संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहिता जागरण, २०७४ अन्तर्गत सञ्चारगृह राससमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार आचारसंहिता जागरण, २०७४ अन्तर्गत
सञ्चारगृह राससमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सञ्चारगृहमा पत्रकार आचारसंहिता जागरणसम्बन्धी अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रमअन्तर्गत २०७४ साउन ३२ गते बुधबार रासस भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपाल र राससको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकार तथा सञ्चारमाध्यमलाई आफ्नो कर्तव्य र दायित्ववोध गराउन अभियान सफल होस् र क्रेडिटबिना राससको समाचारसामग्री चोरीचकारी गर्नु आचारसंहिता विपरीत भएको भन्दै यसको  नियन्त्रणका लागि काउन्सिलसँग आवश्यक सहकार्य गरेर अघि बढ्न उपयुक्त हुने धारणा राख्दै कार्यक्रमका लागि काउन्सिलप्रति आभार प्रकट गर्नुभएको थियो ।rss (3)
त्यस्तै, राससका महाप्रवन्धक ओपेन्द्र शर्माले रासससम्बन्धी कार्यपत्र प्रस्तुति गर्नुहुँदै २३७ वटा सञ्चारमाध्यमले सेवा लिइरहेको राससको समाचारसामग्री अनाधिकृत प्रयोग, क्रेडिट नदिने, चोरी हुने यावत् समस्या रहेकोले नियन्त्रणका लागि चेतावनी दिने,अटेर गरेपछि बाध्य भएर काउन्सिलमा उजुरी दिने गरिएको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमलाले राससका मौलिक सामग्रीको अनाधिकृत प्रयोगले प्रतिलिपी अधिकारको हनन् भएको, आचारसंहिता नबुझि पत्रकारिता गर्नु अपराध ठहर्ने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस स्वतन्त्रता, पत्रपत्रिकाको वर्गीकरण, पत्रकार कल्याणकारी कार्यक्रम लगायतका काम कारबाहीले पत्रकार आचारसंहिता अनुगमनको काम कारबाही ओझेल परेको स्वीकार गर्दै विगतको तुलनामा उल्लेखनीय कामहरु सम्पन्न भएको बताउनुभएको थियो ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका सह प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले पत्रकार आचारसंहिताको अवस्था – उजुरी, कारवाही, प्रक्रियासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदै उजुरीको संख्या बढ्दो क्रममा रहेको बताउनुभयो । स्थानीय तह निर्वाचन, २०७४ को अनुगमनका क्रममा ८९६ सामग्री आचारसंहिता विपरीत प्रकाशन÷प्रसारण भएको भन्दै काउन्सिलको असीमित कार्यक्षेत्र, नरम कानुनी प्रावधान, जनशक्ति कमी, मिडियामा संख्यात्मक बृद्धि, आचारसंहिता पालनामा अटेरी लगायतका समस्या र चुनौतीहरु रहेको बताउनुभयो ।
कार्यक्रममा प्राप्त सुझावहरु:
१. काउन्सिलले प्राप्त उजुरीउपर छिटोछरितो अनुगमन गर्नुपर्ने ।
२. काउन्सिलले पत्रकार आचारसंहिता अनुगमनलाई प्राथमिकता दिनुपर्ने ।
३. राससका समाचार सामग्री अनाधिकृत प्रयोग, चोरी नियन्त्रणमा सहकार्य गरी अघि बढ्ने ।
रिपोर्ट: महेन्द्रराज सिंह, २०७४ साउन ३२ गते ।

rss (2)

प्रतिक्रिया :