनि सिकाइएको थियो । तालिममा विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीका साथै प्रेस काउन्सिल नेपालका पदाधिकारी, कर्मचारीको सहभागिता रह्यो । उक्त प्रशिक्षण लगत्तै शारिरीक अभ्यासका चरण तथा तीज बिशेष नाचगान कार्यक्रम भएको थियो  । कार्यक्रममा प्रस्तुत कार्यपत्र यसैसाथ संलग्न छ ।
सुझावहरु:
१. स्वस्थ, तनावमुक्त जीवनका लागि शारीरिक व्यायाम, योगा गर्नुपर्ने ।
२. केही गर्न आउँदैन भनेर चुप लागेर बस्नु घातक हुने ।
३. मनोरञ्जनमूलक कार्यक्रमलाई निरन्तरता दिने ।

stress manage (1) stress manage (4)

रिपोर्ट: महेन्द्रराज सिंह, २०७४ भाद्र १ गते ।

प्रतिक्रिया :