संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारको योग्यता परीक्षणसम्बन्धी  प्रतिवेदन सार्वजनिक

२०७३ साउन २१ गते ।

काठमाडौं÷पत्रकारिता क्षेत्रलाई व्यवस्थित र स्वस्थ बनाउन पत्रकारिता क्षेत्र प्रवेश पूर्व लाईसेन्स लिने तथा पत्रकारको स्तर वर्गीकरण गर्ने सम्वन्धमा गठित कार्यदलले शुक्रवार प्रेस काउन्सिल नेपालका अध्यक्षलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।

पत्रकारकोa योग्यता परीक्षण कार्यदलका संयोजक तथा सर्वोच्च अदालतका पूर्व रजिष्टार डा. रामकृष्ण तिमल्सेनाले प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा काउन्सिलका अध्यक्ष वोर्णवहादुर कार्कीले खास पत्रकारिता गरिरहेकाहरुको पलायन रोक्न र पीत पत्रकारितालाई निस्तेज पार्दै यसै पेशालाई पत्रकारको सुन्दर सपना देख्ने वातावरण वनाउन यो नियम वनाउन लागिएको वताउनुभयो । कार्यक्रमका बक्ताहरुमा  कार्यदल सदस्य तथा आरआर पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, उप-प्राध्यापक लक्ष्मीधर गुरागाईं, मिडिया एक्सन नेपालका लक्ष्मणदत्त पन्त, पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष प्रकाश खतिवडाले पत्रकारितामा प्रवेश गर्नुपूर्व यस किसिमको प्रणालीको यथासिघ्र कार्यान्वयनमा लैजानुपर्ने धारणा राख्नुभयो ।

रिपोर्ट÷तस्विरहरु : महेन्द्रराज सिंह,

 

प्रतिक्रिया :